No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !

सरकारले सडकको बीचमा ढलरूपी धराप थाप्यो– त्यही धरापले बच्चा ‘निल्यो’ !

काठमाडौं । कपन मिलनचोकमा रहेको सरिन स्टोरका सञ्चालक विशालकुमार नेपाल मंगलवार बेलुका करीब सवा ८ बजे पसल बन्द गर्न सटर तान्दै थिए । ठूलो झरी परेको थियो । उनका भाइ सडकतिर हेरिरहेका थिए । पानी पर्दा त्यहाँको सडक खहरे खोलाभन्दा कम हुँदैन ।

त्यसदिन पनि सडकमा खोला बगिरहेको थियो । वल्लोपल्लो पसल बन्द भइसकेका थिए ।

त्यही बीचमा उनका भाइ चिच्याए– रोक, रोक, रोक ।

कुद्दै आएका एक बालक उनले रोक्न नपाउँदै ढलमा खसिहाले । निमेषभरमा घटना भयो । करीब ९/१० वर्षका ती बालक एकैछिनमा अदृश्य भए ।

भाइ कराएको सुनेर विशालले पनि त्यतै हेरे, तर त्यो बेलासम्म भल मात्रै थियो, खहरेझैँ बगिरहेको ।

को ढलमा खस्यो उनले पत्तै पाएनन् । भाइले विशाललाई केही सेकेण्डअघिको दृश्य बताए– ‘निलोनिलो धर्के टिशर्ट लगाएको बच्चा थियो ।’

निलो धर्के टिशर्ट लगाएको बच्चा भनेपछि उनको आँखा अगाडि एक बच्चाको तस्वीर घुम्न थाल्यो, जो सधैँ उनकै पसलमा खानेकुरा किन्न आउँथ्यो ।

उज्ज्वल बिक नाम गरेका ती १० वर्षे बालक सोही दिन पनि झरी पर्नुअघि हजुरबुवासँग आएर पसल अगाडिको ठेलामा समोसा खाएको उनले देखेका थिए ।

घर जान कुदेको बालक सडक नै ढाकेर ढल बगेकाले कुद्दाकुद्दै भुलवश ढलमा खसेको हुनसक्ने उनले बताए ।

सडक कहाँ छ, र ढल कहाँ छ भन्ने नै थाहा हुने अवस्था थिएन ।

त्यसपछि उनले प्रहरीलाई घटनाबारे खबर गरे । प्रहरी आउँदा घटनास्थलमा कुनै नामनिशान थिएन ।

कपनको यो ढलरूपी धराप सिंगो बर्खाभर यस्तै रह्यो ।

बर्खा लागेपछि सडक र ढल बनाउने काम बन्द गर्दा यो जस्ताकोतस्तै थियो ।

विशालले यसअघि पनि आफूले २ बच्चालाई यो धरापबाट बचाइसकेको सुनाए ।

‘पहिला पनि २ जना बच्चा ढलमा पसेका थिए । हामीले बेलैमा देखेर उद्धार गरेका थियौं,’ विशालले लोकान्तरसँग भने, ‘त्यसपछि हामीले कोही नपरुन् भनेर वरिपरि बाँसको बार पनि लगाएका थियौं ।’

तर त्यो बाँसको बार पनि ढलले बारम्बार बगाइरयो । उनीहरूले यो बर्खामा मात्रै ३/४ पटक बाँस ल्याउनुपरेको सुनाए ।

केही दिनअघिको भलले बाँस बगाएपछि ल्याउन पाएका थिएनन्, त्यही बेलामा यो दुर्घटना हुन पुग्यो ।

प्रहरीले खबर पाएलगत्तै महानगरीय प्रहरी प्रभाग कपनले विपद् व्यवस्थापन टोलीका १३ जना सदस्यलाई खटाएको थियो ।

टोलीले करीब २ घण्टा ढलभित्र खोजी पनि गर्‍यो, तर नामोनिसान भेटिएन ।

पानी सुकेपछि भोलिपल्ट समेत खोजी गर्दा पनि केही भेटिएन ।

सोही दिन अन्य दुई बालक पनि हराएको उजुरी प्रहरीमा परेको छ ।

प्रहरीले उनीहरूको पनि खोजी जारी राखेको छ । ती दुई बालक अन्तै कतै गए कि त्यस्तै दुर्घटनामा परे भन्ने यकिन हुन सकेको छैन ।

आमा पोइल गइन्– बुवाले अर्कै आमा टिपेर हिँडे

मंगलवार बेलुका ढलमा बगेका १० वर्षीय उज्ज्वल विक आफ्ना हजुरबुवासँग पाथीभरा टोलमा बस्दै आएका थिए ।

उनी धेरैजसो खरिबोटनजिक रहेको फुपूको घरमा बस्थे । सो दिन पनि फुपूको घरमा चाउमिन खाएर बाहिरिएका थिए ।

‘फुपू म आज चाउमिन खाने भनेर खुवाएकी थिएँ, बुवासँगै आएको थियो,’ फुपू अनिता कोइरालाले लोकान्तरसँग भनिन्, ‘हामी त बुवासँगै होला भन्नेमा थियौं, बिहान मात्रै थाहा पायौं ।’

हजुरबुवाले मादक पदार्थ सेवन गर्ने भएकाले नाति कता गयो भन्ने पत्तो नपाएको उनले बताइन् ।

‘बुवाले अलिक (रक्सी) खानुहुन्छ, त्यसैले घर गयो होला भन्ने लागेछ, तर यता गएको उता गएको भन्ने केही थाहा छैन भन्नुहुन्छ,’ अनिताले रुँदै लोकान्तरसँग भनिन् ।

अनिताका अनुसार उज्ज्वलकी आमाले १८ महिनाको बच्चा छाडेर अर्कैसँग दोस्रो विवाह गरेकी थिइन् । श्रीमतीले छाडेपछि बुवा पनि बेपत्ता भए ।

‘दाइ पनि अर्कै लिएर कतै बसेको छ भन्ने सुनेको छु,’ अनिताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा

मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा

उइगरहरुको स्वतन्त्रता चीनको भुँमरीमा : मानव अधिकारवादी

उइगरहरुको स्वतन्त्रता चीनको भुँमरीमा : मानव अधिकारवादी

अमिन-आलमले रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

अमिन-आलमले रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .