• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे


एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् ।

अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै उनको सम्पत्तिमा बढोत्तरी भएको हो ।

मस्कको स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५ करोड डलर लगानी भित्राउन सफल भएको थियो ।

यो सँगै स्पेस एक्सको हालको बजार मूल्य ७४ अर्ब डलर पुगेको छ जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो ।

टेस्ला सीईओ मस्कले सन् २०२१ मा दोश्रोपटक अर्बपतिको सूचीमा पहिलो स्थान कब्जा गरेका हुन् ।

अघिल्लो हप्तामात्रै अमेजन सीईओ जेफ बेजोसले १ खर्ब ९४ अर्ब २० करोड डलर सम्पत्ति सहित मस्कलाई उछिनेर नम्बर वान धनाढ्य बनेका थिए । तर मस्कले एक हप्तामै बेजोसलाई पछि पारे ।

अघिल्लो हप्ता टेस्लाले बिटक्वाइन क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको घोषणा गरेको थियो । टेस्लाको लगानीसँगै बिटक्वाइनको मूल्य बढेर ५० हजार डलरसम्म पुगेको थियो ।

टेस्लाले आगामी दिनमा बिटक्वाइनलाई भुक्तानी मुद्राको रुपमा स्विकार गर्ने पनि बताइसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति
  • २०७७ फाल्गुन ९, आईतवार २१:१८
  • In "समाचार"
  • बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?
  • २०७७ फाल्गुन ९, आईतवार २१:१८
  • In "देश"
  • यस्ता छन् अमेजनका नयाँ सीईओ
  • २०७७ फाल्गुन ९, आईतवार २१:१८
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन

तीन महिनामा ४० जना विदेशीलाई नेपालबाट देश निकाला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version