• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल


क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ ।

गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । स्मरण रहोस् गत वर्ष विश्वमा भएको बिटक्वाइनको कूल उत्पादन मध्ये ६५ प्रतिशत चीनमै भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयको एक रिपोर्ट अनुसार चीनको सिचुआन प्रान्त बिटक्वाइनको दोश्रो ठूलो उत्पादकको रुपमा रहेको छ ।

तर पछिल्लो चिनिया कदमसँगै बिटक्वाइनको मूल्यमा झनै गिरावट देखिएको छ । सोमबार १० प्रतिशतले घटेको बिटक्वाइनको शेयर मूल्य मंगलबार झनै खस्किएर ३० हजार भन्दा तल झरेको छ।

गत अप्रिल महिनामा सबैभन्दा धेरै ६३ हजार डलर पुगेको बिटक्वाइनको मूल्य त्यसयता आधाभन्दा धेरैले घटिसकेको छ ।

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले देशका मुख्य बैंक तथा भुक्तानी कम्पनीहरुलाई बोलाएर क्रिप्टोकरेन्सीको व्यापार रोक्नका लागि कडा कदम चाल्नका लागि निर्देशन दिएको थियो ।

सबै बैंकहरुलाई क्रिप्टोकरेन्सीको कारोबारहरुमा ट्रेडिङ, क्लियरिङ तथा सेटलमेन्ट जस्ता वस्तु तथा सेवा उपलब्ध नगराउन निर्देशन दिइएको पिपुल्स बैंक अफ चाइनाले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

चीनको तेश्रो ठूलो कर्जा प्रदायक बैंकको रुपमा रहेको कृषि बैंकले केन्द्रीय बैंकको निर्दैशिका कार्यान्वयन गरिसकेको र आफ्ना ग्राहकहरुबाट हुने क्रिप्टोकरेन्सी माइनिङ तथा कारोबार रोक्नका लागि सचेत रहेको जनाएको छ ।

चीनको हुलाक बचत बैंकले पनि क्रिप्टोकरेन्सीको कारोबारलाई प्रवर्द्धन नगर्ने जनाएको छ ।

त्यस्तै चीनको मोबाइल तथा अनलाइन भुक्तानी प्लाटर्फम अलिपेले अवैध क्रिप्टोकरेन्सी कारोबार पत्ता लगाउनका लागि अनुगमन प्रणाली स्थापना गरेको जनाएको छ ।

गत महिना चीनको मन्त्रीपरिषदले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियानकै हिस्साका रुपमा क्रिप्टोकरेन्सीको माइनिङ र कारोबार नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय घटिरहेको बिटक्वाइनको मूल्यमा अझै गिरावट आउनसक्ने विश्लेषकहरुले बताएका छन् । बिटक्वाइनको गिरावट सँगै अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य पनि घटिरहेको छ । विश्वव्यापी रुपमा क्रिप्टोकरेन्सीमाथि कडा नियमन हुने चिन्ता लगानीकर्ताहरुमा बढिरहेका कारण क्रिप्टोकरेन्सीहरुको मूल्यमा गिरावट आइरहेको हो ।

उता चर्चित लिलाम घर सोथबाइजले भने आगामी महिना हुने दुर्लभ नास्पाती आकारको हिराको लिलामी गर्ने र १ करो ५० लाख डलरसम्ममा बिक्री गरिने उक्त हिरा क्रिप्टोकरेन्सीबाट पनि खरीद गर्न सकिने जनाएको छ ।

यति महँगो वस्तु क्रिप्टोकरेन्सीबाट किन्न सकिने गरिने लिलामीमा राखिएको यो पहिलो घटना हुनेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?
  • २०७८ असार १०, बिहीबार २१:२०
  • In "देश"
  • बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर नाघ्यो
  • २०७८ असार १०, बिहीबार २१:२०
  • In "देश"
  • एलन मस्क पुनः बने विश्वकै धनी मान्छे
  • २०७८ असार १०, बिहीबार २१:२०
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version