No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खोलाको बगरमा सुकुमबासी राख्न नमुनाबस्ती

खोलाको बगरमा सुकुमबासी राख्न नमुनाबस्ती

समन्वयबिना बनाइएको बस्ती र बाँधले कमल गाउँपालिकाका जोखिममा

दमक नगरपालिका र कमल गाउँपालिको सिमाना छुट्याउने नदी हो, रतुवा । रतुवाको पश्चिमपट्टि दमक नगरपालिका पर्छ भने पूर्वपट्टि कमल गाउँपालिका । दुवै स्थानीय तह प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

यही रतुवा नदीको बगरमा दमक नगरपालिकाले कमल गाउँपालिकासँगको समन्वयविना सुकुमबासीका लागि एकीकृत बस्ती बनाएको छ । नदीकै बगरमा बनाएको यो बस्ती विगतमा बाँधिएको बाँधभन्दा धेरैभित्र पर्छ । नगरपालिकाले दमक– १ र दमक– ७ सिमानास्थित रतुवानदीको बगरमा सुकुमबासीका लागि एकीकृत बस्ती निर्माण गरेको छ ।

प्रधानमन्त्री ओलीको स्थानीय विकास साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा सुकुमबासीका लागि गत वर्ष दमक– १ मा २३ वटा चारकोठे घर निर्माण भएको थियो । यस वर्ष भने गत वर्ष बनाएको बाँधभन्दा भित्र पर्ने गरी  तीनकोठे १५ वटा घर निर्माण गरिएको दमक नगरपालिकाले जनाएको छ ।

बगरमा रहेको नमुनाबस्तीदेखि भित्र खोलाबीचमा दमक नगरपालिकाले बस्ती बचाउन तठबन्धन सुरु गरेपछि कमल गाउँपालिकाले आपत्ति जनाएको छ । दुई स्थानीय तहको सिमानामा स्थायी संरचना निर्माण गर्दा पनि कमल गाउँपालिकासँग समन्वय नभएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले बताए ।

‘नमुनाबस्ती पनि सहमतिविनै बनाइयो । हामीले गत साल नमुनाबस्ती बनाउँदै गर्दा दमक नगरपालिकालाई नबनाउनु भनेका थियौँ । तर, उहाँहरूले जबर्जस्ती बनाएको बनाई गर्नुभयो,’ सिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘गत साल भवन बनाउनुभयो । यसपटक खोलाबीचमै बाँध बाँध्न सुरु गर्नुभयो । यो त पेल्न खोजेकोजस्तो देखियो ।’

एकातर्फ मात्र बाँध बाँधेर नमुनाबस्ती बचाउँदा कमल गाउँपालिका– ५ पाँडाजुंगी क्षेत्रका अधिकांश बस्ती नै डुबानमा पर्ने जोखिम रहेको उपाध्यक्ष सिवाकोटी बताउँछन् । बर्खामा उर्लेर आउने रतुवानदीले यसअघि पनि दमक क्षेत्रमा आफूखुसी बाँध निर्माण गर्दा कमलका केही भाग कटान गर्दै आएको छ ।

सीमानदीमा दमक नगरपालिकाले आफूखुसी स्थायी संरचना बनाएपछि कमल गाउँपालिकाले जिल्ला समन्वय समिति झापालाई विवाद समाधानका लागि पत्र लेखेकाे छ । कमल गाउँपालिकाले समन्वय समितिलाई पत्र लेखेर आपत्ति जनाए पनि दमक नगरपालिकाले भने काम रोकेको छैन । बर्खामा बस्ती बचाउन भन्दै धमाधम बाँध बाँधिरहेको छ ।

दमक नगरपालिकाले भने नगरपालिकाको जग्गामै बाँध निर्माण गरिएको दाबी गरेको छ । नगरप्रमुख रोमनाथ ओलीले कमल गाउँपालिकाको जग्गामा निर्माण नगरिएको दाबी गरे । ‘हामीले हाम्रा ठाउँमा बनाएका हौँ । उहाँहरूले खोलामा भन्नुहुन्छ । बरु उहाँहरूले चाहिँ खोलाभित्रै बाँध बनाउनुभएको छ । बाटै खोलेर रतुवापुलमुनि बाँध बनाउनुभएको छ,’ उनले भने, ‘हामीले त खोलालाई आवश्यक पर्ने ठाउँ छाडेरै बनाएका छौँ ।’

दमक नगरपालिकाले पुरानो बगरमा रहेको नमुनाबस्ती जोगाउन पुरानो बाँधदेखि करिब दुई सय मिटर खोलातर्फ बाँध बनाएको छ । यो बाँध तत्काललाई बस्ती जोगाउन मात्र बाँध बाँधिएको मेयर ओलीले बताए । जिल्ला समन्वय समिति झापाले पनि दमक नगरपालिकालाई समन्वयविना स्थायी संरचना निर्माण नगर्न पत्रचार गरेको समन्वय प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

‘वडा कार्यालयले बनाउनुपर्नेभन्दा पूर्व बाँध बनाएछ । त्यसकारण स्थायी संरचना बनाउने कुरामा दुईवटा पालिकाको सहमतिमा मात्र बनाउनु भनेर पत्र पठाइसकेको छ,’ पोर्तेलले भने, ‘स्थायी भएको भए भत्काउन लगाउँथ्यौँ । अस्थायी भएका कारण अब नबनाउनु भनेका हौँ ।’ समन्वय प्रमुख पोर्तेलले नमुनाबस्ती भने कमल गाउँपालिकाको सहमतिमै दमक नगरपालिकाले बनाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...