• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा गरिबी निवारण कोषको २९ करोड बजेट दुरुपयोग


सप्तरीमा गरिबी निवारण कोषको २९ करोड बजेट दुरुपयोग

शुभनारायण यादव-

सप्तरी । सप्तरीमा विश्व बैंकको सहयोगमा सञ्चालित गरिबी निवारण कोषको करोडौँ बजेट दुरुपयोग भएको छ । सप्तरीका तत्कालीन ४८ गाविसमा आर्थिक वर्ष २०६६/६७ देखि सञ्चालनमा आएको घुम्ती कोषको २९ करोड रुपैयाँ दुरुपयोग हुने अवस्थामा पुगेको हो ।

सप्तरीका विभिन्न १५ गैरसरकारी संस्थाले स्थानीय सामुदायिक संस्था गठन गरी सामाजिक परिचालकमार्फत घुम्ती कोष सञ्चालनमा ल्याएका थिए । स्थानीय जनप्रतिनिधिले नेतृत्व लिएसँगै आर्थिक वर्ष २०७३÷७४ मा स्थानीय सरकार, गरिबी निवारण कोष र गैरसरकारी संस्थाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।सम्झौतामा कोषको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको थियो ।

२०७४ चैतदेखि कोष सञ्चालन गर्ने जिम्मेवारी पाए पनि स्थानीय सरकारले बजेट उपयोग गर्नेबारे कुनै योजना ल्याएको छैन । गरिबी निवारण कोषको रकम दुरुपयोग हुँदासमेत स्थानीय सरकार बेखबरजस्तै छ । कोषको बजेट नियमविपरीत तत्कालीन गैरसरकारी संस्थाका सामाजिक परिचालकले उठाउने गरेका छन् ।

गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय सामुदायिक संस्थाको मिलेमतोमा घुम्ती कोष दुरुपयोग हुने गरेको सरोकारवालाको दाबी छन् । महुली सामुदायिक विकास केन्द्रका तत्कालीन कार्यक्रम संयोजक लीला निरौला स्थानीय तहले सक्रियता नदेखाएकाले कोषको ठूलो बजेट दुरुपयोग भइरहेको बताउँछन् । ‘कोषबारे स्थानीय सरकारले नबुझेको पनि होइन’, निरौलाले भने, ‘यस सम्बन्धमा स्थानीय सरकारका प्रमुख र सरोकारवालालाई अभिमुखीकरणसमेत गराइएको छ ।’

गरिबी निवारण कार्यक्रम महुली सामुदायिक विकास केन्द्र, क्रेस नेपाल, लोक कल्याण नेपाल, तत्कालीन जिबिस एलडिएफ, सरस्वती सामुदायिक विकास केन्द्र, दिगो विकास ग्रामीण केन्द्र, चेतना समाज, दलित चेतना संगम, स्वावलम्बन विकास केन्द्र, कंकालिनी बहुउद्देश्यीय विकास केन्द्रलगायत १५ गैरसरकारी संस्थाले सप्तरीको तत्कालीन ४८ गाविसमा कार्यक्रम सञ्चालन गरेका थिए ।

हाल संघीयतापछि सप्तरीको सप्तकोसी, कञ्चनरुप, राजविराज, सुरुंगा, खडक, शम्भुनाथ, डाक्नेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णास्वरन, रुपनी, बलानबिहुल, तिरुहुत, राजगढ, छिन्नमस्ता, विष्णुपुर पालिकाका विभिन्न वडामा सामुदायिक संस्था सञ्चालनमा छन् ।

नियमन गर्ने निकाय निस्क्रिय भएसँगै गरिबी निवारणको २९ करोड रुपैयाँ बजेट दुरुपयोग हुने अवस्थामा पुगेको सरोकारवालाले बताए । अग्निसाइर कृष्णास्वरन पालिका अध्यक्ष पर्शुराम चौधरीले कोषको बजेट दुरुपयोग नभएको दाबी गरे । गाउँपालिकाले कोषलाई नियमन गर्न नीति निर्माण र निर्देशिका तयारीका क्रममा रहेकाले छिटै बजेट गाउँपालिकाद्वारा सञ्चालनमा ल्याउने प्रयास भएको उनको भनाइ छ ।

गैरसरकारी संस्थाका प्रतिनिधिले भने विश्व बैंकले घुम्ती कोष हेर्ने कर्मचारी नराखेपछि अनुदानमा आएको बजेट सम्बन्धित सामुदायिक संस्थाको जिम्मामा रहेको जनाएका छन् । कार्यक्रम सकिएसँगै स्थानीय सरकारलाई अनुगमन तथा नियमन गर्न अधिकार दिइए पनि चासो नदेखाएको गैरसरकारी संस्थाका प्रतिनिधि सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पशुपति क्षेत्रबाट दुई अर्बभन्दा बढीको बालुवा र माटो बेचिँदै
  • २०७८ आश्विन १६, शनिबार १७:४२
  • In "देश"
  • ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’
  • २०७८ आश्विन १६, शनिबार १७:४२
  • In "BannerNews"
  • सप्तरीका ५ पालिकाले ल्याउन सकेनन् बजेट
  • २०७८ आश्विन १६, शनिबार १७:४२
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version