• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत


पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत

छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको तथ्यांक छ । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ । विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।

यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।

जबकि पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।

लक्षणहरु

सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अंगमा दुखाई महसुष भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ ।

अक्सर महिलाले सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुष हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ ।

यद्यपि यी लक्षणहरु अन्य अवस्थामा पनि देखिन सक्छ, क्यन्सर नै हो भन्ने हुन्न । त्यसैले यसमध्ये कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।

किन हुन्छ ?

पाठेघरमा हुने क्यान्सर विशेषगरी ट्युमरका कारण हुन्छ । पाठेघरमा कोषिकाहरुको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा ट्युमर बन्ने गर्छ । त्यस्ता ट्युमर सबै क्यान्सर नै हुन्छ भन्ने छैन ।

यस्ता ट्युमर, व्यक्ति तथा उमेर अनुसार पनि फरक हुन्छ । त्यस्तै, किशोरावस्थामा हुने ट्युमर, चालीस वर्ष कटेपछि हुने ट्युमर तथा महिनावारी सुक्ने अवस्थामा हुने ट्युमर पनि व्यक्ति अनुसार फरक हुने गर्दछ । त्यस्तै, यस्ता ट्यूमर पाटेघरमा मात्र नभई डिम्बासय तथा नलीको छेउमा पनि हुन सक्छ ।

महिलाहरुको पाठेघरमा हुने ट्युमर पनि फरक हुने गर्दछ ।  चालीस वर्ष कटिसकेका महिलाहरुको पाठेघरमा देखिने ट्युमर दुई किसिमको हुन्छ , फाइब्रोइड र एडिनोमायोसिस ।

महिलाहरुको पाठेघरमा हुने अर्को ट्युमर भनेको डिम्बासयको ट्युमर हो । यस्ता ट्युमर व्यक्ति अनुसार फरक हुने गर्दछ । किशोरीहरुमा डिम्बासयमा मात्र नभई नलीको छेउमा  समेत पेराफ्रिम्बल नामक ट्युमर आउन सक्दछ ।

किन हुन्छ ?

अहिलेसम्म यसको ठोस जवाफ छैन । यद्यपी, वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ ।

त्यस्तै, धुमपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसँग पनि हुने गर्छ ।

कसरी उपचार गरिन्छ ?

सामान्यतया, एडिनोमायोसिस नामक ट्युमर औषधिबाट  निको पार्न सकिन्छ । त्यस्तै, पाठेघरमा मेरिना राखेर पनि यस्ता ट्युमरको उपचार गर्न सकिन्छ । फाइब्रोसिस ट्युमर भएमा शल्यक्रिया गर्नु पर्दछ ।

कुनै पनि महिलाको पाठेघरमा जटिल किसिमको ट्युमर देखिएमा त्यसको उपचार गर्नु भनेको उक्त ट्युमर निकाल्नु नै हो । पाठेघरको ट्युमर देखिएमो पेट चिरेर शल्यक्रिया गर्ने गरिन्छ ।

त्यसबाहेक, पेटमा स–साना प्वाल पारेर गरिने ल्याप्रोस्कोपी सर्जरी अर्को प्रविधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने
  • २०७८ भाद्र ६, आईतवार १५:२८
  • In "BannerNews"
  • उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर
  • २०७८ भाद्र ६, आईतवार १५:२८
  • In "जीवनशैली"
  • डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?
  • २०७८ भाद्र ६, आईतवार १५:२८
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ

भारतीय कम्पनी टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ नेपालमा भदौ ११ बाट ,

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version