• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिका र चीन बिच ; शितयुद्व हैन निकै जटिल परिस्थिति हो


अमेरिका र चीन बिच ; शितयुद्व हैन निकै जटिल परिस्थिति हो

अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो 

अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर यथावत् छन् । अमेरिकी कम्पनीलाई रकम अनुदान दिँदै गर्दा वासिंगटन चिनियाँ प्रविधिको फैलावट रोक्न उद्यत छ । आफ्नो देशमा दीर्घकालीन पर्न सक्ने चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिका लागिपरेको छ । यो स्थितिमा अमेरिका र चीनबीचको व्यापारमा गिरावट आएको कल्पना गरिए पनि यथार्थमा दुई मुलुकबीचको व्यापार हालसम्मकै उच्चतम बिन्दुमा रहेको छ ।

हामी बाँचिरहेको यो विचित्रको नयाँ संसारमा सबैलाई स्वागत छ । चीन र अमेरिकाबीच हरेक क्षेत्रमा कटुता बढ्दै गएको छ । यद्यपि वैश्विक अर्थतन्त्रमा दुवै मुलुकको परस्पर निर्भरताका आफ्नै आयाम छन् । तनाव बढिरहेको छ र व्यापार पनि बढिरहेको छ । अमेरिका मात्रै होइन, चीनको अस्ट्रेलियासँगको सम्बन्धमा पनि कटुता देख्न सकिन्छ । आक्रमण एवं प्रत्याक्रमणका सिलसिला जारी छन् ।

अघिल्लो वर्ष चीनले अस्ट्रेलियासँगका १४ गुनासा सार्वजनिक गरेको थियो र अस्ट्रेलियालाई ‘चीनलाई शत्रु’ नबनाउन चेतावनी पनि दिएको थियो । तैपनि, चिनियाँले कीर्तिमानी रूपमा अस्ट्रेलियाली वस्तु खरिद गरेका छन् । अहिलेको असाधारण शक्तिको प्रतिस्पर्धालाई ‘शीतयुद्ध’ शब्दले न्याय दिँदैन । शीतयुद्धका समयमा अमेरिका र सोभियत संघले हरेक वर्ष बढीमा केही अर्ब डलरको मात्रै व्यापार गर्थे । हाल चीन र अमेरिकाबीच हुने व्यापारमा शीतयुद्धकालीन समयभन्दा कैयौँ गुणा बढी व्यापार हुन्छ । तत्कालीन स्वतन्त्र विश्वको आर्थिक मानचित्रमा सोभियत संघको अस्तित्व नगण्य नै थियो ।

अमेरिका एक भिन्न मूल्य–मान्यता र अलोकतान्त्रिक व्यवस्था भएको तर सोभियत संघझैँ विभिन्न मुलुकमा आधिपत्य जमाइनसकेको चीनसँग सिँगौरी खेलिरहेको छ

अत्यधिक नियन्त्रित कम्युनिस्ट क्षेत्रका मुलुक र विश्वका अन्य मुलुकसँग थोरबहुत व्यापार र भ्रमण हुने भएकाले मात्रै सोभियत संघ नगण्य रूपमा विश्व अर्थतन्त्रमा उपस्थित थियो । वास्तवमा सोभियत संघको अर्थतन्त्र तेल, ग्यास, निकेल, तामाजस्ता खनिज पदार्थमा निर्भर थियो । ठीकविपरीत चीन विश्व अर्थतन्त्रको अभिन्न हिस्सा हो । चीन अहिले संसारमा वस्तुको सबैभन्दा बढी निर्यात गर्ने मुलुक हो । बीस वर्षपहिले अधिकांश मुलुकले वस्तुको व्यापार चीनको तुलनामा अमेरिकासँग बढी गरेका थिए । हाल परिदृश्य उल्टेको छ । गत वर्ष चीनले अमेरिकाको स्थानमा युरोपेली मुलुकलाई वस्तु व्यापारमा सबैभन्दा ठूलो साझेदार बनायो ।

चीनलाई आफ्नो आर्थिक वृद्धिका लागि अमेरिकी उपभोक्ताको आवश्यकता छ । त्यसैगरी जेनरल मोटर्स, एप्पलदेखि नाइकीजस्ता अमेरिकाका ठूला कम्पनीलाई चिनियाँ बजारको आवश्यकता छ । अमेरिकीलाई हरेक मालसामान सस्तो दरमा पाइने अवस्था ‘वालमार्ट प्रभाव’को श्रेय फेरि चीनलाई नै जान्छ । अमेरिकाले बढावा दिन खोजेको हरित अर्थतन्त्रमा पनि चिनियाँ प्रतिबिम्ब देख्न सकिन्छ । सबै ठाउँमा प्रयोगमा आइरहेका सोलार प्यानल निकै सस्तो हुनुको कारण चिनियाँ निर्माण हो । हाल अमेरिकाले चीनसँग करिब १० खर्ब अमेरिकी डलरको ऋणभार बोकिरहेको छ । अमेरिकाले यी जटिलताको सम्बन्धलाई प्रतिबिम्ब गर्ने रणनीति बनाउन आवश्यक छ, जहाँ चीन प्रतिस्पर्धी, ग्राहक र शत्रु सबै हो ।

यस मामिलामा मानवअधिकारलगायत मुद्दामा चीनविरुद्ध अमेरिकी साझेदार मुलुकलाई एक ठाउँमा ल्याएर बाइडेन प्रशासनले थोरबहुत राम्रो काम गरेको छ । यद्यपि ती अमेरिकी साझेदार मुलुकले चीनसँग निकट आर्थिक सम्बन्ध गाँसेको असहज यथार्थलाई बाइडेन प्रशासनले सामना गर्नुपरेको छ । एसियाको सन्दर्भमा चीन अधिकांश मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । साझेदार मुलुकहरू चीनसँग बलियो व्यापारिक सम्बन्ध राख्न चाहन्छन् भने र अमेरिकासँग बलियो भूराजनीतिक सम्बन्ध पनि कायम राखिराख्न चाहन्छन् । यी साझेदार मुलुकलाई चीनसँगको आर्थिक सम्बन्ध र अमेरिकासँगको भूराजनीतिक सम्बन्धमा एउटा छान्न बाध्य पारियो भने समाधानभन्दा समस्या थप बढ्ने देखिन्छ ।

सूक्ष्म रूपमा हेर्ने हो भने शक्तिशाली भए पनि चीनले विश्वमाथि नियन्त्रण गरिरहेको छैन । विश्वमा दबदबा कायम गर्न चीनले ठोस चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । बेइजिङको ‘एक बच्चा’ नीतिको बिरासतका कारण दबदबाको सम्भावना दिनानुदिन खिइँदै गइरहेको छ । चीनले हालसम्म पनि आफूलाई धनी मुलुक हुन खोज्ने मुलुकले सामना गरिरहेको ‘मध्यम आयको पासो’बाट जोगिने उपाय ल्याएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले राज्यका क्षेत्रहरूलाई प्रोत्साहन गरिरहेका छन् भने निजी क्षेत्रहरूलाई थप नियमन गरिरहेका छन् ।

चीनको आक्रामक विदेश नीति प्रत्युत्पादक ठहरिँदै छ । भारत, अस्ट्रेलिया, जापानलगायत चीनका ठूला छिमेकीबाट प्रतिक्षेप भोगिरहेको छ । अघिल्लो साता रद्द गर्ने भनिएको अमेरिकासँगको रक्षा सम्झौता फिलिपिन्सले फेरि ब्युँताएको छ । के वासिंगटन यी जटिल चुनौतीलाई सामना गर्ने सामथ्र्य राख्छ ? अमेरिका यस्तो आर्थिक शक्तिसँग सामना गरिरहेको छ, जुन जापान वा जर्मनीजस्तो आर्थिक शक्ति होइन, अर्थात् चीन सुरक्षाका लागि अमेरिकासँग निर्भर छैन । अमेरिका एक भिन्न मूल्य–मान्यता र अलोकतान्त्रिक व्यवस्था भएको तर सोभियत संघझैँ विभिन्न मुलुकमा आधिपत्य जमाइनसकेको चीनसँग सिँगौरी खेलिरहेको छ । यो शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् शीत–शान्ति हो ।

(जकारिया वरिष्ठ पत्रकार एवं विश्लेषक हुन्)
द वासिंगटन पोस्टबाट 
 नयाँ पत्रीकाले प्रकाशित गरेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिका चीन प्रतिस्पर्धा र ब्यापार द्वन्द्व
  • २०७८ श्रावण २६, मंगलवार ०७:२६
  • In "अन्तराष्ट्रिय"
  • अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट
  • २०७८ श्रावण २६, मंगलवार ०७:२६
  • In "अन्तराष्ट्रिय"
  • अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)
  • २०७८ श्रावण २६, मंगलवार ०७:२६
  • In "BannerNews"
Tags: #राजनीति#विचार#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version