No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिन्धुपाल्चोक घटणाको जिम्मा चीनियाँ कम्पनी सीआरसीसी लिने कि नेपाल सरकारले

सिन्धुपाल्चोक घटणाको जिम्मा चीनियाँ कम्पनी सीआरसीसी लिने कि नेपाल सरकारले

काठमाडौं । अचानक आएको वाढिले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहस–नहस भएको छ। यत्रो वाढि कसरी आयो भनेर विभिन्न अड्कलवाजी भईरहेका छन् ।

हिमताल विस्फोट भएको आशंका गरिएपनि पहिरोले माथिल्लो भेगमा केही समय नदीको प्रवाह रोकेको र त्यसैको कारण बाढी आएको निष्कर्षनजिक सरकारी निकायहरु पुगेका छन् ।

मेलम्ची क्षेत्रमा गत जेठ २९ गते सबैभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । त्यस दिन करिब ९० मिलिमिटरको हाराहारीमा पानी परेको र त्यसपछिका दिनमा हरेक दिनजसो हल्का वर्षा भईरहेको बताइएको छ।

प्राकृतिक प्रकोपका हिसावले सिन्धुपाल्चोक ‘जोखिमको केन्द्रबिन्दु’ नै मानिन्छ। अघिल्लो भुकम्पमा पनि सिन्धुपाल्चोकले ठुलो क्षती भोगेको थियो भने वाढि वाहिरोले हरेक वर्ष स्थानीयवासी समस्यामा पर्दै आएका छन् ।

त्यसमाथि विकासका नाममा भईरहेका लापर्वाहीका कारण पनि सिन्धुपाल्चोकमा वाढि पहिरोको जोखिम वढेको पाईएको छ । भुकम्पले थिल्थिलो भएको जमिनमाथि जथाभावी डोजर चलाईएको र विकासका नाममा कमजोर संरचना निर्माण गरिएका कारण पनि प्राकृतिक विपत्तिको सामना गर्नु परेको स्थानीयवासी साङ्गे लामा वताउँछन् ।

चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित एउटा सिङ्गो वस्ति जोखिममा परेको छ ।

चिन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउने र मापदण्ड विपरित निर्माण कार्य गर्दा गाउँ जोखिममा परेको हो । जिटुजी सम्झौता अन्तर्गत सडक निर्माण गर्ने जिम्मा चीनियाँ कम्पनी सिआरसीसीले पाएको छ। कम्पनीले जथाभावी काम गर्दा वर्षाको समयमा जमिन भासिने र वग्ने समस्या सुरु भएको स्थानीयले वताए । जमिन भासिन थालेपछि गाउँलेहरु विस्थापित भएको लामाको भनाई छ।

यस क्षेत्रमा अरनिको राजमार्ग मर्मतका नाममा भईरहेको कमसल निर्माण कार्यले नदि कटान र पहिरोको समस्या देखिएको छ । चीनियाँ कम्पनी सिआरसीसीले जिम्मा लिएको काम मापदण्ड विपरित भएकाले क्षती वढि भएको स्थानीवासी वताउँछन् ।

तातोपानीको कोप्लाङ्गमा यसै वर्ष निर्माण गरिएको सडक  दुई महिना नपुग्दै वाढिले वताएको छ । अघिल्लो बर्ष निर्माण गरिएको लिपिङ खोला पुलको दाया“ पट्टीको जग पूर्ण रूपमा क्षती भएको छ भने बायाँ तर्फको जग पनि भत्कन थालेको छ। वाढिका कारण पुल लगायत दायाँ–बायाँका घरहरू जोखिममा रहेको उनीहरु वताउँछन् ।

यसैगरी, कोदारी बजारको तल्लो भागमा गत वर्ष नै निर्माण गरिएको करिव १ सय मिटर भन्दा बढी सडक भासिएको छ । तारजाली निर्माणका क्रममा भएको लापर्वाहीका कारण यो समस्या आएको साङ्गेको भनाई छ । वाँध भत्किन थालेपछि कोदारी गाउँ जोखिममा परेको छ।

कमसल निर्माणका विषयमा स्थानीयवासीले पटक पटक कुरा राखेपनि स्थानीय तहका जनप्रतिनिधिहरुले वेवास्ता गर्दै आएको उनी वताउँछन् ।

लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीरका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो
लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो ।

ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने जनाएको छ । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
उइगर मुस्लिम हरु माथि चीन को दमनकारी रवैया:अकरम पठान

उइगर मुस्लिम हरु माथि चीन को दमनकारी रवैया:अकरम पठान

भारतमा आवश्यक कागजपत्र नभए पनि सबै नेपालीलाई कोरोना खोप दिन निर्देशन

भारतमा आवश्यक कागजपत्र नभए पनि सबै नेपालीलाई कोरोना खोप दिन निर्देशन

नेपाल सिमा नजिकै विहारबाट ८ चिनियाँ ड्रोन बरामद

नेपाल सिमा नजिकै विहारबाट ८ चिनियाँ ड्रोन बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .