No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई टेन्सन

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई टेन्सन

काठमाडौं । नेपाल सरकारले चीनसँग सीमा मिचिएको अध्ययन गर्न टोली हुम्ला पठाएपछि यता चलखेल शुरु भएको छ। स्थानीय जनप्रतिनिधिहरूले सीमा मिचिएको भनिरहँदा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सीमा नमिचिएको बताएको थियो । तर ओली हटेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त विवादबारे अध्ययन टोली बनाएको छ।

टोलीले आफ्नो काम शुरु गरिसकेको छ। ओली सरकारको निर्णयमा असहमति जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएपछि गृह मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वको समितिले अध्ययन थालेको हो ।

नाम्खा गाउँपालिका अध्यक्षको प्रचण्डसँग भेट 
अध्ययन टोली हुम्ला पुगिसकेको अवस्थामा नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा आइपुगेका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर सीमा विवादबारे कुरा गरेको बताइएको छ।

कुनै अध्ययन बिना तत्कालीन सरकारबाट कुनै सीमा विवाद नरहेको भनाउन सफल ‍ प्रचण्ड अहिले समस्यामा परेको बताइएको छ। चीन सीमा विवादबारे अध्ययन टोली बनाएकोमा उनी रुष्ट रहेका छन् । यसै प्रसङ्गमा उनको गाउँपालिका अध्यक्षसँगको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।

सरकारले अध्ययन टोली बनाएसँगै चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख–उपप्रमुखहरूसँग भेटघाट तीव्र बनाइएको श्रोतको दाबी छ । उक्त भेटघाट के प्रायोजनका लागि भन्ने नखुले पनि अध्ययन टोलीको अध्ययनमा प्रभावित पार्न हुनसक्ने श्रोतले बताएको छ ।

चिनियाँ अधिकारीहरूले हुम्लाका जनप्रतिनिधिहरूलाई पनि पटक–पटक भेटिसकेको बताइएको छ। सीमा विवादबारे अध्ययन टोली उता रहेको समयमा उनीहरूको भेटघाटको गहिरो अर्थ रहेको बताइएको छ।

यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताएका थिए । माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा तनाव उत्पन्न भएको थियो।

सीमा स्तम्भमा छेड छाड 
तत्कालीन समयमा चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरीक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरूको निरीक्षण गरेको थियो ।

नेपाली भूमिमै चिनियाँ भवन
सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरूले नेपाली भूमिमै भवनहरू बनाएको पाएको उनले बताएका थिए । उनले चिनियाँहरूले नेपाली भूमिमै घरहरू बनाएको दाबी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका थिए ।

उनको भ्रमणपछि नेपाली काँग्रेसले तत्कालीन केपी ओली सरकारलाई सीमा विवादबारे जानकारी गराएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशाङ्क कोइराला लगायतका नेताहरूले सरकारसँग उक्त विवादबारे जानकारी मागेका थिए । ओली सरकारले तत्कालीन समयमा कुनै अध्ययन बिनै सीमा नमिचिएको बताएको थियो ।

वडा अध्यक्ष चिन्तित
चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।

नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
पुरुष प्रहरी द्वारा महिला  नेतृलाई  पक्राउ

पुरुष प्रहरी द्वारा महिला नेतृलाई पक्राउ

धनुषामा डकैती, डकैतले गराएको बिस्फोटमा दुई जना घाइते

धनुषामा डकैती, डकैतले गराएको बिस्फोटमा दुई जना घाइते

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .