• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा


डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ ।

नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ ।

रहर लाग्ने गरी फलेका अङ्गुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । कृषकलाई भने लटरम्म फलेको अङ्गुर देख्दा चिन्ताले पिरोल्न थालेको छ । लटरम्म फलेको पुष्ट दाना भएको अङ्गुर बिक्री नभएर बोटमै कुहिन थालेपछि चिन्ताले सताएको हो ।

अमिलो पीडा

डोल्पालीलाई गुलियो अङ्गुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगञ्ज, सुर्खेतलगायत शहर बजार नै झर्नुपर्थ्यो । कि त जहाजमा प्रतिकिलो ११०सम्म तिरेर झिकाएर खानुपर्थ्यो । यसरी झिकाइएको अङ्गुर पेटभरि खान होइन चाख्न मात्र पाइन्थ्यो ।

अब समय फेरिएको छ । दुई वर्षयता नगरपालिका भित्रै फालाफाल अङ्गुर उत्पादन भएको छ । बिहान दिउँसो साँझ जुनसुकै समयमा डोकामा र बोरामा अङ्गुर आइपुग्छ । कुनै विषादी नहालेको गुलियो कालो अङ्गुर पेटमा अटाए जति खान पाइन्छ ।

अर्गानिक अङ्गुर नबिकेपछि कृषकलाई गुलियो अङ्गुरले अमिलो पीडा दिन थालेको हो । वडा नं–१ बस्ने सुस्मिता श्रेष्ठले खाँती ज्युलामा व्यवसायिक अङ्गुरखेती गरेका छन् । उनले स्थानीय जातको सिमी, मकै, कोदोलगायत अन्नबाली हटाएर उक्त खेती गरेका हुन् ।

चार रोपनी जमिनमा सुरु गरिएको अङ्गुर हाँगै झुक्ने गरी फल्न थालेको दुई वर्ष भयो । सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अङ्गुर रोप्न पाउँदा र लगाएको अङ्गुर पहिलो वर्ष फल्दा जति श्रेष्ठमा उत्साह थियो अहिले त्यो उत्साह आधा घटेको छ ।

यस वर्ष आफ्नो फार्ममा करिब १५ क्विन्टलसम्म अङ्गुर फलेकामा एक भाग पनि बेच्न नसकिएको गुनासो गर्दै उनले नेपालगञ्ज, सुर्खेतलगायत बजारमा लगेर बेच्न पाए चार लाख रुपैयाँसम्मको अङ्गुर उत्पादन भएको बताए ।

‘अरु परम्परागत खेती हटाएर अङ्गुरखेती सुरु गरेँ, फार्ममा लाखौंको अङ्गुर फलेको छ, घरमा आर्थिक सङ्कट छ, बजार नहुँदा अङ्गुर त्यसै कुहिँदै आएको छ’, श्रेष्ठले भने, ‘गत वर्ष २०/२५ हजार रुपैयाँको अङ्गुर बेचेँ, यस वर्ष मुश्किलले ५० हजार रुपैयाँसम्म बिक्री भयो होला, अरु सबै कुहिएर खेर गइरहेको छ, दुःखकष्ट गरेर हुर्काएको अङ्गुर बिक्री नहुँदा मन दुख्छ ।’

‘डोल्पामा अङ्गुर बेच्न समस्या छ, डोकोमा बोकेर गाउँगाउँ, मेला पर्वमा पुर्‍याएर प्रतिकिलो १०० रुपैयाँमा दिँदा पनि बिक्री हुँदैन, गुलियो अङ्गुरले अमिलो पीडा दिएको छ’, उनले दुखेसो पोखे, ‘एक जना मान्छे नै खटाएर अङ्गुरको रेखदेख गर्नुपर्छ, कुनै निकायबाट घेरबारको व्यवस्था गरिदिएको भए धेरै राहत हुने थियो, त्योभन्दा पनि स्थानीय सरकारले बजारको सुनिश्चत गरे कृषक आत्मनिर्भर भई आर्थिक हिसाबमा पनि मजबुत हुन्थेँ ।’

अर्का कृषक कमल हमालको पीडा पनि उस्तै छ । उनले पनि १५ क्विन्टल सिमी र मकै उत्पादन हुने पाँच रोपनी खेतमा अङ्गुर लगाएका छन् । फार्ममा करिव तीन लाखसम्मको अङ्गुर लटरम्म फलेकामा यस वर्ष मुश्किलले २५ हजारको मात्र बिक्री गरे ।

‘जिल्लाका मुख्य बजारका रुपमा रहेका त्रिपुराकोट, दुनै, जुफाल लिकुमा एउटै कृषकको अङ्गुर बिक्न गाह्रो हुन्छ, अरु ४०/५० कृषकको अङ्गुर बिक्ने त कुरै भएन’ उनले भने ।

‘बजार अभावमा वर्षेनी लाखौँ मूल्यका अङ्गुर त्यसै खेर जान थालेको छ, घरमा खाएर, आफन्तलाई बाँडेर पनि सकिदैन, रातदिन मान्छे खटाएर फलाएको अङ्गुर बोटमै कुहिएको देख्दा मन पीडाले भरिन्छ”, हमालले भने, ‘नगरपालिकाले अङ्गुर खपतका लागि कि ढुवानी अनुदान कि त वाइन प्रशोधन मेसिन ल्याइदिएको भए राम्रो आम्दानी हुन्थ्यो कि भन्ने आशा छ, होइन भने प्रत्येक वर्ष सयौँ क्विन्टल अङ्गुर खेर जान्छ, काटेर फाल्नुबाहेक अरु कुनै विकल्प छैन ।’

त्रिपुराकोट, गल्ली, रल्ली, रंग र खदाङमा गरेर ४०/५० कृषकले पनि व्यावसायिकरूपले अङ्गुरखेती गरेका छन् ।

साढे दुई करोडमा अङ्गुरखेती

त्रिपुरासुन्दरी नगरपालिकाले व्यावसायिक अङ्गुरखेतीका लागि पटकपटक गरेर रु दुई करोड ४० लाख खर्च गर्नाका साथै व्यावसायिक खेती गर्न इच्छुक कृषकलाई निःशुल्क बिरुवा वितरणदेखि एङ्गल र जाली खरिदका लागि सो रकम खर्चेको थियो ।

स्व मेयर बुढाको सम्झना

कृषकलाई आत्मनिर्भर बनाई नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन स्व मेयर ओमबहादुर बुढाले भारतको नासिक पुगेर अङ्गुरका बिरुवा खरिद गरेर कृषकलाई वितरण गरेका थिए । अङ्गुरका लागि उर्वर माटो भएकै कारण व्यासायिकतामा उनले जोड दिएका थिए । मेयर बुढा कृषि भन्नेबित्तिकै हुरुक्कै हुने र कृषि व्यवसाय गरेर खान्छु भन्नेलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने गरेकाले अहिले पनि कृषकले सम्झिने गरेका छन् ।

नासिकमा जस्तै अङ्गुर फलाएर कृषकलाई आत्मनिर्भर बनाउन खोज्ने उनीजस्तै नेतृत्व नगरले बिरलै मात्र पाउने भन्दै त्रिपुराकोटका एक कृषकले प्रत्येक वर्ष उत्पादित अङ्गुर खपतका लागि नगर क्षेत्रमै प्रशोधन केन्द्र खोल्ने मेयर बुढाको सपना भएकाले उनी जीवित भएको भए बजारीकरणको समस्या भोग्नु नपर्ने उनले बताए ।

यसवर्ष अङ्गुर फार्म घेरबारका लागि बजेट छुट्याइए पनि सबै रकम कोरोना नियन्त्रणमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले बताए । अङ्गुर कृषकलाई मध्यनजर राख्दै अर्को वर्षदेखि घेराबार, ढुवानी अनुदानलगायत बजारीकरणका लागि विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए
  • २०७८ आश्विन १६, शनिबार १७:४५
  • In "बागमती प्रदेश"
  • चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा
  • २०७८ आश्विन १६, शनिबार १७:४५
  • In "अन्तराष्ट्रिय"
  • चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य
  • २०७८ आश्विन १६, शनिबार १७:४५
  • In "अन्तराष्ट्रिय"
Tags: #कृषि#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुत्ला दहन

अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगे

गोलबजारको ग्रिनल्याण्ड होटलमा यूवा- यूवती रंगेहात पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version