No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?

काठमाडौं । हरेक श्रीमान-श्रीमतीबीच सानोतिनो झगडा हुन्छ । तर तपाईं आमाबुबा बन्न लाग्नुभएको छ भने यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । डाक्टरहरूले गर्भवती महिलालाई जुनसुकै अवस्थामा पनि खुसी राख्नुपर्ने सल्लाह दिन्छन् ।

यदि गर्भवती महिला कुनै तनावमा रहन्छिन् भने यसले मुटुको धड्कन बढाउँछ । रक्तचाप बढ्छ र गर्भमा रहेको बच्चामा अक्सिजन आपूर्ति प्रभावित हुन सक्छ । यसकारण अप्रत्यक्ष रुपमा श्रीमान-श्रीमतीबीचको झगडाले गर्भमा रहेको बच्चालाई पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।

बच्चाको मानसिक विकासमा बाधा आउन सक्छ

गर्भावस्थामा अत्यधिक रुनु वा रिसाउनु शिशुको स्वास्थ्यका लागि राम्रो होइन । यसले गर्भमा रहेको बच्चाको मानसिक विकासमा बाधा पुर्‍याउन सक्छ । बच्चाको सोच्ने क्षमतालाई असर पार्छ र तनावका कारण बच्चा जन्मेपछि चिन्ताको शिकार हुन सक्छ ।

भ्रूणका लागि खतरा

झगडाका क्रममा यदि शारीरिक यातनासम्मको घटना भयो भने चोटपटकका कारण गर्भमा रहेको शिशुको ज्यान समेत जान सक्छ । रक्तस्रावलाई गर्भपातको लक्षण मानिन्छ । श्रीमान-श्रीमतीबीच झगडा हुनु सामान्य कुरा हो, तर यसले तपाईंको गर्भमा रहेको बच्चाको स्वास्थ्य बिगार्छ र स्वास्थ्यको कुरा गर्दा आमा र बच्चाको स्वास्थ्यसँग खेलवाड गर्न सकिंदैन ।

बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ

यदि गर्भावस्थामा दम्पतीबीच झगडा भए बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा दबाब पर्न सक्छ र भविष्यमा बच्चा रोगको शिकार हुन सक्छ । आमाको बढ्दो तनावले बच्चामा पनि नराम्रो असर गर्छ ।

भ्रूणमा अक्सिजनको मात्रा कम हुनसक्छ

गर्भावस्थाको समयमा झगडाका कारण तनाव बढ्दा गर्भवती महिलाको मुटुको गति बढ्न सक्छ, जसले उच्च रक्तचापको समस्या हुनसक्छ । यसले गर्दा पाठेघरमा अक्सिजन कम हुने र बच्चालाई रगतको आपूर्ति नहुन सक्छ ।

गर्भावस्थामा दम्पतीबीचको झगडाबाट कसरी बच्ने ?

गर्भावस्थामा एकातर्फ शरीरमा आउने परिवर्तनसँग समायोजन गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ मानसिक तनावसँग जुध्न पनि गाह्रो हुन्छ । गर्भावस्थामा हर्मोनमा परिवर्तन हुने र भावनामा हुने परिवर्तनले शरीरमा नराम्रो असर गर्छ । दम्पतीले केही सजिलो तरीका अपनाउनुपर्छ, जसको मद्दतले गर्भावस्थामा मानसिक तनावबाट बच्न सकिन्छ ।

-पार्टनरसँग गर्भमा रहेको बच्चाको गतिविधिबारे छलफल गर्नुहोस् र उनीहरूको विचार जान्नुहोस् । साथै, पेटमा रहेको  बच्चाको लागि योजना बनाउन पनि सकिन्छ ।

-एकअर्काको लागि समय निकाल्नुहोस्, यदि दम्पती दुवै जना काम गर्दै हुनुहुन्छ भने तपाईंले दिनमा केही समय सँगै बिताउनुपर्छ ।

-सँगै घुम्न जानुहोस् । साथै, ध्यान, योग र व्यायामलाई समय दिनुहोस् ताकि दिमाग शान्त रहोस् र झगडा नहोस् ।

-सँगै डाक्टरकहाँ जानुहोस्, यसबाट दुवैले शारीरिक परिवर्तनहरु बुझ्न सक्छन् ।

-गर्भावस्था हरेक जोडीको लागि विशेष अवसर हो । यस समयमा दुवैले बच्चालाई खुसी र उत्साहका साथ स्वागत गर्ने तयारी गर्नुपर्छ र आपसी मनमुटावलाई बेवास्ता गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

वाङ यीको भ्रमण : आफ्नो कुरा भनेर गयो चीन, के गर्‍यो नेपालले ?

पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गरः  प्रदेश संयोजक रामसगुन यादव

पेट्रोलियम व्यवसायीको माँग अबिलम्ब पुरा गरः प्रदेश संयोजक रामसगुन यादव

चीनले दियो धोका युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न चीनद्वारा अस्वीकार

चीनले दियो धोका युक्रेनसँग लडिरहेको रुसलाई सहयोग गर्न चीनद्वारा अस्वीकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .