No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

न्यायाधीश श्रेष्ठको धाक देखाउदै षड्यन्त्रकारी माहिलाद्वारा कानुनको धज्जी


न्यायाधीश श्रेष्ठको धाक देखाउदै षड्यन्त्रकारी माहिलाद्वारा कानुनको धज्जी

काठमाडौं । आइतवार प्रहरी वृत्त, बानेश्वरले पुर्वमन्त्री प्रभु साहको घरमा होहल्ला गर्न गएकी बाँसबारीकी दीपा केसी कुँवरलाई पक्राउ गरी ल्यायो। कुवरले साहमाथि २० लाख लिएर फिर्ता नगरेको आरोप लगाईन ।
प्रहरीका अनुसार छोरालाई क्यान्डा पठाईदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुवरको भनाई छ।
सामान्ययता यसरी भिभिआईमाथी आरोप लगाईसकेपछी सत्यतथ्यको अनुसन्धानको लागि प्रहरीले मुदा चलाउने चलन छ । तर, प्रहरीले कुनै अनुसन्धान नगरी सर्वोच्च अदालतका न्यायाधीश बम बहादुर श्रेष्ठको ठाडो आदेशमा ती महिलालाई हिरासतबाट मुक्त गर्यो।

उजुरी गर्ने ती महिला पनि चानचुने होईनन् भने न्यायाधीशसङगको कनेक्सनले नै अनुमान गर्न सकिन्छ । उनको उठवस सरकारी कर्मचारी तथा सेना÷प्रहरीका उच्च अधिकारीहरुसँग रहेको पाईएको छ।

जानकारी अनुसार महिलाले पुर्व मन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केहि फेला परेको छैन । उनले साहलाई ब्ल्याकमेल गर्न खोजेको र पैसाका लागि वार्गेनिङ्ग गरेको आशंकाहरु पनि गरिएको छ । उनले सोमवारै साहलाई हायल–कायल वनाएर पैसा असुल हुने वातावरण वनाउन चाहेकी थिईन । सोहि योजना अनुसार महिला अधिकारकर्मीहरुसहित साहको निवासमा पुगेकी उनले निकै होहल्ला गरिन ।
उनको होहल्लाका कारण तेश्रो पक्षले प्रहरीलाई खवर गरेपछि यो विषय प्रहरीसम्म तानिएको हो । सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठले बानेश्वर प्रहरी वृत्तका डिएसपी मिन लामालाई फोन गरेर ती महिलालाई छाड्न दवाव दिएका थिए ।

न्यायाधिस वम तिनै ब्यक्ति हुन जसको इजलासवाट नेकपा विघटन गरी नेकपा एमाले र माओवादी ब्युँत्याउने अप्रत्याशित फैसला आएको थियो । सोहि प्रकरणका कारण विवादको शिखरमा पुगेका श्रेष्ठलाई पछिल्लो पटक संसद विघटनको मुद्दामा संवैधानिक ईजलासमा बस्न दिईएन । उनी संवैधानिक ईजलासबाट अपमानित भएर निस्किएका थिए ।
पछिल्लो पटक पूर्वमन्त्री साह विरुद्ध षडयन्त्र भएको र त्यसमा उनले अनावश्यक चासो देखाएको भन्दै चौतर्फी आलोचना र विरोध हुन थालेको छ । वानेश्वर प्रहरीका डिएसपी मिन लामाले पनि घुमाउरो पारामा न्यायाधिसको दवाव परेको स्विकार गरे । ‘मँ न्यायाधिस हुँ भनेर त कसैले पनि फोन गर्नु भएको छैन, मैले सवैको नम्वर सेभ गरेर राख्न पनि सम्भव छैन’ उनले भने–‘तर, त्यो केसलाई हेर्दिनु पर्यो है भन्दै धेरै जनाले फोन गर्नु भएको छ। फोन गर्नु आफनो ठाउँमा छ, कानुनी प्रकया आफनो ठाउँमा छ।
महिलाले उजुरी दर्ता गरेपनि पैसा दिएको आधार प्रमाण केहि नभएकाले यसै हो भन्ने अवस्था पनि नरहेको वताएका लामाले भने–‘यस्तो विषयमा हाम्रो काम भनेको दुवै पक्षलाई छलफल गराउने हो। कानुनले भनेको कुरा हामी गर्छौ।’

पुर्व मन्त्री वावुराम भट्टराईसँग दिपाको कनेक्सन
अर्थमन्त्री हुँदा राम्रो छाप छोडेका तत्कालिन एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता डा. वावुराम भट्टराई १२ भदौ ०६८ मा प्रधानमन्त्री वने । जनताको आशा र भरोसाको केन्द्र वनेका भट्टराईले पहिलेका प्रधानमन्त्रीहरूले भन्दा राम्रो तरिकाले सरकार चलाउने बाचा गरे।
भट्टराईले प्रधानमन्त्री वन्नासाथ आफ्नो सरकार सानो, छरितो र मितव्ययी हुने बताए। यहि भनाईलाई प्रमाणित गर्दै उनले प्रधानमन्त्री हुँदा महँगा र विदेशी गाडी चढ्ने प्रचलनलाई चुनौती दिँदै विदेशी पार्टपुर्जा ल्याएर नेपालमै पेच कसिएको मुस्ताङ गाडी कुदाए । यो घट्नापछि राजनीतिप्रति सोझै चासो नराख्ने मानिसहरू पनि उनका प्रशंसक भए। तर, विस्तारै उनले जसरी मुस्ताङ छोडे उसैगरी उनी प्रतिको आसा र भरोसा टुट्दै गयो । उनी पनि अन्य प्रधानमन्त्रीकै दाँजोमा गनिए ।
हुन त भट्टराईले प्रयासै नगरेका भने होईनन् । हेलो सरकार, जनतासंग प्रधानमन्त्री, जनताको घरमा प्रधानमन्त्रीआदि कार्यक्रम मार्फत् जनउत्तरदायी सरकारको प्रत्याभूति गर्दै शासक र जनतावीचको दूरी घटाउने काममा उनी सफल रहे । तर, आलोचनाका हिसावले हेर्ने हो भने उनको कार्यकाल अन्य कुनै पनि प्रधानमन्त्रीको भन्दा कम रहेन ।
वावुरामलाई वदनाम गर्नेमा दीपा ने अगाडि
भ्रष्टाचार, नगद सङ्ग्रह या अन्य प्रकारका अनियमिततामा बाबुराम मुख्य पात्रका रुपमा चिनिएनन् । तर, पत्नि हिसिला यमी र आफुलाई प्रधानमन्त्रीकी प्रेमिका वताउने दीपा केसी कुँवरका कारण भट्टराई वद्नामीको शिखरमा पुगे । हिसिला यमी अनेकौँ अनियमितताहरूसँग जोडिइन। गल्ती गरेर होस् या नगरीकन पनि यमीको नाम चर्चामा रह्यो । कर्मचारी देखि सेना÷प्रहरीसम्मको सरुवा÷वढुवा फिक्स गर्ने, विभिन्न मन्त्रालयमा पुगेर कर्मचारीहरुलाई धम्क्याउने र रकम संकलन गर्ने गरेको उनी माथि आरोप लाग्यो । बाबुरामको आलोचना गर्न पर्खिरहेकाहरुका लागि हिसिला यमी नामले ठूलो साथ दियो।
यति मात्र होईन, वावुरामलाई वदनाम गर्ने अर्को नाम हो– दीपा केसी कुँवर। आफुलाई प्रधानमन्त्रीकी प्रेमिका वताउने दीपाका कारण पनि वावुरामको नाम घृणायोग्य वन्यो । दीपाको घर परिवारमा हुने भोजभतेर, विवाह, पास्नीलगायतका कार्यक्रममा वावुरामको उपस्थिती देखिनु, दीपासँग पत्निसरह खिचिएको फोटो सार्वजनिक हुनु, दुई विचमा अन्य कुनै नातासम्वन्ध प्रमाणित नहुनु र दीपा स्वयम्ले ‘गर्लफ्रेण्ड’ भन्दै प्रचार गर्नुले आम मानिसलाई वावुरामप्रतिको आस्था कायम रहन सकेन ।
प्रसंग यतिमा मात्र सिमित छैन, दीपाको कृयाकलाप र भट्टराईको मौनताले उनीमाथि लाग्ने आरोपलाई पुष्टि गर्न अझै मलजल गर्यो । दीपाले भट्टराईलाई पनि ब्ल्याकमेल गरेर ‘चुँ’ सम्म वोल्न नदिएको र त्यसको फाईदा उठाएको वताईन्छ ।
महाराजगञ्ज र वुढानिलकण्ठमा घर भएकी दीपामाथि चरित्रहिनको आरोप लाग्दै आएको थियो । राजधानी नजिकै पर्ने साङले खोलास्थित साङला गाविसमा जन्मेकी दीपाको पहिलो विवाह दक्षिणकाली तिरका एक युवकसँग भएको थियो।
श्रोत भन्छ– उनले पहिलो श्रीमानलाई छोडेर महाराजगञ्जका विमल केसीसँग विवाह गरिन । श्रीमानको सोझोपनको फाइदा उठाउँदै उनले सरकारी उच्च पदस्थ निजामति कर्मचारी र सेना÷प्रहरीहरूसँग हिमचिम वढाईन । यस क्रममा उनले युवतीहरू सप्लाई गर्ने पेशा नै सुरु गरेको उनका नजिकका आफन्तहरुले नै आरोप लगाए । महाराजगञ्ज प्रहरी बृतमा नयाँ आउने जो–कोही प्रमुखसँग पनि उनको सम्वन्ध घनिष्ठ हुन्थ्यो ।
०६७ साल माघ ५ गते आत्महत्या गरेका भनिएका नेपाल प्रहरीका डीएसपी कञ्चन थापासँग पनि दीपाको सम्बन्ध जोडेर हेर्ने गरिएको छ। स्रोतका अनुसार मृतक डिएसपी थापाकी प्रेमिका खोपकुमारी अधिकारीलाई दीपाले सम्बन्ध गाँस्न पठाएकी थिइन्। यो काण्डलाई तत्कालिन महाराजगञ्ज बृतका डीएसपी दिपक थापाले गुपचुप पारेको बृत्तकै प्रहरीहरू बताउँछन्।
खोपकुमारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखी छानविन अगाडि बढाएपनि दीपालाई तत्कालिन महाराजगञ्जका बृत प्रमुख दीपक थापाले बचाएका थिए। २४ वर्षिया खोपकुमारीलाई प्रहरीले अनुसन्धानका क्रममा विशिष्ठ ‘कल गर्ल’ भएको र उनको समूहमा २० देखी २५ जनासम्म युवती रहेको पत्ता लगाएको थियो। उक्त कल गर्लको समूहमा को–को थिए भन्ने प्रहरीले तत्काल सार्वजनिक गरेन तर ठूला घरानीयाँका छोरी, बुहारी रहेको प्रतिक्रिया दिएको थियो । उनीहरूको सम्बन्ध प्रहरीका उच्च हाकिम, राजनीतिक नेता तथा बाहलवाला प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म रहेको बताएको थियो।
दीपाले मृतक डिएसपी थापालाई चिनजान गराएकी खोपकुमारीको सम्बन्ध कर्नाटक राज्यका पूर्व मूख्यमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत भएको र राठौरसँग करणी गर्दै गरेको अश्लिल तस्विर र भिडियो समेत अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको थियो। खोपकुमारीकै कारण डिएसपी कञ्चन थापाले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रचार गरिए पनि त्यो हत्या थियो वा आत्महत्या के थियो? भन्ने अझै बाहिर आएको छैन।
खोपकुमारीले पटक–पटक गरी कर्नाटकका मुख्यमन्त्री राठौरसँग लिएको पैसाले नेपालटार हिले टोलमा तीन तले घर र ४० लाख बैंक व्यालेन्स भएको प्रहरीले त्यतिवेलै सार्वजनिक गरेको थियो। खोपकुमारीको जस्तै करोडौं अवैध सम्पत्ति दीपासँग पनि छ। कुनै पेशा, व्यापार र व्यवसाय नभएकी दीपाको यतिविघ्न सम्पत्ति र बुढानिलकण्ठस्थित सुविधा सम्पन्न घर कहाँवाट आयो भन्ने विषयमा कुरा उठेकै हो । तर, उनको उठवस र भिआईपीहरुसँगको सम्वन्धका कारण कसैले औला उठाउने हिम्मत गर्न सकेनन् ।
यसै क्रममा उनको नाम एकाएक प्रधानमन्त्री बाबुराम भट्टराईसँग जोडियो । त्यसपछि त उनको वारेमा अनुसन्धान हुनु भन्दा उनले नै प्रहरी÷प्रशासनलाई आदेश दिने, मुद्दामामिलामा हस्तक्षेप गर्ने र रकम संकलन गर्ने काम सुरु गरिन् । लेनदेनको मुद्दामा हनुमानढोका प्रहरीको हिरासतमा रहेकी संगीता राणा श्रेष्ठको मुद्दा मिलाइदिन्छु भन्दै ६ लाख रुपैयाँ असुलेको प्रहरीले नै सार्वजनिक गरे ।
दीपाले त्यो मुद्दा मिलाउन भन्दै एउटा राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशकलाई खुसी पार्नुपर्छ भन्दै संगिताकी छोरीलाई पनि यौन कृयाकलापमा संलग्न गराउन खोजेको आरोप लाग्यो । प्रहरी, कर्मचारी, नेता र न्यायाधीसहरुले उनलाई बिसकन्याको रुपमा व्याख्या गर्न थालेका छन। उनीदेखि सबै डराउने गर्छन। जोसँग उनको नाम जोडिन्छ, सबै बदनाम हुन्छन्।
दीपाले अपहरण, ठगी, जवर्जस्ती असुलीलगायतका आपराधिक मुद्दामा फसेका व्यक्तिहरूसँग मुद्धा मिलाइदिने भन्दै असुल्ने गरेकी थिईन । ३० फागुन ०६९ भट्टराई प्रधानमन्त्रीवाट हटेसँग दीपाको चर्चा केही सेलाएको थियो । तर, उनले पुरानो धन्दा अझै छोडेकी छैनन् । अहिले पनि उनले भिआईपीहरुलाई युवतीहरु सप्लाई गर्ने काम जारी नै राखेको श्रोतको दावी छ ।
पछिल्लो पटक उनको जालमा पुर्वमन्त्री साह परेको श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरे

ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरे

प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि

प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .