No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?

ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले भारत सरकार विरुद्ध मुद्दा हालेको छ । भारतले लागू गरेको नयाँ नियमले सोसल मिडियामाथि आम निगरानीको अवस्था सिर्जना हुने र प्रयोगकर्ताका निजी डाटाहरु सरकारलाई दिनका सोसल मिडिया प्लाटफर्महरुलाई लागि बाध्य पार्ने भन्दै ह्वाट्सएपले त्यस्तो नियममा रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार देखि लागू हुने भनिएको सोसल मिडियासम्बन्धी नयाँ नियम लागू हुन नदिने प्रयासमा ह्वाट्सएपले अदालतको ढोका ढक्ढकाएको बताइएको छ । नयाँ नियमानुसार भारतमा क्रियाशील कम्पनीहरुले स्थानीय कानून पालना गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने तथा कानून कार्यान्वयन गराउने निकायसँग सम्पर्कमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । साथै सोसल मिडिया प्लाटफर्महरुले आंशिक तथा पूर्णरुपमा नग्नता समावेश भएका सामाग्रीहरु हटाउनुपर्ने विषय पनि नयाँ नियममा रहेको छ ।

ह्वाट्सएपले चाहिँ अर्को एक नियममा पनि कडा आपत्ति जनाएको छ । जस अनुसार सरकारी निकायले मागेको खण्डमा सोसल मिडिया कम्पनीहरुले सोसल मिडिया प्लाटफर्ममा प्रेषित मेसेजहरु सर्वप्रथम प्रवाहित गर्ने प्रयोगकर्ता पत्ता लगाएर जानकारी गराउनुपर्नेछ ।

यसले हरेक च्याटको ट्रयाकिंग गर्नुपर्ने हुनाले त्यसबाट प्रयोगकर्ताको गोपनियता हनन हुने ह्वाट्सएपको भनाइ छ ।

ह्वाट्सएप प्रवक्ताका अनुसार मेसेजिंग एपलाई च्याट ट्रेसिंग गर्न लगाउनु भनेको ह्वाट्सएपमा पठाइएका हरेक मेसेजको औँठाछाप राख्न लगाउनु जस्तै भएको र यसले एण्ड टू एण्ड इनक्रिप्सनलाई भंग गर्ने र मानिसहरुको गोपनीयताको अधिकार आधारभूत रुपमा उल्लंघन हुनेछ । साथै उनले प्रयोगकर्ताको गोपनियताको उल्लंघनको विरोधका लागि आफुहरु विश्वभरको नागरिक समाज तथा विज्ञहरुसँग निरन्तर सँगसँगै रहेको बताएका छन् ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले चाहिँ ह्वाट्सएपले दायर गरेको मुद्दा नयाँ नियमलाई कार्यान्वयन हुनबाट रोक्नका लागि अन्तिम समयमा भएको दुर्भाग्यपूर्ण प्रयास भएको बताएको छ ।

साथै मन्त्रालयले मुलुकको सार्वभौमिकता, सुरक्षा तथा अखण्डता, सार्वजनिक व्यवस्था, बलात्कार, बाल यौन दुव्र्यवहार तथा अश्लील सामग्रीहरु लगायतका अति गम्भीर अपराधहरुको अनुसन्धान तथा रोकथामका लागि आवश्यक पर्दामात्रै प्रयोगकर्ताका निजी डाटाहरु उपलब्ध गराउनका लागि सोसल मिडिया प्लाटफर्महरुलाई अनुरोध गरिने प्रष्ट पारेको छ ।

मेसेजिंग एप ह्वाट्सएपका लागि भारत सबैभन्दा ठूलो बजार हो । भारतमा ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन् ।

ह्वाट्सएपले सन २०१६ देखि इण्ड टू इण्ड एनक्रिप्सन लागू गरेको छ जसका कारण ह्वाट्सएपमा गरिने कल तथा पठाइने मेसेज, फोटो, भिडियो तथा भ्वाइस लगायतका सामाग्रीहरु प्रापकले बाहेक कसैले पनि (स्वयं ह्वाट्सएपले पनि) हेर्न पाउँदैन । यदि भारत सरकारको नयाँ नियम पालना गर्नेहो भने ह्वाट्सएपले आफ्नो इण्ड टू इण्ड इनक्रिप्सन हटाउनु पर्दछ र हरेक मेसेजको विशाल डाटाबेस राख्नु पर्दछ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .