No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

काठमाडौं । एक्वरियममा माछा पाल्नुमा सौख मात्र होइन, आस्था पनि जोडिएको छ । नेपाली समाजमा के विश्वास छ भने ‘माछा पाल्दा शुभ हुन्छ ।’ बिहान उठ्नासाथ वा घरबाहिर निस्कनुअघि माछा हेर्दा ‘शुभसाइत’ पर्ने जनविश्वास छ ।

माछा हेर्दा आकर्षक, सौम्य र गतिशील हुने भएकाले यसलाई देखेपछि मान्छेको मनमा जाँगर र उत्साह पैदा गर्ने एसआर अक्वा एण्ड पेट हाउसका सञ्चालक राजन पुरी बताउँछन् ।

घरको शोभा र मनको शुभका लागि एक्वरियममा माछा पाल्नेहरुको जमात सानो छैन । पुरीका अनुसार काठमाडौंमा मात्र करिब एक लाख बढी घरपरिवारले अटुट रुपमा अक्वरियममा माछा पाल्दै आएका छन् । यिनीहरु माछाप्रति लगाव मात्र राख्दैनन्, उत्तिकै मन खोलेर खर्च पनि गर्छन् ।

एक्वरियममा माछा पाल्नका लागि यसका प्रजाति, माछाको आहार र स्याहारसुसारबारे ज्ञान हुनुपर्ने पुरी बताउँछन् । ‘त्यसैले उनीहरु देखासिकी वा सौखले मात्र माछा पालिरहेका छैनन्,’ पुरी भन्छन्, ‘यसबारे उनीहरुलाई राम्रो ज्ञान र लगाव पनि छ ।’

गोल्डी, कोही, मोलीगुपी, जेब्रादानिओ, रेड क्याप अराण्डा, तेत्रा, फ्लावर हर्न, रेड टल सार्क, एन्जल, सिल्भर डलर र बेटा जस्ता अनेकथरी प्रजातिका माछा एक्वरियममा पाल्ने गरिएको छ ।

दुई लाखको माछा

नेपाली बजारमा १४० प्रजातिका माछा पाइन्छन्, जो एक्वरियममा सजाउन सकिन्छ । सामान्यतः यी माछा प्रतिगोटा १५० रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म पर्छ । यद्यपि नेपाली बजारमा त्यस्ता माछा पनि खरिद–बिक्री हुन्छ, जसको मूल्य २५ हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ ।

जस्तो कि, एसियन अरोवना । यो प्रजातिको माछालाई डेढदेखि दुई लाख रुपैयाँसम्म पर्ने पुरी बताउँछन् । यति महंगो माछा पाल्न सौखिन पनि यहीं छन् । ‘काठमाडौंमा पनि कतिपयले एसियन अरोवना प्रजातिका माछा पालेका छन्,’ पुरी सुनाउँछन्, ‘जबकि यसको बजार मूल्य दुई लाख रुपैयाँसम्म छ ।’ एसियन अरोवना विभिन्न रंगका हुन्छन् । रंगले पनि यसको मूल्यमा तलमाथि पर्छ ।

किन पालिन्छ लाखौं मूल्यका माछा ?

‘यो दुर्लभ प्रजाति हो,’ पुरी भन्छन्, ‘झट्ट हेर्दा राम्रो देखिने र यस माछालाई हेर्दा शुभसाइत हुन्छ भन्ने विश्वास छ ।’ एसियन अरोवनालाई उचित स्याहारसुसार गर्न सकियो भने ३० वर्षसम्म बाँच्ने उनी बताउँछन् ।

त्यसो त माछाको प्रजाति अनुसार उनीहरुको आयु पनि फरक हुन्छ । सामान्यतः माछाको आयु पाँच वर्षसम्म हुन्छ । माछा कति लामो समयसम्म बाँच्छ भन्ने कुरा उनीहरुलाई कसरी स्याहारसुसार गरियो भन्ने कुराले पनि निर्धारण गर्ने पुरी बताउँछन् ।

वास्तु विज्ञान र माछा

वास्तुशास्त्र अनुसार घरमा माछा पाल्दा परिवारका सदस्यमा सकारात्मक उर्जा प्रवाह हुन्छ । घरबाहिर निस्कनुअघि माछालाई हेरेर वा माछालाई चारो खुवाएर निस्किंदा शुभ हुने विश्वास छ । वास्तुशास्त्रले कस्तो र कति माछा पाल्नु उपयुक्त हुन्छ भनी निर्देश गरेको छ । यस अनुसार एउटा कालो माछा र आठवटा सुनौलो रंगको माछा पाल्नु राम्रो हुन्छ ।

‘माछा हेरेपछि मान्छेको मन यसै खुसी र शान्त हुन्छ,’ पुरी भन्छन्, ‘त्यसैले यसले घरको वातावरण राम्रो बनाउन प्रेरित गर्छ ।’

माछाको चाल, गति हेरिरहँदा मान्छे त्यसैमा मग्न हुने र त्यसले तनाव कम गर्ने उनको भनाइ छ । ‘यसले मान्छेलाई पीडाबाट राहत दिलाउनुका साथै एन्जाइटी जस्ता मानसिक समस्याबाट छुट्कारा पनि दिलाउँछ,’ पुरी भन्छन् ।

एक्वरियम तयार गर्न कति खर्च ?

सामान्यतः एउटा एक्वरियम तयार गर्न कम्तीमा दुई–तीन हजार रुपैयाँ लाग्छ । मान्छेले आफ्नो आवश्यकता र बजेट अनुसार यसभन्दा माथि जति पनि खर्च गर्न सक्छन् । एक्वरियममा माछाका लागि अक्सिजन प्रवाह गर्ने मोटर, फिल्टर, कृत्रिम बिरुवा, बत्ती, ढुंगा राख्ने गरिन्छ ।

माछालाई धेरै रंगीचंगी ढुंगा वा बिरुवा राख्न नहुने पुरी बताउँछन् । यसैगरी धेरै चहकिलो प्रकाश पनि माछाले रुचाउँदैनन् । माछालाई थोरै मात्रामा चारो खुवाउनुपर्छ । दिनमा दुई पटकसम्म थोरै थोरै चारो दिए पुग्छ ।

‘एक्वरियम तयार गर्दा प्यारामिटर, फिल्टर र वाटर टेम्पेचरमा ध्यान दिनुपर्छ,’ पुरी भन्छन्, ‘सात वा हरेक १० दिनमा एक्वरियममा भएको पानीमध्ये ३० प्रतिशत फेरेर नयाँ राख्नुपर्छ । पानी क्लोरिनरहित हुनुपर्छ । माछा पाल्न धेरै खर्च गरिरहनु पर्दैन । दुई-अढाइ सयसम्मको दानाले दुई महिना पाल्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने

धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने

गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .