• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो


सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट ।

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव ५० प्रतिशत रहेको थियो । यो घटेर २०७७/७८ को असार मसान्तसम्म ६ दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति पि्रमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको छ । तर उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २ प्रतिशत बिन्दुले मात्र पि्रमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

सबैभन्दा सस्तो सरकारी बैंक

ऋण लिदा सबैभन्दा सस्तो सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पर्ने देखिएको छ । राष्ट्रि वाणिज्य बैंकको बेस रेट असरा मसान्तसम्म ५ दशमलव ४१ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको बेस रेट ५ दशमलव ८० प्रतिशत रहेको थियो ।

बेस रेट कम हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको छ भने तेस्रो नम्बरमा मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । स्टाण्डर्ड चार्डड बैंकको अघिल्लो वर्ष ७ दशमलव ७० प्रतिशत रहेको बेस रेटलाई घटाएर ५ दशमलव ५१ प्रतिशतमा झारेको छ ।

तेस्रो नम्बरमा देखिएको नेपाल बैंकको बेस रेट ६ दशमलव ९९ प्रतिशतबाट घटेर ५ दशमलव ७३ प्रतिशतमा झरेको छ । चौथो नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ७ दशमलव ५१ प्रतिशमा रहेको बेस रेट घटाएर ५ दशमलव ७४ प्रतिशतमा झार्न सफल भएको छ ।

मूनाफामा नम्बर वान नविल बैंकले पनि बेस रेटमा सुधार गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा ७ दशमलव ३२ प्रतिशत रहेको बेस रेट ५.८६ मा नबिलले झारेको छ ।

के हो बेस रेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर -बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौदि्रक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम पि्रमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत पि्रमियम थप्न सक्छन् । सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै पि्रमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौदि्रक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै पि्रमियम जोड्न सक्ने बताएको छ । १ करोड माथिका कर्जामा भने बैंकहरु आफैले प्रिमियम तोक्ने अधिकार पाएका छन् ।

अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ । यदि तपाईं यस बैंकमा १ करोड मुनिको  कर्जा लिन जानुभयो भने बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?
  • २०७८ भाद्र ६, आईतवार १५:३९
  • In "देश"
  • ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी
  • २०७८ भाद्र ६, आईतवार १५:३९
  • In "आर्थिक"
  • १३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर
  • २०७८ भाद्र ६, आईतवार १५:३९
  • In "आर्थिक"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ

भारतीय कम्पनी टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ नेपालमा भदौ ११ बाट ,

माओवादीका नेताले कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version