No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

काठमाडौं । इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गर्दै आएका छन् ।

यो युद्धमा परी अहिलेसम्म गाजा क्षेत्रका १०० भन्दा धेरैको मृत्यु भइसकेको छ भने इजरायलतर्फ मृत्यु हुनेको संख्या सात छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन लडाकुमाथिको हवाई आक्रमण आवश्यक भएसम्म जारी रहने बताएका छन् । उनले गाजा क्षेत्रमा शासन चलाइरहेको हमास समूहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

किन भड्कियो हिंसा ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार अहिले भड्किएको हिंसा इजरायल–गाजा क्षेत्रमा सन् २०१४ यताकै सबैभन्दा गम्भीर किसिमको छ । यसपटकको हिंसा एक महीनाअघि नै शुरू भएको हो । एक महीनाअघि पूर्वी जेरुसलेममा रहेका एक प्यालेस्टाइनलाई आफ्नो घर छाड्न चेतावनी दिइएको थियो । सो जमीनलाई यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् । यहुदीहरू उक्त स्थानमा बस्न चाहन्छन् तर अहिले सो स्थानमा प्यालेस्टाइनहरू बस्दै आएका छन् । त्यो चेतावनीपछि यहाँका अरब समुदायका मानिसको बसोबास रहेको क्षेत्रमा प्रदर्शन निस्किएको थियो । त्यो प्रदर्शनमा प्रहरीसँग झडप हुँदै आएको थियो।

पुरानो मुद्दा

अहिले प्यालेस्टाइनहरूलाई हट्न चेतावनी दिएकाले द्वन्द्व उत्पन्न भएको भए पनि इजरायल–प्यालेस्टाइनको मुद्दा नौलो भने होइन । गाजा क्षेत्र र इजरायलको सीमा क्षेत्रमा पछिल्लो १५ वर्षयता प्यालेस्टाइन र इजरायलबीच विवाद छ ।

विशेषगरी इजरायल र जेरुसलेमको धार्मिक स्थलमा विवाद देखिने गरेको छ । इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसलेमलाई आफ्नो पवित्र स्थल मान्छन् । उनीहरूका लागि यो स्थानको धार्मिक महत्व धेरै छ । यो यहुदीको उत्पत्ति स्थल हो । त्यसैले यो स्थल महत्वपूर्ण छ । उनीहरूको यो स्थान राष्ट्रिय प्रतीकको एक भाग पनि हो ।

भौगोलिक रूपमा यी दुई स्थान एकापसमा जोडिएका छन् । त्यस्तै ‘द चर्च अफ द होली सेपल्कर’ पनि इजरायली चेकप्वाइन्टको विपरीततर्फ छ । यो प्यालेस्टाइन इसाईको आस्थाको केन्द्र हो ।

इजरायल र जेरुसलेमको धार्मिक स्थलमा विवाद देखिने गरेको छ । इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसलेमलाई आफ्नो पवित्र स्थल मान्छन् । उनीहरूका लागि यो स्थानको धार्मिक महत्व धेरै छ । यो यहुदी र मुसलमानको उत्पत्ति स्थल हो । त्यसैले यो स्थल महत्वपूर्ण छ ।

जेरुसलेमको पुरानो शहरको पर्खालभन्दा बाहिर प्यालेस्टाइनहरू बस्छन्, यहाँको जमीन र सम्पत्तिमा यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् । यो दाबी अहिले इजरायलको अदालतमा पुगेको छ ।
यद्यपि विवाद जमीनको विषयमा मात्र होइन । पछिल्लो केही समययता उक्त क्षेत्रमा इजरायलको सरकारले यहुदीको संख्या बढाउने प्रयास गरिरहेको छ । त्यसैले तनाव पनि बढ्दो क्रममा देखिएको छ । जेरुसलेमको चारैतर्फ यहुदीको बसोबासको लागि ठूलो संख्यामा घरहरू बनाइएको छ । यसो गर्दा इजरायलले अन्तर्राष्ट्रिय कानूनको पनि पालना नगरेको आरोप लाग्दै आएको छ ।

पछिल्लो केही सातामा इजरायली प्रहरीले हतियारसहितका सैनिकको संख्या पनि बढाएको छ । रमजानको अवसरमा अल अक्सा मस्जिदमा ग्यास र स्टेन ग्रिनेडको प्रयोग गरिएको थियो । मक्का र मदिनापछि यो मुस्लिम नागरिकहरूको सबैभन्दा पवित्र स्थल हो ।

यो घटनासँगै प्यालेस्टाइन क्षेत्रको सबैभन्दा प्रमुख इस्लामिक संगठन हमासले अप्रत्याशित कदम उठाउँदै इजरायललाई अल अक्सा परिवार र शेख जराहबाट आफ्नो सेना हटाउन अल्टिमेटम दिएको थियो । तर, सो अल्टिमेटम पालना नभएपछि उसले रकेट आक्रमण गरेको थियो ।

युद्धको आशंका

अहिले हमासले निरन्तर इजरायलका शहरमा रकेट आक्रमण गरिरहेको छ । इजरायलको सेना पनि गाजा क्षेत्रमा अघि बढिरहेको छ । जसका कारण मध्यपूर्वको तनाव बढेको छ । यसप्रति संयुक्त राष्ट्रसंघले युद्धको आशंका व्यक्त गरेको छ । विशेषगरी यो मुद्दामा विश्वका विभिन्न मुलुकको ध्रुवीकरण हुन थालेसँगै यो आशंका अझै बढेको हो ।

अमेरिकाले इजरायलमा आफ्नो दूत पठाउने निर्णय गरेको छ । यो तनाव कम गर्ने मार्ग खोज्न अमेरिकाले दूत पठाउने निर्णय गरेको राष्ट्रपति जो बाइडनले बताएका छन् । बिहीबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले इजिप्ट, ट्युनिसिया र अन्य मुलुकमा पनि अहिले जारी तनाव कम गर्न विशेष दूतले सहयोगी भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

अहिले हमासले निरन्तर इजरायलका शहरमा रकेट आक्रमण गरिरहेको छ । इजरायलको सेना पनि गाजा क्षेत्रमा अघि बढिरहेको छ । जसका कारण मध्यपूर्वको तनाव बढेको छ । यसप्रति संयुक्त राष्ट्रसंघले युद्धको आशंका व्यक्त गरेको छ ।

इजरायल–प्यालेस्टाइनको अहिले देखिएको हिंसाको विषयमा छलफलको लागि इस्लामिक मुलुकहरूको संगठन (ओआईसी)ले आइतबार आपत्कालीन बैठक बोलाएको छ । यो बैठकमा ओआईसीको सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सहभागी हुनेछन् ।

यसअघि नै ओआईसीले राष्ट्रसंघको सुरक्षा परिषद्सँग इजरायललाई तत्काल रोक्न आग्रह गरेको थियो । उसको आक्रमण मानवअधिकारको उल्लंघन र अन्तर्राष्ट्रिय नियम विरुद्ध अनि मानवअधिकार उल्लंघन रहेको ओआईसीले बताएको छ । ओआईसीमा ५७ इस्लामिक मुलुकहरू आवद्ध छन् ।

–एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर

लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर

प्रधानमन्त्रीमा केपी ओलीको असंगत दाबी

प्रधानमन्त्रीमा केपी ओलीको असंगत दाबी

चिनियाँ अतिक्रण अझै रोकिएन, दोलखाको सीमा पिलर पनि गायब

चिनियाँ अतिक्रण अझै रोकिएन, दोलखाको सीमा पिलर पनि गायब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .