• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा


स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा

काठमाडौं । कोरोना महामारीकै बेलामा नेपालमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो । तर अहिले कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने  स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कोरोना संक्रमणको लक्षण र स्क्रब टाइफस हुँदा शरीरमा देखिने लक्षण प्रायः एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

स्क्रब टाइफस रोग विश्वका विभिन्न राष्ट्रमा देखिए पनि नेपालमा विगत ७ वर्षदेखि मात्रै प्रमाणित भएको हो । डा. पुनका अनुसार स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । ओरिनसिया सुसुगामुसी नामक जीवाणुका कारण स्क्रब टाइफस हुन्छ ।

मुसाको रगत चुसेर बाँच्ने सुक्ष्म किरा ‘माइट’ परजीवीको माध्यमबाट स्क्रब टाइफस मानिसमा सर्ने उनी बताउँछन् । नेपालमा विसं. २०७२ वैशाखको विनाशकारी भूकम्पपछि यो रोग देखिन थालेको हो ।

सन् २०१९ मा आठ महिनाको अवधिमा ५ सय ५५ जनामा स्क्रब टाइफसको संक्रमण भएकोमा ३ जनाको मृत्यु भएको थियो ।

अघिल्ला तीन वर्षमा स्क्रब टाइफसका कारण १६ जनाको मृत्यु भएको थियो । हाल देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेले बताए ।

स्क्रब टाइफसका लक्षण ?

स्क्रब टाइफसका बिरामीलाई उच्च ज्वरो आउने, श्वास—प्रश्वासमा समस्या हुने, रुघा लाग्ने, बढी मात्रमा टाउको दुख्ने, शरीर दुख्ने, शरीरमा चिट–चिट पसिना आउने, आँखा हल्का रातो हुने, शरीरका विभिन्न भागहरूमा सानो रातो बिमिरा आएर सुकेपछि कालो दाग वा कालो पाप्रो बस्ने, कान बजेको आवाज आउने, पखाला लाग्ने जस्ता लक्षण देखिने गर्छ ।

‘माइट’ परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिने गर्छ ।

कसरी बच्ने ?

–खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको बासस्थान नजिकै काम गर्दा सावधानी अपनाउनु पर्छ ।

–खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउनुपर्छ ।

–वनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडासँगै सम्भव भए बुट लगाउने ।

–चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, मुसाको बासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने–बस्ने गर्नुपर्छ ।

–घरभित्र अन्न भण्डारण गर्दा मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले व्यवस्था गर्ने ।

कोरोना संक्रमितमा ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या देखिए झैं स्क्रब टाइफस बिरामीमा ती लक्षण देखिने हुँदा मानिसले रोग लुकाएर राख्न सक्ने सम्भावना रहने सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् ।

कोरोनाको आशंका गरेर अस्पताल नपुगिकन घरमै सावधानी अपनाएर बस्दा स्क्रब टाइफसका बिरामीको अकालमा ज्यान सक्ने हुँदा लक्षण थाहा पाउन जरुरी भएको उनको भनाइ छ । स्क्रब टाइफस रोग लागेर समयमै उपचार हुन नसकेमा शरीरका कलेजो, फोक्सो मस्तिष्क लगायतका अङ्गले काम गर्न नसक्ने अवस्था आउन सक्ने डा. पुनले बताए ।

यस्तै रोगको जीवाणु शरीरका विभिन्न भागमा फैलिएमा शरीरका अङ्गले काम गर्न छाड्ने उनी बताउँछन् । स्क्रब टाइफसका बिरामीमा पनि कोरोना संक्रमितमा देखिने लक्षण तथा अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउने जस्ता साझा लक्षणहरू देखिने हुँदा मानिसहरू झुक्किन सक्ने र यसले कोरोनाको तुलनामा धेरै मानवीय क्षति हुन सक्ने डा. पुन बताउँछन् ।

समयमै रोग पत्ता नलागेमा सामान्य उपचारमा निको हुने बिरामी गम्भीर अवस्थामा पुगेर मृत्युसमेत हुन सक्ने भएकाले समयमै अस्पताल गएर परीक्षण गराउनुपर्ने सुझाव पनि उनले दिए । सरकारले स्क्रब टाइफसका बिरामीलाई डक्सिसाक्लिन नामक एन्टिबायोटिक औषधि स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख पाण्डेले बताए ।

यसको औषधिस्वरुप बजारमा सहज रुपमा पाइने  एन्टिबायोटिकको सेवन गरेर पनि निको हुने उनले बताए । स्क्रब टाइफस भएको थाहा नपाएर समयमै उपचार नगरेकै कारण विगतका वर्षमा केही बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

स्क्रब टाइफस रोगको शंका लागेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने डा. पाण्डे बताउँछन् । उनका अनुसार स्क्रब टाइफसका बिरामीको स्वास्थ्य उपचारको लागि सरकार तयारी अवस्थामा छ ।

टेकु अस्पताललाई कोभिड अस्पताल बनाएका कारण स्क्रब टाइफसको शंका लागेका बिरामी जाँच गर्न नआएको डा. पुनले  बताए । राजधानीका विभिन्न अस्पतालमा छिटफुट रुपमा स्क्रब टाइफसका बिरामी देखा पर्न थालेका छन् । स्क्रब टाइफस रोगको पहिचान समयमै गर्न नसक्दा कोरोना महामारीकै बेला अर्को समस्या देखा पर्न सक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ कोरोना भाइरस : नेपालमा के होला ?
  • २०७७ श्रावण ३१, शनिबार १६:०९
  • In "थप"
  • सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?
  • २०७७ श्रावण ३१, शनिबार १६:०९
  • In "स्वास्थ्य"
  • जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली
  • २०७७ श्रावण ३१, शनिबार १६:०९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्

विशेष क्यामेरासहितका इन्फिनिक्स नोट ७ नेपाली बजारमाः यस्ता छन् विशेषताहरु

जब महिलाले आफूलाई कुखुरा ठानिन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version