काठमाडौं । भनिन्छ,‘राजनीति गर्ने नेता कार्यकर्ताको व्यक्तिगत जीवन हुँदैन’ । राजनेता, प्रधानमन्त्री, मन्त्री, सांसद भनेका सार्वजनिक व्यक्तित्व हुन् । उनीहरुको जीवनमाथि जनताको निगरानी हुनुपर्छ । त्यसैले नेताको विवाह, घर परिवार र छोराछोरीले के गर्छन् भनेर चर्चा परिचर्चा हुने गर्छ ।
सञ्चार माध्यममा यस्ता विषय खबरको विषय समेत बन्ने गर्छन् । नेकपा एमालेको राजनीतिमा निकै चर्चित पात्रको रुपमा कहलिएकी सांसद गंगा चौधरी पनि खबरको विषय बनेकी छिन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गंगा चौधरीले दोस्रो विहे गरेर आफ्नै ‘सौता’लाई दास बनाएर राखेको खुलाशा भएको हो ।
सांसद चौधरीले दाङको राप्ती गाउँपालिका ७ बस्ने प्रहरी जागिरे नन्दलाल चौधरीसंग बिहे गरेकी हुन । नदलालका २ छोरी र एक छोरा हुँदाहुदै प्रहरीको जागिरको प्रलोभनमा उनीसंग दोस्रो बिहे गरेको चौधरीमाथि आरोप छ ।
दोस्रो बिहे गरेकी गंगा अहिले सांसद भएपछि आफ्नै सौतालाई तथानाम गाली गलौज गर्ने घरमा कमलरी जस्तै बनाएर दास बनाएकी छिन् ।
गंगाकी सौताका छोराछोरी भएको उमेर पनि धेरै भइसकेकाले अन्त बिहे गर्न सक्ने अवस्था छैन त्यही देखेर गंगाले अपमानपूर्ण व्यावहार गर्ने गरेको स्थानीबासी बताउँछन् ।
प्रहरी सेवाबाट निवृत भएका आफ्नै श्रीमान नन्दलाललाई उनले स्वकिय सचिव बनाएकी छिन् ।
श्रीमान तथा स्वकिय सचिवले प्रहरीबाट आउने पेन्सन रकम समेत पहिलो पत्निलाई नदिने गरेको स्थानियबासी बताउँछन् । अधिकार र समानताको चर्को भाषण गर्दै हिड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानियबासी बताउँछन् ।
कैलालीको तत्कालीन प्रतापपुर गाबिस ६ खमारियामा जन्मेकी गंगाले सोही ठाउँकै तुलसी चौधरीसंग बिहे गरेकी थिइन् । त्यतिबेला गंगाले तीन छोराछोरी भएको तुलसीसँग विवाह गरेकी थिइन् ।
पुर्व सांसद मोहनसिह राठौरको स्वकीय सचिव भएका तुलसीसँग उनले सत्ताको प्रभावमाकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् ।
त्यतिबेला तुलसीले गंगालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गंगाले अन्तिममा तुलसीसंग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसंग सम्बन्ध बिच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गंगाले फेरी अर्को विवाह गरेकी थिइन् ।
जातिय थरुहट आन्दोलनबाट नयाँ शक्ति हुँदै एमाले प्रवेश गरेकी उनले चुनावमा नयाँ शक्ति र एमाले दुवैमा आफ्नो नाम राखेकी थिइन् । यस विषयमा प्रतिक्रिया लिन सांसद चौधरीको मोबाइलन नम्बरमा फोन गर्दा उनले फोन उठाइनन् ।
कोरोना महामारीका बीच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीको घरमा भेटिएको थियो । उक्त घटनापछि समेत चौधरी निकै विवादीत बनेकी थिइन् ।
अपडेट
श्रीमानलाई पिए बनाएको हुँ, दास बनाएको छैन : सांसद चौधरी
यसैबीच श्रीमानलाई पिए र सौतालाई दास बनाएको आरोप लागेकी नेकपा एमालेकी सांसद गंगा चौधरीले आफूमाथिको आरोप गलत भएको बताइन् ।
‘तपाईं मेरो घरमा आएर हेर्न सक्नुहुन्छ । मैले मेरो दिदिलाई कति सम्मान गरेर राखेको छु । मेरो श्रीमानलाई पिए किन राखेको भने उहाँको तलबबाट ५ जना बालबालीकालाई निशुल्क शिक्षा दिएको छु,’ चौधरीले भनिन्,‘दास बनाएर बसेको भन्ने कुरा गलत हो । मेरो चरित्र हत्या भयो । यो समाचार हटाइदिनुस् ।’
सांसद चौधरीले समाचार हटाइदिन आग्रह गरेपनि दियोपोस्टकर्मीले प्रेस काउन्सिल आचार संहिता अनुसार कुनै पनि समाचार हटाउन नमिल्ने बताएपछि उनले फोन काटिन् ।