• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’


‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

मेलम्ची । सिन्धुपाल्चोकमा बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव परेको ठाउँ हेलम्बु गाउँपालिका हो । तर राहत वितरण गर्नेको नजर त्यहाँसम्म पुग्न सकेको छैन ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शुक्रबार साँझ हेलम्बुमा १३५ बोरा चामल, सोलारबत्ती सहितका राहत सामग्री वितरण गरेको छ । तर अन्य धेरैजसोको राहत सामग्री पुर्‍याउने होड दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित छ ।

सञ्चार र यातायात सम्पर्क विच्छेद हुँदा हेलम्बुमा धेरैको नजर पर्न नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल बताउँछन् । ‘मेलम्चीका लागि भनेर आएको राहतलाई पनि हेलिकप्टरमार्फत हेलम्बु पठाइरहेका छौं’, उनी भन्छन् ।

सिन्धुपाल्चोकमा बाढी गएदेखि नै मेलम्चीस्थित सैनिक ब्यारेकमा कमाण्ड सेन्टर बनाएर प्रतिकार्यको नेतृत्व गरिरहेका पोखरेल बाढी पीडितलाई सहयोग गर्ने नाममा देखिएका केही दृश्यबाट भने आजित छन् ।

‘पीडितलाई एक बोरा चामल दिएर पटक-पटक फोटो खिचाउने र त्यसमै विवाद हुने क्रम देखिएपछि जिल्ला र स्थानीय विपद् व्यवस्था समितिबाट राहत बाँड्ने व्यवस्था मिलाएका छौं’, उनी भन्छन्, ‘यसले हरेक पीडितले समानरुपमा राहत पाउनेछन् ।’

उनै पोखरेलसँग मेलम्चीस्थित कमाण्ड सेन्टरमा अनलाइनखबरले सिन्धुपाल्चोकको अवस्थाबारे कुराकानी गरेको छ ।

सुरुवातमा हामीले सोधेका छौं –

शनिबार बाढी पीडितका नाममा चन्दा नउठाउन भन्दै प्रशासनले सूचना जारी गर्‍यो । विज्ञप्तिमा चेतावनीयुक्त भाषा पनि छन्, यो सूचना जारी गर्नुपर्ने अवस्था किन आयो ?

खासमा बाढी पीडितका नाममा जथाभावी चन्दा संकलन गरेर फोटो खिचाउने प्रवृत्ति देखियो । यसमा पीडितको पनि गुनासो रह्यो । उहाँहरुले फोटो खिचाउन भएका प्रतिस्पर्धामा गुनासो गर्नुभयो । यसलाई व्यवस्थित गर्ने कोशिश गरेका हौं । यो भनेको राहत नल्याउनुस् भनेको होइन । विज्ञप्तिको शुरुमा ‘सहयोगको अपेक्षा भविष्यमा पनि भइरहनेछ’ भनेका छौं । व्यवस्थित ढंगले सही पीडितसम्म राहत पुगोस् भनेका हौं ।

सिन्धुपाल्चोकमा राहत वितरण चाहिं व्यवस्थित हुन नसकेको देखियो, होइन ?

राहत वितरणको सन्दर्भमा अहिले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समिति क्रियाशील छ । तर समस्या चाहिं सहयोग गर्न चाहने व्यक्तिहरु आफूखुशी व्यक्तिगतरुपमा आउने देखिएको छ । कसैसँग सम्पर्क नगरी सीधै मान्छेहरु बसेको ठाउँमा गएर जथाभावी बाँड्ने प्रवृत्ति शुरु भयो । यही क्रममा फोटो खिच्ने लगायतका गतिविधि पनि भए । यसले केही समस्या पनि भए ।

अहिले प्रभावित बसेको ठाउँमा अनावश्यक मान्छेहरुलाई आउन नदिने व्यवस्था गरेका छौं । र, राहत लिएर आउने मान्छेहरुलाई पनि त्यो राहत कसको लागि हो ? स्थानीय विपद् व्यवस्थापन समितिका लागि हो अथवा जिल्ला विपद् व्यवस्थापन समितिका लागि हो । त्यो कुरालाई यकिन गरेर मात्र ल्याउने व्यवस्था मिलाएका छौं । त्यसैले अहिले राहत वितरण धेरै हदसम्म व्यवस्थित भएको छ ।

नगरपालिका र प्रशासनको पनि समन्वय पनि कम भएको हो कि ? कतिपय जनप्रतिनिधिले व्यक्तिगत चिनजानको आधारमा पनि सामान आएको हुन्छ, एकीकृत रुपमा वितरण गर्दा त्यस्ता सहयोगमा अफ्ठ्यारो हुन्छ पनि भन्दै छन् नि ?

होइन, समस्या के हो भने अहिले जति पनि सहयोगी महानुभाव सिन्धुपाल्चोक आउनुभएको छ, उहाँहरुलाई मेलम्ची नगरपालिकामा मात्रै विपद् भयो भन्ने परेको छ । सबैभन्दा क्षति त हेलम्बु गाउँपालिकामा भएको छ । पाँचपोखरी गाउँपालिका र जिल्लाका अन्य ठाउँमा पनि विपद्ले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले सबैतिरको क्षतिको अवस्था मूल्यांकन गरेर समानरुपमा राहत पुर्‍याउन सहयोग गर्छ । फेरि स्थानीय विपद व्यवस्थापन समितिले पनि स्थानीयरुपमा राहत संकलन गरेर एकीकृतरुपमा विरतण गर्न सक्ने व्यवस्था छ ।

अहिले मेलम्चीवासीलाई जिल्लामा आएको राहत हाम्रो लागि मात्र हो भन्ने परेको हुनसक्छ । तर प्रशासनले त जिल्लाभरिका पीडितका लागि व्यवस्थापन गरिदिनुपर्छ ।

अहिले सिन्धुपाल्चोकको अवस्था के हो ?

विपद जोखिमको दृष्टिकोणले जिल्लाका १२ वटै गाउँपालिका र नगरपालिका जोखिमको स्थितिमा छन् । नेपाल सरकारले पनि जिल्लालाई विपदको दृष्टिकोणले संकटग्रस्त क्षेत्र भनेर घोषित गरिसकेको अवस्था छ ।

यो अवस्थामा हामीले मेलम्ची र हेलम्बुमा बाढीले दुःख देला भनेर सोचकै थिएनौं । किनकि, मुख्य समस्या भनेको अहिलेसम्म पहिरो थियो । त्यसका लागि पूर्वतयारी बनाएर प्रतिकार्य गरिरहेका थियौं । मौसम विभागबाट पनि बाढी आउँछ भन्ने खाल्को पूर्वसूचना आएको थिएन । त्यस्तो कुनै सम्भावना पनि थिएन ।

धन्न यो बीचमा पनि हामीले माथिल्लो भेगका स्थानीयबाट अलिकति भए पनि सूचना पाएकाले मेलम्चीमा मानिसहरुको हताहती हुन पाएन ।

मानवीय क्षतिको कुरा गर्ने हो भने अहिलेसम्म तीन जनाको मृत्यु भएर शव नै भेटिइसकिएको अवस्था छ । हालसम्म ८४ जनालाई विभिन्न ठाउँबाट उद्दार गरिएको अवस्था छ । अहिलेसम्म २० जना बेपत्ता हुनुहुन्छ र घाइतेमध्ये दुई जना मात्रै उपचाररत हुनुहुन्छ, अरु घर फर्किसक्नु भएको छ । जिल्लामा जति पनि मानवीय क्षति भएको छ, त्यो हेलम्बु गाउँपालिका अन्तर्गत भएको छ ।

मानवीय क्षति धेरै भएको हेलम्बुको अवस्थाचाहिँ के छ ?

अहिले हेलम्बु क्षेत्रमा पानीको सतह पहिलेभन्दा घटेको छ । तर बेलाबेला बढ्ने पनि देखिएको छ । माथिबाट पहिरो गएर खोलालाई थुन्ने र त्यो आफैं खुलेर पानीको वहाव बढेर आउने गरेको अवस्था छ ।

मुलतः हेलम्बु गाउँपालिका सञ्चार र यातायातबाट विच्छेद भएको अवस्था पनि छ । त्यसकारणले सामग्रीहरु पुर्‍याउन चाहिँ हेलिकप्टरको मात्र भर पर्नुपर्ने अवस्था भएकाले कति समय सामान पठाउँदा पालो कुर्नु पर्ने, कहिलेकाहीँ हेलिकप्टर अवतरण गराउन नसकिने भएकाले तत्काल रेस्पोन्स गर्न हेलम्बुको हकमा केही समस्या भएको हो ।

पाँचपोखरीमा पनि अहिले समस्या देखिन थालेका हुँदा त्यहाँ पनि टेन्ट लगायतका आवश्यक सामग्री पठाएका छौं ।

खोलाको धार परिवर्तन गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल गर्‍यौं । तर प्राविधिकरुपमा त्यसो गर्न पनि समस्या रहेछ । अहिलेको विकल्प भनेको वरिपरि तारजाली राख्ने कुरा नै महत्वपूर्ण हुने रहेछ

जिल्लाका कतिपय बस्तीहरुलाई सार्नुपर्ने भनेर पहिल्यै अध्ययन भएको सार्वजनिक भएका छन् । त्यसतर्फ प्रशासनले समयमै किन सोचेन ?

वस्ती सार्नुपर्ने भनेर कुनै आधिकारिक निकायबाट आएको विषय कागजातबाट देखिँदैन । मैले पनि यो विषय सुनेपछि कागजातहरु खोजी गरेको थिएँ । तर त्यस्तो भेटिएन । त्यो विषय कसैको व्यक्तिगत राय पनि हुनसक्छ, अथवा कुनै संस्थाको अध्ययनको निष्कर्ष पनि हुनसक्छ ।

विज्ञको भनाइ हुनसक्छ, तर त्यसमा कुनै सरकारी निकायबाट प्रतिवेदन आएर हामी कहाँ आएको देखिँदैन । त्यसो त सामान्यरुपमै हेर्दामा पनि जिल्ला धेरै वस्तीहरु जोखिममा रहेको देखिन्छ । यो हाम्रै प्राविधिकहरु पनि देखाउँछन् तर यसका लागि थप अध्ययन हुनु जरुरी चाहिँ देखिन्छ ।

मेलम्चीको हकमा स्थानीयले पछिल्लो ३०/४० वर्षको अवधिमा यति ठूलो बाढी नदेखेको बताएका छन् । मेलम्ची बजारलाई धेरै जोखिमको ठाउँ पनि भनिएको रहेनछ । के कारणले ठूलो बाढी आयो भन्ने अध्ययन भएको छ ?

हालसम्म ठोस अध्ययन चाहिँ भएको छैन । तर विज्ञहरुसँगको कुराकानी, अनुमान र भूगोलहरु देखेको आधारमा केही प्रारम्भिक निष्कर्ष निकालेका छौं । त्यसआधारमा हेलम्बुको माथिल्लो भागमा हेर्दा खोलालाई पहिरोले पुरेको जस्तो देखियो । र, त्यही एक्कासी खुलेर आउँदा मेलम्चीमा ठूलो क्षति भएको हो कि भन्ने छ ।

अर्को चाहिँ हिमालमा नै पहिरो गएर पनि पानी आएको हो कि भन्ने पनि छ । पानी नपर्दा पनि जलसतह बढेको देखिएकाले पनि त्यो हो कि भन्ने आशंका छ । अहिले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यस विषयमा अध्ययन थालेको छ ।

हेलम्बु र मेलम्चीमा अहिलेसम्म नदीले कटान गरिरहेको छ, कतिपय घरहरु अझै जोखिममा छन् । त्यसलाई रोक्न प्रशासनले के गरिरहेको छ ?

अहिले चाहिँ पानीको सतह घट्दै गएकाले यो विषय उठ्न थालेको छ । हिजोसम्म पनि पानीको सतह घटेको थिएन । र, हाम्रो प्राथमिकता स्थानीयलाई सुरक्षित स्थानमा राख्ने नै थियो । राहत र व्यवस्थापनमै थियो ।

थप क्षतिलाई रोक्न प्राविधिक अध्ययन गरेर ढुंगा र जाली लगाउने कुरा छ । केही क्षेत्रमा त्यो काम पनि भइरहेको छ । विस्तृतमा गर्न अझै मौसमले समस्या गरिरहेको अवस्था छ ।

खोलाको धार परिवर्तन गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल गर्‍यौं । तर प्राविधिकरुपमा त्यसो गर्न पनि समस्या रहेछ । अहिलेको विकल्प भनेको वरिपरि तारजाली राख्ने कुरा नै महत्वपूर्ण हुने रहेछ । तर जुनसुकै वेला पनि खोला बढेर आउन सक्ने अवस्था भएकाले बढ्ने-घट्ने भइसकेकाले काम थाल्न पनि जोखिम जस्तै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध
  • २०७८ असार ६, आईतवार ११:१८
  • In "देश"
  • मधेश सरकारद्वारा बाढी तथा डुबान पीडितलाई दिन आठै जिल्लालाई १०/१० लाख राहत
  • २०७८ असार ६, आईतवार ११:१८
  • In "BannerNews"
  • नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण
  • २०७८ असार ६, आईतवार ११:१८
  • In "बागमती प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

करोड बढी लागतमा निर्माणाधीन नाचघरले झरी थेगेन

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गरेको ‘बी-३ डब्ल्यू’ परियोजना कार्यान्वयन होला ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version