महोत्तरी । महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुलाई औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित पक्राउ गरेको हो ।
सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब २ एमएलको एम्पुल १७ थान र नुफिन २ एमएलको १७ थान बराबद भएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।