• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि


बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।

तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

के हो कोरोनाको नयाँ प्रकार ?

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी छ ।

यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताएका छन् ।

कसरी निस्कियो नयाँ प्रकार ?

जानकारहरुका अनुसार मौसम, अनुकूल वातावरण वा अन्य कारणले समयसँगै भाइरस थप शक्तिशाली बन्दै जान्छ । यसरी भाइरसले आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई ‘म्युटेसन’ भनिन्छ ।

कुनै कमजोर व्यक्तिको शरीरमा रहेको कोरोना भाइरस थप शक्तिशाली बनेको र सोही भाइरस अर्को व्यक्तिमा सर्दा नयाँ प्रकारको बनेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

दक्षिण अफ्रिकामा पनि कोरोनाको अर्को प्रकार देखिएको थियो । कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायत र दक्षिण अफ्रिकामा धेरै मुलुकहरुले भ्रमण प्रतिबन्ध लगाएका थिए ।

कसरी सर्छ ?

कोरोनाको नयाँ प्रकार धेरै संक्रामक हुनुको कारण हावाबाट फैलिनु पनि हो । साधारण कोरोना हावाबाट केही कम फैलिने भएपनि नयाँ प्रकार हावाबाट धेरै फैलिन्छ । यद्यपि यो प्रारम्भिक अनुमान हो । अहिलेसम्म यसको पुष्टि भने हुन सकेको छैन ।

वैज्ञानिकहरुका अनुसार मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका मापदण्ड पालना गरी नयाँ प्रकारबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका
  • २०७७ माघ ५, सोमबार १८:१४
  • In "थप"
  • बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ माघ ५, सोमबार १८:१४
  • In "थप"
  • संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट
  • २०७७ माघ ५, सोमबार १८:१४
  • In "अन्तराष्ट्रिय"
Tags: #Covid-19#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version