मोहन सिंह ।
चीनको पश्चिमोत्तर क्षेत्र शिन्जियांग जुन मरुभूमिको रूपमा परिचित छ । यो क्षेत्र विश्वकै बढी कपास उत्पादन हुने क्षेत्र मध्ये एकको रूपमा पनि चिनिने गरिन्छ ।
चीनमा शिन्जियांग क्षेत्र, औपचारिक रुपमा शिन्जियांग उइगर स्वायत क्षेत्रको रूपमा रहेको छ । चीनको उत्तर पश्चिम शिन्जियांग क्षेत्रमा उइगरहरुको जनसंख्या करोडौं छ । शिन्जियांगको कुल जनसंख्याको आधा आवादी उइगरहरुको रहेको छ । त्यसमध्ये बहुसंख्यक मुस्लिम धर्म मान्ने गर्छन् ।
चीनमाथि उइगरहरुको नरसंहार गरेको आरोप संयुक्त राज्य अमेरिकाले लगाउम्दै आएको छ । अन्तर्राष्ट्रिय महासन्धी अनुसार कसैको राष्ट्रियता, समुदाय, जति, धर्म माथि प्रहर गरी नष्ट गर्ने प्रयाश गर्नु नै नरसंहार हो ।
सैद्धान्तिकरूपमा शिन्जियांग स्वायत राज्य भए पनि यी राज्यमा केन्द्र सरकारबाट प्रतिबन्धको सामना गर्नु पर्दछ । सन् २०१२ मा संयुक्त राष्ट्रिय संघको एउटा मानव अधिकार समितिले शिन्जियांगस्थित शिविरहरुमा १० लाख मनिसहरुलाई कैदमा राखिएको रिपोर्ट प्राप्त भएको जनाएको थियो ।
ट्रम्प प्रशासन अन्तर्गत आफ्नो कार्यकालको अन्तिम दिन विदेश मन्त्रि पोमपोले भने– ‘मलाई लाग्छ यो नरसंहार जारी छ । उइगरहरुलाई योजना बद्ध रुपमा सिध्याउने चिनिया सरकरको प्रयास हामीले हेरिरहेका छौं ।’
सन् २०१२ को डिसेम्बेरमा बीबीसीको रिपोर्ट अनुसार पाँच लाखभन्दा बढी मानिसलाई कपास टिप्ने काममा बलपूर्वक लगाइएको थियो । शिन्जियांगमा रहेको पुनः शिक्षा शिविरभित्र केही नयाँ कारखानाहरु स्थापना भएको पनि बताइएको छ ।
सन् २००९ मा शिन्जियांगमा भएको झडपहरुमा करिब दुई सय व्यक्ति मारिए जसका लागि चीनले अलगावावादीको आरोप उइगरहरु माथि लगाएको थियो । चीनले उइगरहरुलाई शिविरमा कैद गर्नुका साथै उनीहरुको जनसंख्या बढ्न नदिन महिलाहरुको बलपूर्वक बन्ध्याकरण गरेको र उइगरहरुका बालबालिकालाई उनीहरुको परिवारबाट अलग पर्ने गरेको मानव अधिकार प्रतिवेदनमा औल्याएको छ । चीनको शिन्जियांगमा एप्प मार्फत लाखौं नागरिक माथि निगरानी गरिएको छ । प्रहरी, सुरक्षा, जाँच स्थल लगायत गुप्तचरी सञ्जालले शिन्जियांग घेरिएको छ ।
अर्कोतिर चीनले आतंकवादविरुद्ध लडाइँमा कैदीहरुलाई पुनः शिक्षा दिन शिविरहरु प्रभावकारी रहेको दाबी गर्दै उइगरहरुलाई कैदमा राखिएको कुरा अस्विकार गर्दै आएको छ । शिन्जियांग क्षेत्रमा पछिलो दशकयता हाल चिनिया समुदायका मानिसहरु ठूलो संख्यामा शिन्जियांग क्षेत्रमा बसाइ सरेका छन् ।
शिन्जियांग क्षेत्रमा भइरहेको समृद्धिमा अवसरको पर्खाइमा रहेका उइगरहरुलाई वञ्चित गराउन ठूलो संख्यामा बसाई सराई गरेको बुझाइ छ । यसरी योजनाबद्ध रुपमा गरिएका कार्यले उइगरहरु माथिको मानव अधिकार हनन हुँदै गएको र भविष्यमा यी समुदाय र धर्म नै नष्ट हुने सम्भावना रहेको आरोप विभिन्न मानव अधिकारवादी संगठनको प्रतिवेदनमा उल्लेख रहेको छ ।
मानव अधिकारवादीको दृष्टिकोणमा उइगरहरुको स्वतन्त्रता माथि बन्देज लगाइएको र चीनको भुँमरीमा परेको ठहर गरिएको छ । तर, चीनले पटक–पटक यस आरोपलाई खण्डन गर्दै आएको छ ।