No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री

काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए । श्रेष्ठको निर्देशनपछि पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले नेपालको पुरानो नक्सा प्रकाशित भएको पुस्तकको पानालाई नयाँ नक्सा प्रकाशित गरी संशोधन गर्ने निर्णय गरेको थियो ।

सरकारले गत वर्ष लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । अब पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्नुपर्नेमा विगतको पुरानै नक्सासहितको पुस्तक बिक्री भएको पाइएको हो ।

पुस्तक वितरकले बजारमा मौज्दात पुरानै पुस्तक बिक्री गरिरहेको भण्डारीले बताए । यो वर्ष सरकारले कक्षा २, ३ र ६ कक्षामा एकीकृत पाठ्यपुस्तक लागु गरेको छ । जस अनुसार यी कक्षामा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय अध्यापन गर्नुपर्दछ । तर केही निजी विद्यालयले पुरानै पाठ्यक्रम अनुसारको पुस्तक प्रयोगमा ल्याएको पाइएको महासंघले जनाएको छ ।

अध्यक्ष भण्डारीले भने, ‘हाम्रा अभिभावक साथीहरुको गुनासो आएपछि हामीले शिक्षा मन्त्रालय, मानव स्रोत विकास केन्द्रमा जानकारी दिएर प्रभावकारी अनुगमनका लागि अनुरोध गरेका छौं ।’ भण्डारीका अनुसार काठमाडौं, काभ्रे लगायत अन्य केही जिल्लामा सरकारको निर्देशन विपरीत पुस्तक बिक्री गरेको

मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले निर्देशन विपरीत पुरानो नक्सा भएको किताब र पुरानो पाठ्यक्रम प्रयोग गरेको पाइए कारबाही हुने बताए । ‘पुरानो नक्सा भएको किताब र पुरानो पाठ्यक्रम अनुसारको किताब त प्रयोग हुनु नै भएन नि । यदि अनुगमनको क्रममा त्यस्तो पाइए कडा कारबाही हुन्छ’ उनले भने ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसबारे प्रभावकारी अनुगमन गर्ने बताए । ‘पुरानो नक्सा भएको किताब बेच्ने र पुरानो किताब किनाउने दुबै कार्य गलत हो । यदि कसैले यस्तो गर्दैछ भने तत्काल स्थानीय तहले अनुगमन गरी कारबाही अगाडि बढाउनुपर्छ ।’ यसको अनुगमन तथा कारबाहीको लागि स्थानीय तह जवाफदेही हुने प्रवक्ता शर्माको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सबै विद्यालयलाई नेपाल सरकारले सुचित गरेको पाठ्यक्रम अनुसार, अनुमति दिएको पाठ्यक्रम मात्रै लागु गर्न गराउन सूचित गरेको बताए ।

उनले भने, ‘हामीले लिखित सूचना सर्कुलर गरिसकेका छौं । आगामी दोस्रो हप्तादेखि हामी अनुगमन थाल्ने योजनामा छौं । त्यसबेला निर्देशन विपरीत गरेको पाइए कडा कारबाही गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
शान्त भएन मौलापुर : प्रहरीद्वारा १४ राउन्ड हवाई फायर, २३ राउन्ड अश्रुग्यास प्रहार, सात सुरक्षाकर्मी घाइते

शान्त भएन मौलापुर : प्रहरीद्वारा १४ राउन्ड हवाई फायर, २३ राउन्ड अश्रुग्यास प्रहार, सात सुरक्षाकर्मी घाइते

खोलाको बगरमा सुकुमबासी राख्न नमुनाबस्ती

खोलाको बगरमा सुकुमबासी राख्न नमुनाबस्ती

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .