No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

४३ विमानस्थल घाटामा, दर्जनभन्दा बढी गौचरण बने

४३ विमानस्थल घाटामा, दर्जनभन्दा बढी गौचरण बने

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलसहित देशभर निर्माण सम्पन्न भएका विमानस्थलको संख्या ५३ छ । यसमध्ये १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले निकालेको आर्थिक वर्ष २०७२/७३ यताको पाँच वर्षको औसतः आम्दानी तथा खर्च विवरण अनुसार त्रिभुवन विमानस्थल, हिमाली भेगका दुई र तराईका सात विमानस्थलमात्र नाफामा छन् । ४३ वटा विमानस्थल घाटामा छन् र तीमध्ये कतिपय त आम्दानीविहीन नै छन् ।

प्राधिकरणका सबैभन्दा राम्रो आम्दानी गर्नेमा त्रिभुवन विमानस्थल नै छ । अन्तर्राष्ट्रिय विमानस्थल हुनु र यात्रु र उडानको संख्या बढी हुने कारणले काठमाडौंले स्वाभाविक रुपमा बढी आम्दानी गर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्रिभुवन विमानस्थल अहिले नेपाललाई अरु देशहरुसँग हवाईमार्गसँग जोड्ने एक मात्र विन्दु हो ।

नाफामा चलेका १० विमानस्थल

पछिल्लो ५ वर्षको औसतः तथ्यांक अनुसार त्रिभुवन विमानस्थलले वाषिर्क औसतः ६ अर्ब ७३ करोड आम्दानी गर्छ, खर्च भने १ अर्ब ९ करोड रुपैयाँ छ । अन्तर्राष्ट्रिय विमानथस्थल बन्दै गरेको भैरहवा विमानस्थलको वाषिर्क औसत आम्दानी ५ करोड २५ लाख रुपैयाँ र खर्च ४ करोड १३ हजार रुपैयाँ छ ।

विराटनगर विमानस्थलको पछिल्लो ५ वर्षको औसत आम्दानी वाषिर्क ६ करोड ९३ लाख र खर्च ६ करोड १३ लाख रुपैयाँ छ ।

झापाको चन्द्रगढीको आम्दानी २ करोड ५६ लाख र खर्च २ करोड १८ लाख रुपैयाँ छ ।

बाँकेको नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ । कैलालीको धनगढी विमानस्थलको आम्दानी १ करोड ८१ लाख र खर्च १ करोड ३७ लाख रुपैयाँ छ ।

पोखरा विमानस्थलको औसत वाषिर्क आम्दानी ७ करोड ३६ लाख र खर्च ३ करोड ८१ लाख रुपैयाँ छ । चितवनको भरतपुर विमानस्थलको औसत वाषिर्क आम्दानी २ करोड ३२ लाख र खर्च १ करोड ८५ लाख रुपैयाँ छ ।

सोलुखुम्बुको लुक्ला विमानस्थलले औसत वाषिर्क १ करोड ६८ लाख आम्दानी गर्दा ९३ लाख ५० हजार रुपैयाँमात्र खर्च गरेको छ । हुम्लाको सिमकोट विमानस्थलको आम्दानी १ करोड ३ लाख र खर्च ७७ लाख २० हजार रुपैयाँ छ ।

पहाड र हिमाली भेगका विमानस्थल घाटामा

प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा पहाडी र हिमाली भेगका अधिकांश विमानस्थल घाटामा सञ्चालन भएका छन् । लामो समयदेखि बन्द रहेर हालै सञ्चालनमा आएका तराईका राजविराज र जनकपुर विमानस्थलसमेत घाटामा छन् । लुक्ला उडानमा काठमाडौंको विकल्पका रुपमा सञ्चालनमा आएको रामेछाप विमानस्थल, कणर्ाली प्रदेश राजधानी सुर्खेतको विमानस्थल पनि घाटामा छ ।

यी विमानस्थलमा उडान-अवतरणबाहेक अन्य आम्दानी नहुने, जहाजको रात्रीकालीन विसान नहुने भएकाले पार्किङ शुल्क समेत नउठ्ने भएकाले यस्ता विमानस्थलको आम्दानी न्युन भएको हो । घाटामा सञ्चालनमा रहेका विमानस्थलको सूचीमा पर्यटकीय गन्तव्य रारादेखि चलेको विमानस्थल सिमरासम्म छन् । सुदूरपश्चिममा लामो समयदेखि बन्द रही हालै सञ्चालनमा आएका डोटी, बझाङ, बाजुराका विमानस्थल समेत घाटामा सञ्चालित छन् ।

घाटामा रहेका विमानस्थल

राजविराज विमानस्थल :

आम्दानी : ५ लाख ३३ हजार

खर्च : ६ लाख ४० हजार

जनकपुर विमानस्थल

आम्दानी : ९० लाख ७१ हजार

खर्च : १ करोड ७३ लाख

सिमरा विमानस्थल :

आम्दानी : १ करोड ३२ लाख

खर्च : २ करोड २० लाख

सुर्खेत विमानस्थल :

आम्दानी : ५१ लाख २ हजार

खर्च : १ करोड १८ लाख

दाङ विमानस्थल :

आम्दानी : ४ लाख ७२ हजार

खर्च २६ लाख २० हजार

ताप्लेजुङ विमानस्थल :

आम्दानी : ४ लाख ४० हजार

खर्च : ३४ लाख ३१ हजार

तुम्लिङटार विमानस्थल :

आम्दानी : २२ लाख ८६ हजार

खर्च : ८० लाख ८ हजार

भोजपुर विमानस्थल :

आम्दानी : १ लाख ७४ हजार

खर्च : ३५ लाख ६० हजार

थामखर्क विमानस्थल :

आम्दानी : ३० हजार ८ सय

खर्च : २९ लाख २५ हजार खर्च (घाटा)

मनमायाराइ खानीडाँडा विमानस्थल :

आम्दानी : २६ हजार ९ सय

खर्च : २२ लाख ७२ हजार

लामीडाँडा विमानस्थल :

आम्दानी : ८९ हजार १ सय

खर्च : २९ लाख ३९ हजार

रुम्जाटार विमानस्थल :

आम्दानी : २ लाख २२ हजार

खर्च : ३३ लाख ८८ हजार

फाप्लु विमानस्थल :

आम्दानी : २४ लाख १६ हजार

खर्च : ३३ लाख ५४ हजार

रामेछाप विमानस्थल :

आम्दानी : ११ लाख ६८ हजार

खर्च : ३९ लाख २८ हजार

जोमसोम विमानस्थल :

आम्दानी : ५९ लाख ७५ हजार

खर्च : ६८ लाख ६१ हजार

जुम्ला विमानस्थल :

आम्दानी : ११ लाख १ हजार

खर्च : ५२ लाख १२ हजार

रारा विमानस्थल :

आम्दानी : २२ लाख २३ हजार

खर्च : २७ लाख ६२ हजार

सल्ले विमानस्थल (रुकुम) :

आम्दानी : १ लाख ७३ हजार

खर्च : ३१ लाख २४ हजार

साँफेबगर विमानस्थल :

आम्दानी : १७ हजार

खर्च : ६ लाख ९४ हजार

जुफाल विमानस्थल :

आम्दानी : ५ लाख १७ हजार

खर्च : २५ लाख ९४ हजार

बझाङ विमानस्थल :

आम्दानी : शून्य

खर्च : १० लाख ३१ हजार

बाजुरा विमानस्थल :

आम्दानी : ५ लाख ३७ हजार

खर्च : १९ लाख ३६ हजार

डोटी विमानस्थल :

आम्दानी : शून्य

खर्च : ८ लाख ७२ हजार

गौचरण बने दर्जनभन्दा बढी विमानस्थल

देशका दर्जनभन्दा बढी विमानस्थल भने उपयोगविहीन छन् । स्थानीय तहले सञ्चालनको पहल गरेपनि बागलुङ विमानस्थल यात्रुकै अभावमा बन्द भएको छ । स्थानीय तहले एयरलाइन्स कम्पनीलाई सहुलियत दिएर्र उडान प्रारम्भ गरिएको थियो । तर, सहजै सडक यातायातले छोएको यस क्षेत्रमा हवाई यात्रु भेटिएनन् । चितवनको मेघौली विमानस्थल यस्तै समस्याबाट गुजि्रएको अर्को विमानस्थल हो । बागलुङकै ढोरपाटनमा खुलेको विमानस्थल समेत यात्रुको अभावमा बन्द अवस्थामा छ ।

गोरखाको पालुङटारमा रहेको विमानस्थल पनि पृथ्वी राजमार्ग बनेपछि बन्द भएको थियो । सडक यातायातको पहुँच र सगरमाथा जाने पर्यटक सिधै लुक्ला जाँदा जिरी दोलखाको जिरी विमानस्थल बन्द छ । मनाङमा कालोपत्रे गरेको विमानस्थलसमेत अहिले यात्रु नभएका कारण बन्द अवस्थामा छ । यो विमानस्थलमा गत वर्ष जहाज लैजाने कोशिस गरे पनि नियमित उडान हुन सकेन । निर्माण पूरा नहुँदै धुले मैदानमा परीक्षण उडान गरिएको गुल्मीको रेसुंगा विमानस्थल, रुकुम विमानस्थल, महेन्द्रनगर विमानस्थल, टीकापुर विमानस्थलसमेत अहिले बन्द विमानस्थलको सूचीमा छन् ।

यी हुन् बन्द अवस्थामा रहेका विमानस्थल

बागलुङ विमानस्थल

आम्दानी : २२ हजार ८ सय

खर्च : १० लाख ५१ हजार

रुकुम विमानस्थल

आम्दानी : ४९ हजार ३ सय

खर्च : १९ लाख ५३ हजार

मनाङ विमानस्थल :

आम्दानी : ५१ हजार ४ सय

खर्च : १० लाख ३० हजार

कांगेलडाँडा विमानस्थल :

आम्दनी : ५४ हजार

खर्च : ५ लाख ५० हजार

मेघौली विमानस्थल :

आम्दानी : ७ हजार आम्दानी

दार्चुला विमानस्थल

ढोरपाटन विमानस्थल

फाल्गुनन्द विमानस्थल

गोरखा विमानस्थल

गुल्मी रेसुंगा विमानस्थल

जिरी विमानस्थल

खिजी चण्डेश्वरी विमानस्थल

लाङटाङ विमानस्थल

महेन्द्रनगर विमानस्थल

मसिनेचौर विमानस्थल

रोल्पा विमानस्थल

स्याङबोचे विमानस्थल

टिकापुर विमानस्थल

कालिकोट विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक’

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?

किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .