• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?


डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?

महिलाहरुमा देखिने पाठेघरको सिस्ट धेरैमा देखिने साझा समस्या हो । कतिपयमा यो सामान्य रुपमा देखिन्छ भने कतिपयमा यो जटिल रुपमा समेत देखिन्छ । तर चिकित्सकहरु पाठेघरको सिस्टको समस्यालाई लिएर धेरै भयभीत हुनुनपर्ने बताउँछन् । यही पाठेघरको सिस्ट, सेतो पानी बग्ने समस्या र अनियमित महिनावारीको विषयमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साहसँग गरिएको कुराकानी :

पाठेघरमा देखिने सिस्ट के हो ?

अण्डाशयमा पलाउने फोका (सिस्ट) लाई नै पाठेघरको सिस्ट भन्ने गरिन्छ । पाठेघरमा हुने तीन तहमध्ये सबैभन्दा भित्री तहमा हुने इन्डोमेट्रोसिस महिनावारीको समयमा झर्छ । जसबाट रगत निस्कन्छ । यो इन्डोमेट्रोसिस झर्ने क्रममा अण्डाशयमा समेत रगत बग्छ र त्यही रगतवाहिनी क्षेत्रमा फोका पलाउँछ त्यसैलाई चिकित्साको भाषामा सिस्ट भनिन्छ ।

यो त्यस्तो ठूलो कुरा पनि होइन । सामान्यतया अण्ड उत्पादनको क्रममा कुनै बेला सिस्ट हुन सक्छ । यो बेलामा आत्तिनुपर्ने कारण छैन । धेरै जसो त मान्छेमा साना सिस्टहरु पलाउँछ, जुन आफैँ फुटेर जान्छन् । बढीमा ६० एमएम भन्दा कम आकारका सिस्टहरु आफैँ हराएर जाने गर्छन् । त्योभन्दा ठूला सिस्टहरु भने संकलन भएर बसेका हुन्छन् । जसले गर्दा अरु रोग देखिन थाल्छ । यदि सिस्ट भएको थाहा भएमा सानो भए पनि ठूलो भए पनि फलोअप भने गर्नुपर्छ । कहिलेकाहीँ सिस्टले सम्भावित पाठेघरको क्यान्सरको हुन लागेको सूचना पनि दिने गर्छ । ठूलो सिस्ट भएको खण्डमा भने शल्यक्रिया गर्नुको विकल्प छैन ।

पछिल्लो समय पाठेघरको सिस्टको समस्या बढ्दो छ भनिन्छ, यसको कारण के होला ?

पाठेघरको सिस्टको समस्या बढ्नुको पछि विभिन्न कारणहरु हुन्छन् । कहिलेकाहीँ अण्डाशयमा हुने खराबीका कारण पनि यस्तो समस्या हुन्छ भने कहिलेकाहीँ वंशाणुगत कारणले पनि समस्या सिर्जना हुन्छ । कुनैकुनै बेला कुनै प्रष्ट कारण नभए पनि यस्तो समस्या देखिन सक्छ । त्यसैले समयसमयमा यसको उपचार गरिरहनुपर्छ ।

अर्काेतर्फ केही अध्ययनले बच्चा कम पाउने महिलाहरुमा पनि सिस्टको समस्या बढी हुने गरेको देखाएको छ । यो पूरा प्रमाणित तथ्य नभए पनि यसमा पनि केही बहस भने गर्न सकिन्छ । कुनै पनि महिलामा गर्भ बसेपछि १५ महिनासम्म पाठेघरमा अण्डा उत्पादन हुँदैन । अर्थात् यो अण्डा उत्पादन गर्न नपर्ने भएकोले आरामको समय हो । अण्डा उत्पादन नहुँदा सिस्टको सम्भावना पनि रहँदैन । तर थोरै बच्चा जन्माउने आमामा धेरै बच्चा जन्माउनेको तुलनामा धेरै अण्डा उत्पादन हुने र अण्डाशयले आराम नपाउने भएकोले पनि यस्तो समस्या सिर्जना हुन्छ भन्ने मान्यता कतिपयको छ ।

यसको उपचार कसरी गरिन्छ ?

सिस्टको प्रकृतिअनुसार यसको उपचार विधि तय गरिन्छ । यदि सिस्ट सानो खालको छ भने यसलाई कुनै उपचारको जरुरी हुँदैन । यो आफैँ फुटेर जान्छ । तर सिस्ट सानै छ भने पनि यसले कुनै साइड इफेक्ट गरेको छ कि भनेर समय समयमा परीक्षण गरिरहनुपर्छ । सानै सिस्टलाई पनि ३ देखि ६ महिनासम्ममा फलोअप गर्नुपर्ने हुन्छ ।

ठूला सिस्टको उपचार भनेको शल्यक्रियाबाट नै हुन्छ । यसको लागि विभिन्न प्रविधिहरु हुन्छन् । जुनसुकै विधिबाट भए पनि शल्यक्रिया गरेर ठूलो सिस्ट हटाउन सकिन्छ ।

कुन अवस्थामा यो खतरनाक हुन सक्छ ?

सानो सिस्ट धेरै खतरनाक हुँदैन । यद्यपि सिस्ट धेरै ठूलो भयो भने यसले अण्डाशयमा धेरै अवरोध वा इन्फेक्सन हुन सक्छ । जसका कारण ठूला सिस्ट भएको थाहा पाउने बित्तिकै यसलाई शल्यक्रिया गरेर निकाल्नुपर्छ ।

सेतो पानी बग्ने समस्या किन हुन्छ ?

योनीमा सेतो पानी बग्ने समस्या पनि त्यस्तो जटिल समस्या होइन । योनीमार्गलाई सुख्खा हुन नदिन समयसमयमा थोरै पानी बगिरहेको हुन्छ । तर यही प्रक्रियामा पनि धेरै पानी जाने, योनी गह्नाउने जस्ता समस्याहरु थपियो, पानी बाक्लो हुने  जस्ता समस्या देखियो भने चाहिँ यो समस्या समाधानको उपाय खोज्नै पर्छ । यो पनि कतिपय इन्फेक्सनको कारणले पनि हुन सक्छ । कुनैपनि इन्फेक्सनको समयमा उपचार भएन भने यसले निःसन्तान हुने जस्ता जोखिम समेत बढ्छ ।

पिसाब संक्रमणको कारण के हो ?

पिसाबको संक्रमण पनि जीवाणुहरुको कारण हुन्छ । योनीमार्गमा रहेका जीवाणुहरु पिसाब थैलीमा गयो भने पिसाबमा संक्रमण हुने गर्छ । पिसाब संक्रमण यौनअंगको समयमा सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने यस्तो समस्या हुने गर्छ ।

मासिक स्राव गडबडी वा अनियमित हुनुको कारण के होला ?

मासिक स्रावमा हुने गडबडी कुनै हर्माेनको सन्तुलनको अभावमा हुने गर्छ । कतिपयमा इन्फेक्सनको कारणले पनि मासिक स्रावमा समस्या निम्तिन सक्छ । इन्युनिटि कन्सन्ट्रेसन, विभिन्न किसिमका दीर्घरोग आदिका कारण पनि समस्या सिर्जना हुन्छ ।

मासिक स्राव रोकिएको अवस्था छ भने यसमा सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ । सबै समस्याको कारण देखिने खालको मात्रै हुँदैन । यस्तो अवस्थामा हर्माेनको मात्रालाई ध्यान दिएर पनि मासिक स्राव नियन्त्रणमा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत
  • २०७८ भाद्र १४, सोमबार १६:२४
  • In "जीवनशैली"
  • उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर
  • २०७८ भाद्र १४, सोमबार १६:२४
  • In "जीवनशैली"
  • सेनिटरी प्याडको सोझो सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ- डा. बालकृष्ण शाह
  • २०७८ भाद्र १४, सोमबार १६:२४
  • In "समाचार"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version