No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका


कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो ।

यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले आफ्ना आमाबुबा किन धेरै लामो समयसम्म घर फर्किएनन् भन्ने बुझ्न सकेका थिएनन् । आफन्तहरूले प्रथामलाई उनीहरूका आमाबुबा कामको लागि बाहिर गएको भनेका  थिए । यद्यपि प्रथामले दिनहुँ आफ्ना आमाबाबुको बारेमा सोधिरहन्थे र प्रत्येक दिन उनीहरूलाई सम्झाउन कठिन हुँदै गएको थियो ।

आफन्तहरूले दिल्लीस्थित अनाथ बालबालिकाहरूको लागि काम गर्ने एनजीओसँग सम्पर्क गर्ने निर्णय गरे । एनजीओले यी दुवै दाजुभाइलाई कसैले आफ्नो सन्तान बनाएर पाल्ने अपेक्षा गरेको छ ।

गत वर्षको जुन महिनामा भारतमा कोरोनाको पहिलो लहर फैलँदै गर्दा १२ वर्षीया सोनिया र उनका ७ वर्षीय भाइले आफ्ना बुवालाई गुमाए । गत अप्रिल महिनामा उनीहरूकी आमाको पनि मृत्यु भयो । अहिले उनीहरूलाई हजुरआमाले रेखदेख गरिरहेकी छिन् । जो आफ्ना नातिनातिनाको भविष्यप्रति चिन्तित छिन् । यद्यपि उनी आफ्ना नातिनातिना अरुलाई पाल्न नदिने पक्षमा छिन् ।

‘मपछि यिनीहरूको रेखदेख कसले गर्ला ?,’ उनले भनिन्, ‘यिनीहरू मेरा छोराबुहारीको वंश हुन् । धेरै मानिसहरू यिनीहरूलाई पाल्छौं भनेर आएका छन् । म यिनीहरूलाई कसरी आफूभन्दा टाढा पठाउन सक्छु ?’ कोरोनाले जन्माएका यीं कथाहरू त केवल प्रतिनिधि मात्र हुन् । कोरोना महामारीका कारण भारतका धेरै परिवार तहसनहस भएको छ । जसको कारण धेरै बालबालिका अथान बनेका छन् ।

भारतकी महिला तथा बालबालिका कल्याण मन्त्री स्मृति इरानीले सामाजिक सञ्जाल ट्वीट गदै अप्रिल १ देखि मे २५ सम्मको अवधिमा भारतमा कम्तीमा ५७७ बालबालिकाका अभिभावकको मृत्यु भएको लखेकी थिइन् । जानकारहरूका अनुसार यो संख्या उल्लेख गरिएकोभन्दा धेरै बढी छ । गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनाथ बालबालिकाको सहयोगको लागि प्रत्येक बालबालिाकको लागि करिब १४ हजार डलरको घोषणा गरेका थिए । उनीहरूलाई यो रकम १८ देखि २३ वर्षको बीचमा दिइनेछ ।

भारतकी महिला तथा बालबालिका कल्याण मन्त्री स्मृति इरानीले सामाजिक सञ्जाल ट्वीट गदै अप्रिल १ देखि मे २५ सम्मको अवधिमा भारतमा कम्तीमा ५७७ बालबालिकाका अभिभावकको मृत्यु भएको लखेकी थिइन् । जानकारहरूका अनुसार यो संख्या उल्लेख गरिएकोभन्दा धेरै बढी छ ।

भारतमा धर्मपुत्र वा धर्मपुत्री राख्न पनि निकै कडा कानुन छ । भारतको प्रत्येक राज्यमा बाल संरक्षण तथा कल्याण आयोग छ । यसले जिल्लाहरूमा बालबालिकाहरूको जानकारीका लागि अधिकारीहरू नियुक्ति गर्छ । जसले मुलुकका धेरै एनजीओहरूले उक्त आयोगलाई जोखिममा रहेका बालबालिकाको पहिचान गर्न सहयोग गर्छन् ।

भारतमा धर्मपुत्र वा धर्मपुत्री राख्न (एडप्सन)का लागि एक अनलाइन पोर्टल पनि छ । जहाँ मानिसहरूले आफूले पाल्न चाहेको बालबालिकालाई दर्ता पनि गर्न सक्छन् । सबै कानुनी पक्रिया पुर्‍याएर बालबालिका संरक्षण कमिटिले ‘एडप्सन’ को लागि कानुनी रुपमा स्वतन्त्र रहेको घोषणा गरेपछि बालबालिकालाई लैजान सकिन्छ ।

यद्यपि भारतमा एडप्सन हुने दर निकै कम छ । सन् २०२० को मार्चअघिको एक वर्षमा हजारौं बालबालिकाहरू अनाथ हुँदा केवल ३ हजार ३५१ बालबालिकालाई मात्र एडप्ट गरिएको थियो । सन् २०१९ मा अमेरिकामा भने ६६ हजारभन्दा धेरै बालबालिका एडप्ट गरिएको थियो ।

अनाथ हुनेको संख्या भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि ह्वात्तै बढेको भारतको बाल अधिकार संरक्षण आयोग दिल्लीका प्रमुख अनुराग कुन्डु बताउँछन् ।  ‘मेरो जीवनमा त्यति छोटो समयमा यति धेरै मानिसको मृत्यु भएको कहिले पनि देखेको थिइनँ । जसका कारण १८ वर्षमुनिका धेरै बालबालिकालाई अभिभावकविहीन बनाएको छ । त्यो हिसाबमा हेर्ने हो भने यो राष्ट्रिय आपतकालको अवस्था हो ।’

भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेशमा कोरोनाको कारण अनाथ बनेका एक हजारभन्दा धेरै बालबालिकाहरू पहिचान भएको भारतको बाल कल्याण आयोगकी एक सदस्य प्रीति वर्मा बताउँछिन् । उनका अनुसार राष्ट्रव्यापी रुपमा हेर्ने हो भने वास्तविक संख्या अझै ठूलो हुनसक्छ । यस किसिमका बालबालिकाको पहिचानका लागि प्रहरीहरू, ग्रामीणस्तरका स्वास्थ्यकर्मीहरू र गाउँका नेताहरूको सहयोग लिने गरेको वर्माको भनाइ छ ।

कुन्डुका अनुसार पूर्णरुपमा एडप्सन गर्नुभन्दा पनि बालबालिकाहरूलाई अल्पकालीन समस्या समाधानको लागि सहयोगको आवश्यकता देखिएको छ ।

‘सबै बालबालिका  एडप्ट हुन्छन् भन्ने कल्पना मात्र हो,’ उनले भने । यसको लागि फोस्टर केयरको योजना राम्रो हुने उनको भनाइ छ । फोस्टर केयरमा परिवारका अन्य कुनै सदस्य वा साथीभाइहरूले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री नबनाइकन नै पालनपोषण गर्न सक्छन् । यसको लागि केही विशेष नियम पनि छ तर भारतमा फोस्टर केयर हुनेको संख्या निकै कम छ । यस किसिमको अभ्यासले आगामी दिनमा एडप्सन हुनेको दरमा पनि उल्लेख्य सुधार आउनसक्ने जानकारहरूको भनाइ छ ।

तस्करीको आशंका

धेरै मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गरेर अस्पतालमा बेड, अक्सिजन र औषधिको लागि सहयोग मागेका थिए । त्यस्तै कोरोनाको कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई एडप्ट गर्नका लागि पनि धेरै फोनहरू आएका थिए । तर, यसरी खुलारुपमा फोन नम्बर र बालबालिकाको तस्विर सामाजिक सञ्जालमा राख्दा तस्करीको जोखिम पनि बढेको छ ।

यसअघि एउटा समुहले पनि सामाजिक सञ्जालमार्फत बालबालिका एडप्सनको लागि आएको र उनीहरूले एउटा बच्चाको लागि सात हजार डलरबराबरको रकम प्रस्ताव गरेको कुन्डुले बताए । पछि उनीहरूले यो घटनालाई प्रहरीमा उजुरी गरेका थिए ।

भारतमा बालबालिकाको तस्करी गरेर उनीहरूको श्रम शोषण हुने वा उनीहरूलाई यौनजन्य काममा लगाइने गरेको आशंका छ । दिल्लीस्थित प्रोत्साहन एनजीओकी सीईओ सोनल कपूरका अनुसार अहिले घरको एक अभिभावकको मृत्यु हुँदा बाँकी अर्को अभिभावकले विशेषगरी बाबुले सन्तालाई बाल श्रममा धकेल्ने गरेको पाइएको छ ।

यसले अनाथ नभएका तर एउटा अभिभावक गुमाएका बालबालिकालाई पनि स्याहारको खाँचो देखिएको छ । कपूरका अनुसार आमा कोरोनाको कारण निकै बिरामी भएको अवस्थामा एक बाबुले आफ्ना छोरीहरूमाथि यौन दुव्र्यवहार गर्न सुरु गरेकोसमेत पाइएको थियो ।

‘कोरोनाका कारण अनाथ बनेका बालबालिका मुद्दा अहिलेको अवस्थामा गम्भीर विषय हो । यद्यपि यो सम्पूर्ण सत्य भने होइन । आफ्ना दुईमध्ये एक अभिभावक गुमाएका बालबालिकाको संख्या धेरै ठूलो छ र उनीहरूलाई पनि  उत्तिकै ध्यान दिनु आवश्यक छ,’ उनले भनिन् ।

प्रोत्साहन एनजीओकी सीईओ सोनल कपूर महामारीको समयमा धेरै हृदयविदारक घटना भएको फोन आफूहरूलाई आएको बताउँछिन् । उनलाई आएको एउटा फोनमा दुई बालकले कोरोनाबाट मृत्यु भएका आफ्ना बाबुको अन्त्येष्टिको लागि सहयोग मागेका थिए । किनकि उनीहरूकी आमा कोरोना संक्रमणको कारण बिरामी भएकाले अन्त्येष्टि गर्न सक्ने अवस्थामा थिइनन् । त्यस्तै अर्को एक परिवारमा आमाको कोरोनाको कारण मृत्यु भएको थियो भने बाबुले आफ्ना तीन सन्तानलाई खानाको व्यवस्था गर्न सकेका थिएनन् । उनीहरूका आफन्तले प्रोत्साहन संस्थामा फोन गरेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

अहिले भारतका विभिन्न राज्यले कोरोनाको कारण अनाथ बनेका बालबालिकाहरूको संरक्षणको लागि पहल सुरु गरेका छन् । यद्यपि जानकारहरू सरकारले गरेको प्रयास अपुग रहेको औंल्याउँछन् ।

सबैभन्दा जोखिमपूर्ण कुरा अहिलेको अवस्थामा धेरै बालबालिकाहरू आफ्नो परिवार विना नै हुर्किरहेका छन् ।

(यो आलेखमा केही नामहरू पहिचान लुकाउन परिवर्तन गरिएको छ ।)

 बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

उपेन्द्र यादवले व्यक्तिगत महत्वाकाक्षांका लागि राजनीतिक आवरणमा धोका दिए : महन्थ ठाकुर (विज्ञप्तिसहित)

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .