• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी


एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजार मूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ ।

बुधबार कम्पनीको शेयर मूल्य बढेर प्रतिशेयर ४६७.७७ डलर पुगेसँगै एप्पल कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

गत जुलाई महिनामा सार्वजनिक भएको कम्पनीको उत्साहबर्धक वित्तीय प्रतिवेदन पछि एप्पलको शेयर मूल्यमा लगातार भइरहेको बढोत्तरी सँगै यसको बजार मूल्यले २ ट्रिलियन डलरको कोशेढुंगा पार गरेको छ ।

विगतमा आइफोनलगायतका ग्याजेटको बिक्रीमा बढी निर्भर रहेको एप्पलको आम्दानीको ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरुको विश्वासमा वृद्धि भएको बताइएको छ ।

साथै कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला संस्थागत लगानीकर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको बताइएको छ ।

अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य १ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफूलाई दोब्बर मूल्यवान बनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट र गुगल कम्पनीको गरी कूल बजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ ।

विश्वमा कोरोना भाइरस महामारीको लकडाउनका कारण धेरै देशमा एप्पल स्टोरहरु बन्द हुँदासमेत आइफोन, आइप्याड तथा म्याकको अनलाइन बिक्री उत्साहबर्धक रह्यो ।

सन् २०२० को दोश्रो त्रैमासिक अवधिमा एप्पल कम्पनीले वस्तु तथा सेवाका सबै क्षेत्रका साथै हरेक भौगोलिक क्षेत्रहरुमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भएको भयो । महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भैरहँदा एप्पलले भने यो वर्ष सन् २०२० मा आफ्नो कम्पनीको मूल्यमा ५७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलोपटक सन् २०१८ मा १ टि्रलियन डलर पुगेको थियो । जस अनुसार पछिल्लो दुुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्बरले बढाएको हो ।

गत जुलाई ३१ गते साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी बनेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति
  • २०७७ भाद्र ६, शनिबार १८:२५
  • In "समाचार"
  • ट्रम्पलाई बन्देज लगाएपछि ट्वीटरले गुमायो अढाइ अर्ब डलर
  • २०७७ भाद्र ६, शनिबार १८:२५
  • In "सूचना-प्रविधि"
  • चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा
  • २०७७ भाद्र ६, शनिबार १८:२५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

जलेश्वरः बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट !

गोलि हानी हत्या गरिएका साधुलाई सहिद घोषणा गर : बिश्व हिन्दु परिषद

प्रहरी निरीक्षकसहित ४२ जनामा कोरोना,६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version