No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘ वास्तवमा तिब्बततिरका नेपाली रुई गाउँ ६० वर्षअघि चीनलेनै लिएकै हो ‘

‘ वास्तवमा तिब्बततिरका नेपाली रुई गाउँ ६० वर्षअघि चीनलेनै लिएकै हो ‘

पत्रकारिता जीवनमा अहिलेसम्मकै सम्झन लायक गतिला रिपोर्टिङको नाम लिनुपर्ने अबस्थामा ‘६० वर्षदेखि तिब्बततिर नेपाली गाउँ’ शीर्षकको समाचार सम्झन्छु। गोरखाको साम्दोभन्दा सीमापारिको रुईगाउँको कथा हो त्यो। जतिबेला कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले गरेको अतिक्रमणको चर्चाले शिखर चुमिरहेको थियो, त्यतिबेला लेखेको थिएँ त्यो समाचार (७ असार २०७७)। भोलिपल्ट फेरि छापियो, ‘रुई लिएवापत चीनले दियो भीर र बञ्जर’ शीर्षकको समाचार। यस्तैयस्तै तीन दिनसम्म समाचार फलोअप प्रकाशित भए।

प्रतिनिधिसभा र राष्ट्रियसभामा यी समाचार बहसको बिषय बन्यो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले कहीँ पनि नेपाली भूभाग अतिक्रमण नगरेको वक्तव्य जारी गरेका थिए। सिंहदरबारको यो जवाफ यथार्थ धरातलभन्दा सात दिन टाढा थियो। वास्तवमा रुई गाउँ ६० वर्षअघि चीनले लिएकै हो। त्यसअघि करिब एक सय घरधुरीको बसोबास रहेको सुक्चेखोला वारिको रुईगाउँ नेपालकै थियो। रुई चीन शासित भएपछि त्यहाँ बस्न नसकेर धर्म–संस्कृतिप्रेमी २८ घरका बासिन्दा भागेर गोरखाको साम्दो भन्ने गाउँमा आई बसेका थिए। त्यो गाउँमा घरसंख्या थपिएर हाल ४० भन्दा धेरै भएका छन्। अहिले पनि साम्दोवासीको रुईमा घर छ, जग्गा छ तर प्रयोग अरूले गरिरहेका छन्।

यो बिषय साम्दो ग्राउण्ड जीरोको यथार्थ हो। यो विषयमा रिपोर्टिङ गरेर धित मरेको थिएन। त्यसैले त्यसको एक वर्षपछि पुनः साम्दोका लागि साइत गरें। साम्दोमा कम्तिमा दुई दिन बस्ने मनसाय थियो। हिमाली भेगमा एक्लाएक्लै डुल्ने पुरानै बानी हो। सम्दोसम्म पुग्न पहिले त सात दिन पैदल हिँडेको अनुभव छ तर अहिले केही बाटो सडकले चेपेको छ। सदरमुकामबाट हिँड्ने नेपाली पदयात्रीका लागि पहिलो बास आरुघाट, दोस्रो वास लापुवेशी, तेस्रो वास तातोपानी। अहिले हिउँदमा तेस्रोवाससम्म सवारीसाधन चल्छ। त्यही योजनामा निस्किएको थिएँ। संयोगले धार्चे गाउँपालिकाको गाडी भेटियो। चार जना कर्मचारी नै थिए। म थपिएपछि कोचिएर यात्रा गर्नुपर्‍यो, माछाखोलासम्म। संयोग अर्को पनि मिल्यो, जब माछाखोलामा उत्रिएँ। पत्रकार मित्र विकास मरहठ्ठाको फोन आयो, म पनि जान्छु पर्खनुस्। गतवर्ष रुई गाउँको समाचार प्रकाशनलगत्तै परराष्ट्रमन्त्रीको वक्तव्य आएपछि केही सहकर्मीले ‘शिव चिप्लियो’ भनेका थिए। अब दुई जनाले त्यहाँको धरातलीय यथार्थ देख्दा र लेख्दा फेरि ‘चिप्लियो’ भन्ने सम्भावना रहन्न। यसमा भित्रभित्रै प्रसन्न थिएँ। दोस्रो दिनदेखि पैदल यात्रा सुरु भयो। त्यसदिन फिलिममा बास बस्यौं। ‘हाम्रो उत्तरी गोरखाको पत्रकार आउनुभयो’ भनी चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ परिवारले स्वागत गर्दा असीम खुसी लाग्यो, दिनभरको थकाइ छिनमै मेटियो। गरेको कामको सही ठाउँमा, सही समयमा, सही पक्षबाट मूल्यांकन अवश्य हुन्छ, जुन अनपेक्षित हुँदा झन् सन्तुष्टि प्राप्त हुन्छ।

पाइला राख्न मात्र मिल्ने भीरको पहिरो, पहिरोकै बीच उकालो अनि ओरालो बाटो, तल र माथि पहिरो हेर्दै दौडिनु पर्ने, पाइला भूलवश गलत ठाउँमा परे झन्डै सय मिटर तल बूढीगण्डकीमा पुगिने।
कोरोनाको बेला भएकाले शंका, डर मान्छन् कि ? संशय थियो तर त्यस्तो भएन। बिही फेदीबाट भिजम, बुर र गप खण्डको बाटो कति कठिन र डरलाग्दो थियो। म अभ्यस्त थिएँ तर विकासका लागि कहालीलाग्दो। पाइला राख्न मात्र मिल्ने भीरको पहिरो, पहिरोकै बीच उकालो, ओरालो बाटो, तल र माथि पहिरो हेर्दै दौडिनु पर्ने, पाइला भूलवश गलत ठाउँमा परे झन्डै सय मिटर तल बूढीगण्डकीमा पुगिने। अवस्था शब्दमा कुद्दा भाव दुरुस्तै हुनै सक्दैन। त्यही बाटोमा दिनहुँ मेलापात, घाँसदाउरा गर्नुपर्ने स्थानीय र पर्यटकको भारी बोकेर हिँड्नुपर्ने ढाक्रेको जीवन कति कष्टकर छ, कल्पना गर्नै सकिन्न। त्यही बाटोमा जस्तापाता, रड, पाइप जस्ता बडेमाका भारी बोकेर यात्रा गर्ने खच्चडको बाध्यता। जहाँ वर्षेनी सयौंको संख्यामा खच्चड गण्डकीमा हाम्फाल्छन् यस्तो सन्दर्भलाई प्रकट गर्ने शव्द नेपाली शव्दकोषमा छैन। त्यसदिनको वास लोङ्गछ्योद (जंगल) मा भयो।

वडाअध्यक्ष पेमा डुण्डुप लामाको होटल थियो त्यो। लोकगीत (तिब्बती) का गायकसितको वास भोटे पोशाकमा फोटो सेसनले पनि सार्थक बन्यो। अर्को दिनको वास ल्होमा भयो। स्याला त्यो ठाउँ हो, जहाँ झन्डै दुई दसकसम्म खम्पा विद्रोहीको वास थियो। त्यहाँको घनाजंगलले तिब्बत छोपेको थियो। अर्को दिन सामागाउँका वडाध्यक्ष वीरबहादुर लामा (फुर्बु)को होटलमा वास बस्न पुगियो। त्यहाँबाट ‘गन्तव्य साम्दो’ पुगियो। हामी पुग्दा गाउँका मान्छे धमाधम तिब्बत जोड्ने सडक खन्दै थिए। सडक निर्माणका लागि गण्डकी प्रदेशबाट प्राप्त बजेट तीन पटकसम्म फ्रिज भएपछि यसपटक पदमार्ग भनेर (ढाँटेर) सडक निर्माण गर्दै थिए।

बेनीघाट, आरुघाट, लार्के सडकको तातोपानीसम्म सेनाले सडक खनेर पनि गाडी चल्न सक्ने बनाएको थियो भने घट्टेखोलासम्म ट्रयाक मात्र खनेको थियो। तर त्यहाँबाट तीनदिन हिँडेपछि पुगिने साम्दोसम्म सडक निर्माण हुने कहिले ? जेहोस्, साम्दोबाट तिब्बततिर सडक खन्न पाउँदा स्थानीय उत्साहित थिए। कम्तिमा बोर्डरसम्म आएको गाडी गाउँसम्म ल्याउन सकियो भने पनि तिब्बती सामान सस्तोमा उपभोग गर्न पाउने खुसी देखें। सबैजना पदमार्ग निर्माणमा गएकाले गाउँमा कुराकानी गर्ने मान्छे पाइएन। त्यस भेगमा घरभन्दा बाहिर अजंगको पर्खाल हुन्छ। पर्खाल पार गरेपछि मात्र भित्र घर हुन्छ। पर्खालमा ढोका ढप्काइएको हुन्छ। ढोकामा आग्लो लगाइएको हुन्छ। नचिनेको मान्छेले नचिनेको मान्छेलाई कसरी बोलाउने ? बोलाएर पनि भेटिने बुढाबुढी मात्र हुन्। बुढाबुढी रोङ्बासँग बोल्न चाहँदैनन्, चाहे पनि रोङ्वाको भाषा बुझ्दैनन्, बुझे पनि फर्काउन जान्दैनन्।

यत्तिका रहर पालेर साम्दो पुगियो, व्यर्थ फर्कनु पर्ने त्रास मनभित्र झ्याँगिँदै जान थाल्यो। धेरै काम संयोगले सल्टिन्छ। बल्लतल्ल रोङ्वाको भाषा जान्ने ज्येष्ठनागरिक भेटिए। नेपाल, चीन सीमा निर्धारण गर्दाको सबै कथा उनको शब्दमा सुन्न पाइयो। सुक्चेखोलामा पिलर गाड्न तयार भएका स्थानीयलाई रुईको डाँडामा पिलर गाड्न बाध्य पारेको घटना उनले विस्तारपूर्वक सुनाए। एकैदिनमा सीमा निर्धारण भएको थिएन। विवादबीच करिब २५/२६ दिनपछि सुक्चेखोलाको सिमाना रुईला भञ्ज्याङमा सारिएको थियो। हावाबाजे भनिने ८१ वर्षे वृद्धले चिनियाँ पक्षको चियापत्ति लिएर उनीहरूको शब्द बोले, जुन शब्दलाई सबैभन्दा ज्येष्ठले भनेको मान्ने भन्ने मापदण्ड बनाएर पालना गरिएको थियो। उनले खोला सिमाना नबनाउने, डाँडा सिमाना बनाउने भनेर बोलेका थिए। नेपालबाट खटिएका कर्मचारीको लाचारीपन, अल्छीपन, दृढता नभएका कारण एउटा गाउँ, उर्वर जमिन गुमेको कथा सुनाएका थिए। आफूहरूले विरोध गरेर कसैले नसुन्ने दुःख पोखेका थिए। उनकै अडियो, भिडियोले तृप्त भएर हामी फर्किएका थियौं।(अन्नपूर्णापाेष्टमा साउन ८मा प्रकाशित पत्रकार शिव उप्रेती काे विचार बाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

Next Post
प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

राजनीतिलाई नराम्रो बाटोमा लान खोजिँदैछ : केपी ओली

बाराबाट धेरै मात्रामा लागूऔषध सहित , एक जना भारतीय पक्राउ

बाराबाट धेरै मात्रामा लागूऔषध सहित , एक जना भारतीय पक्राउ

रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ

रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...