• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?


सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

काठमाडौं । मंगलबार मात्र काठमाडौं उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंसहित बारा, पर्सालगायतका जिल्लामा यो रोगका संक्रमितहरू धेरै देखिएका छन् ।

एकातर्फ कोरोनाको त्रास छ भने अर्काेतर्फ मौसमी तथा अन्य फ्लुका कारण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरू देखिने गरेको छ । यही अन्योलका बीच कोरोना र अन्य फ्लुका कारण देखिएको संकेतलाई पहिचान गर्न सकिन्छ त ?

रुघाखोकी र ज्वरोजस्ता समस्या कोरोना र मौसमी फ्लुमा समेत देखिने साझा लक्षण हुन् । गर्मीको समयमा नियमित हुने वर्षामा भिज्दा मौसमी रुघाखोकीको समस्या समेत त्यस्तै मात्रामा देखिएको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण हो या मौसमी फ्लुका कारण भएको समस्या हो भनेर छुट्याउन सक्ने केही आधार रहन्छ ?

चिकित्सकहरू यस्तो अवस्थामा सामान्य रुघाखोकी र कोभिड लागेको पहिचान गर्न निकै कठिन रहेको बताउँछन् । खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ । भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा रुघाखोकी लागेको मान्छेलाई कोरोना या भाइरल फ्लु के हो ? भनेर यकिन गर्न सक्ने आधार नरहेको उनीहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला रुघा र खोकीसँगै लागेको छ भने त्यस्ता मान्छेले तुरुन्त कोरोना परीक्षण गराउनु पर्ने बताउँछन् । त्यसमाथि पनि घरमा दीर्घरोगी छन् भने त झनै खोकीका बिरामीले पीसीआर परीक्षण गराउनै पर्ने सुझाव उनको छ ।

अहिले कोरोना संक्रमित बच्चामा हाइपो टेन्सन, प्यारालाइसिस, नसा दुख्ने जस्ता समस्या समेत देखिने गरेको भए पनि कोभिडको मुख्य लक्षण भनेको अहिलेसम्म पनि रुघाखोकी, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु आदि नै रहेको उनी बताउँछन् ।

बास्तोला अब झनै जाडो महिना सुरु हुन लागेकोले यस्तो चुनौती झनै थपिने बताउँछन् । जाडो महिनामा डेंगुको प्रकोप पनि सुरु हुने भन्दै अहिले समुदायस्तरमा धेरै फैलिनु अघि नै सरकारले यसमा ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।

‘अहिले मौसमी फ्लु र कोभिडका कारण लागेको रुघाखोकी छुट्याउन सक्ने अवस्था छैन ।’ बास्तोलाले अनलाइनखबरसँग भने ‘रुघा र खोकी एकै पटक लागेको छ या घरमा दीर्घरोगी छन् भने खोकी लाग्दा मात्रै पनि हेलचेक्याइँ गर्नुहुँदैन’

अर्काेतर्फ नियमित पीसीआर परीक्षण गर्न पनि व्यावहारिक र आर्थिक समस्या समेत रहेको जानकारहरू बताउँछन् । अहिले सामान्य लक्षण मात्रै देखिएका व्यक्तिले कोरोना परीक्षण गर्न जाँदा कतिपयको त मासिक आम्दानीको एक तिहाइसम्म खर्च हुने अवस्था छ । त्यस्तो अवस्थामा नियमित परीक्षण पनि सम्भव छैन । यो पनि चुनौतीको विषय रहेको जानकारहरू बताउँछन् । बास्तोला भन्छन् ‘परीक्षण पनि महँगो भएकोले नियमित परीक्षण सम्भव त छैन । त्यसैले खोकीसँग ज्वरो, खोकीसँग श्वासप्रश्वासमा समस्या जस्ता दुईवटा समस्या एकै पटक देखियो भने चाहिँ परीक्षण गराउनै पर्छ ।’

कोभिड १९ र मौसमी फ्लुमा लक्षणहरू पनि सामान्य र जटिल किसिमको हुने अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सनले जनाएको छ । सो संस्थाका अनुसार कोभिड र फ्लुकोे केही साझा लक्षणहरू हुने गर्छन् । जस्तो, ज्वरो वा ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न कठिनाइ हुनु, थकान (थकान)को महसुस हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, मांसपेशी दुख्ने वा शरीर दुख्न, टाउकोको दुखाइ र केही मानिसमा बान्ता र पखाला हुनु पनि कोभिडको कारण हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि वान्ता वा पखालाको समस्या वयस्कभन्दा बच्चाहरूमा अधिक देखिने गरेको पनि उल्लेख छ ।

संक्रमणको हिसाबले पनि सामान्य फ्लुभन्दा कोभिड केही बलियो भाइरसको रूपमा मान्ने गरिन्छ । अनुसन्धान रिपोर्टले अन्य फ्लु लागेको एक जनाले १.३ जनासम्मलाई सार्न सक्छ भने कोभिड लागेको मान्छेले २.२५ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा
  • २०७७ भाद्र ६, शनिबार १८:२३
  • In "स्वास्थ्य"
  • नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि
  • २०७७ भाद्र ६, शनिबार १८:२३
  • In "थप"
  • दाद राेग पहिचानको तरिका, यसबाट बच्न के गर्ने ?
  • २०७७ भाद्र ६, शनिबार १८:२३
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

जलेश्वरः बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट !

गोलि हानी हत्या गरिएका साधुलाई सहिद घोषणा गर : बिश्व हिन्दु परिषद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version