No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

काठमाडौं । चीनले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएसँगै विश्वको सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य खस्किँदै गत बुधबार ३४ हजार डलर भन्दा कम भयो । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य पहिलोपटक यति तल झरेको हो । यद्यपि बिहिबार बिटक्वाइनको मूल्यमा केही सुधार आएर ४२ हजार डलर पुगेको छ ।

चीनले हालै बैंक तथा भुक्तानी कम्पनीहरुलाई क्रिप्टोकरेन्सीको माध्यमबाट कारोबार गर्नमा रोक लगाएको छ । गत मंगलबार चीनले लगानीकर्ताहरुलाई क्रिप्टोकरन्सीको माध्यमबाट कारोबार नगर्न चेतावनी दिएको थियो ।

यसअघि विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले पनि कम्पनीमा कारोबारका लागि बिटक्वाइनको प्रयोग नगर्ने घोषणा गरेको थियो । टेस्लाको उक्त घोषणासँगै गत हप्ता बिटक्वाइनको मूल्यमा करीब ४० प्रतिशतको गिरावट आएको थियो ।

बिटक्वाइन सँगै इथर र डोजक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ ।

त्यस्तै यो गिरावटले केवल बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीलाई मात्र असर गरेको छैन । बिटक्वाइनबाट कम्पनीको कारोबार नगर्ने एलन मस्कको घोषणासँगै टेस्ला कम्पनीको शेयर मूल्यमा पनि करीब ३ प्रतिशतको गिरावट आएको छ । स्मरण रहोस् एलन मस्कसँग करीब डेढ अर्ब डलर बराबरको बिटक्वाइन रहेको छ ।

पहिले घोषणा, पछि यु टर्न

गत मार्च महिनामा टेस्ला कम्पनीले बिटक्वाइनबाट भुक्तानी गरेर टेस्लाका कार खरीद गर्न सकिने घोषणा गरेको थियो । टेस्लाको यो कदमको वातावरणविद तथा लगानीकर्ताहरुले विरोध गरेका थिए ।

एलन मस्कले हालै कम्पनीको उक्त निर्णयलाई उल्टाए । पूर्व निर्णयबाट युटर्न लिँदै मस्कले जलवायु परिवर्तनको चिन्तालाई मध्यनजर गर्दै क्रिप्टोकरेन्सीको प्रयोग गरी कार खरीद गर्न सकिने योजना रद्द गरे । बिटक्वाइनको माइनिङमा अत्यधिक उर्जा खपत हुने र यसमा कैयन् उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुने गर्दछ र त्यस्तो उर्जाको प्रमुख श्रोत चाहीँ कोइला नै हुने गरेको मस्कको भनाई छ ।

यद्यपि हालसम्म टेस्लाले खरीद गरेको बिटक्वाइन चाहीँ बिक्रि नगर्ने र माइनिङका लागि वैकल्पिक तथा स्थायी उर्जाको प्रयोग हुन थालेसँगै टेस्लाले ती क्रिप्टोकरेन्सी प्रयोग गर्ने मस्कले बताएका छन् ।

चीनले के भन्यो ?

सन् २०१९ मा मुद्रा निर्मलीकरण नियन्त्रण गर्नका लागि चीनले क्रिप्टोकरेन्सीको माध्यमबाट हुने कारोबारमा रोक लगाएको थियो । तर त्यसपछि पनि मानिसहरुले अनलाइन कामका लागि बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीका माध्यमबाट कारोबार गरिरहेका थिए, जुन चीन सरकारका लागि टाउको दुखाईको विषय बनेको थियो ।

मंगलबार चीनको नेशनल इन्टरनेट फाइनेन्स एसोसिएसन तथा पेमेन्ट एण्ड क्लियरिङ एसोसिएसन समेतका चीन सरकारी संस्थाहरुले सोसल मिडियामा चेतावनी जारी गरेका थिए । क्रिप्टोकरन्सीमा लगानी गरेको वा क्रिप्टोकरेन्सीबाट कारोबार गरेको कारण यदि कुनै ग्राहकलाई नोक्सान भएमा कुनै क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्न सकिने उनीहरुको चेतावनी थियो ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सीको मूल्यमा आएको उतारचढावले व्यक्तिको सम्पत्तिको सुरक्षामा खतरा पैदा भएको र यसले सामान्य आर्थिक कारोबारमा असर पारेको उल्लेखित संस्थाहरुको भनाई छ ।

markets.co मा काम गर्ने निल विल्सन भन्छन् : ‘चीनले पहिले देखिनै क्रिप्टोकरेन्सीको क्षेत्रमा दबाब बनाउने कोसिस गरिरहेको थियो र अहिले उसले कडा कदम चालेको छ । क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै चीनको केन्द्रिय बैंकले आफ्नै डिजिटल मुद्रा लागू गर्ने निर्णय गरेको छ ।  चीनको यो निर्णयबाट अन्य देशहरु पनि प्रभावित भएर चीनको बाटोमा अगाडि बढ्ने सम्भावना छ। यसले क्रिप्टोकरेन्सीको भविष्य कमजोर बन्न सक्छ ।’

बिटक्वाइनको मामिलामा अहिलेसम्म पश्चिमी नियामकहरु निश्चिन्त छन् । तर यो स्थिति अब छिटै परिवर्तन हुन सक्दछ ।

चीनको निर्णयसँगै बिटक्वाइनको माध्यमबाट चीनमा कुनै कारोबार हुन सक्दैन । तर अर्को यथार्थ के छ भने विश्वको ७५ प्रतिशत भन्दा धेरै बिटक्वाइनको माइनिङ चीनमै हुने गर्दछ ।

एलन मस्क र बिटक्वाइन बीचको सम्बन्धका केही सन्दर्भ यस्ता छन्ः

– सन् २०२१ को सुरुवातमा टेस्ला सिइओ एलन मस्कले बिटक्वाइनमा रुची देखाए र डेढ अर्बको बिटक्वाइन टेस्लाले खरीद गर्यो ।

– फेब्रुअरी महिनामा ३४ हजार डलर रहेको बिटक्वाइनको मूल्य अप्रिलको अन्तिममा ६४ हजार डलर पुग्यो ।

– मार्च महिनामा मस्कले बिटक्वाइनबाट भुक्तानी गरेर टेस्लाका गाडी खरीद गर्न सकिने घोषणा गरे ।

– उक्त घोषणासँगै बिटक्वाइनको मूल्यमा उछाल आएको थियो ।

– मे महिनाको दोश्रो हप्तामा चाहीँ मस्कले युटर्न लिए । टेस्लामा भुक्तानीका लागि बिटक्वाइन स्विकार नगरिने उनको नयाँ घोषणा थियो ।

–पिपुल्प बैंक अफ चाइनाले पनि भुक्तानीका लागि डिजिटल टोकनको प्रयोग बन्द गर्ने घोषणा गर्यो ।

– यी घटनासँगै बिटक्वाइनको मूल्य धरासायी हुन थालेको छ । विज्ञहरुका अनुसार बिटक्वाइनको मूल्य अझै तल झर्न सक्दछ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

खराब यौन जीवनले तपाईंको सम्बन्धलाई ४ तरिकाले असर गर्न सक्छ

खराब यौन जीवनले तपाईंको सम्बन्धलाई ४ तरिकाले असर गर्न सक्छ

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .