No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कसरी कार्यान्वयन हुन्छ एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला ?

कसरी कार्यान्वयन हुन्छ एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला ?

काठमाडौं । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियो । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेपछि सोही नाममा निर्वाचन आयोगले दल दर्ता गरिदिएको थियो ।

तर, त्यो भन्दा पहिले आफ्नो नेतृत्वमा नेकपा पार्टी दर्ता रहेको भनी ऋषि कट्टेलले सर्वोच्चमा रिट दिए । उक्त रिटमा सर्वोच्चले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गर्‍यो ।

सर्वोच्चले कट्टेल नेतृत्वको पार्टीले नेकपा पाउने मात्रै भनेन, एकीकरण हुनुअघि साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा कायम रहने फैसला सुनायो ।

एमाले र माओवादी केन्द्रले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम अनुसार अविलम्ब उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम निर्णय गर्नू भनी निर्वाचन आयोगका नाममा परामादेश पनि जारी गरेको छ ।

सर्वोच्चको यस्तो फैसलापछि तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् । तर उनीहरु पूर्ण रुपमा सक्रिय हुन के के गर्नुपर्छ ? अदालतको निर्णय कार्यान्वयनमा जान केही समय लाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

कार्यान्वयनको प्रक्रिया

सर्वोच्चको आदेश निर्वाचन आयोगमा आइतबार नै पुगिसकेको छ । आयोगले आन्तरिक तयारीपछि अगाडि बढ्ने बाटो तय गर्छ । सोमबार सार्वजनिक विदा परेकाले आयोगले कुनै काम अगाडि बढाएको छैन ।

आयोग स्रोतका अनुसार मंगलबार आयोगमा सर्वोच्चको फैसला कार्यान्वयनबारे छलफल हुनेछ । र राजनीतिक दलहरुलाई सर्वोच्चको फैसला अनुसार आयोगले पत्र पठाउनेछ ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र एकीकरण भएपछि निर्वाचन आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नाममा दल दर्ता भएका थिए ।

अब आयोगले यी चारवटै दललाई पत्र लेखेर ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र ब्यूँतिएको जानकारी दिनेछ ।

पत्र पठाउँदा आयोगले तिवारी नेतृत्वको एमाले र किराती नेतृत्वको माओवादी केन्द्रलाई साविकका दुई दल ब्यूँतिएको भन्दै नयाँ नाममा दल दर्ता गर्न आउन आग्रह गर्नेछ ।

ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई निर्वाचन आयोगले साविकै रुपमा दल राख्ने कि एकीकरण गरेर नयाँ दल दर्ता गर्ने हो सो बारे जानकारी गराउन भन्नेछ ।

‘ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एकीकरण भएर, अर्को नाममा पार्टी दर्ता गर्ने भनेछन् भने तिवारी र किराती नेतृत्वका दल कायम रहन सक्छन् । तर, किरातीले र तिवारीले नै पाउँछन् भन्ने ग्यारेण्टी हुन्न । जो कोहीले पुनः दर्ताका लागि दाबी गर्न सक्छन्’ आयोगका एक अधिकारी भन्छन्, ‘होइन, ओली र प्रचण्डले साविककै दलमा रहने भनेछन् भने सोही अनुसार हुन्छ ।’

ओली र प्रचण्डले जे गरे पनि !

ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मिले पनि नमिले पनि निर्वाचन आयोगलाई अर्को एउटा समस्या छ । उनीहरु मिले नयाँ दलको रुपमा दर्ता गर्नुपर्‍यो ।

उनीहरु नमिलेर साविककै दलमा कायम हुने भएमा त्यही नाममा दर्ता भएका अरु दलको हैसियत के हुन्छ भनी आयोगले भन्नुपर्छ । त्यस्तै नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा विजयी जनप्रतिनिधिको हैसियतबारे पनि निर्वाचन आयोगले बोल्नुपर्नेछ ।

संविधानविद भीमार्जुन आचार्यका भनाइमा दलबाट निर्वाचित प्रतिनिधिको पद दल नरहँदा स्वतः खारेज हुन्छ । ‘संविधान अनुसार नेकपाको तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिको पद स्वत रहँदैन । स्वतन्त्र निर्वाचित भएको भए रहन्थ्यो तर, दलबाट निर्वाचित भएर आएका हुन् । दलै नरहेपछि उनीहरुको पद रहन्न’ संविधानविद आचार्य भन्छन्, ‘संविधान नै नमान्दा जे गर्दा पनि भयो ।’

एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनबाट प्रतिनिधिसभामा एक जना, राष्ट्रिय सभामा १६, प्रदेश सभामा एक जना र स्थानीय तहमा ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २४ वडाध्यक्षसहित नेकपाले ४६ पदमा जित हात पारेको थियो ।

निर्वाचन आयोगका अधिकारीहरुले जनप्रतिनिधिको पदका सम्बन्धमा छलफल गरेर मात्रै भन्न सक्ने जवाफ दिएका छन् ।

अहिले नेकपा नै चिन्छौं : संसद सचिवालय

सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि संसदमा दलको हैसियत के हुन्छ ? भन्ने चासो पनि छ ।

एमाले र माओवादी केन्द्र एउटै लहरमा बस्छन् कि बस्दैनन्, उनीहरुका संसदीय दलका कार्यालय के हुन्छन्, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका रुपमा पाउने सुविधा के हुन्छ ? भन्ने चासो आम रुपमा छ ।

तर, संसद सचिवालयका अधिकारीहरु निर्वाचन आयोगले नटुङ्ग्याएसम्म संसदले नेकपा मात्रै चिन्ने जवाफ दिन्छ ।

‘अहिल्यै संसदमा एमाले र माओवादी केन्द्र भन्ने हुँदैन । निर्वाचन आयोगले विधिवत रुपमा पत्र नपठाएसम्म हामीले चिन्ने नेकपा नै हो’, संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘कहाँ रातारात एमाले र माओवादी चिन्नु ? चिन्दैन, चिन्ने कुरै आएन ।’

प्रवक्ता पाण्डे सर्वोच्चको आदेश संसदलाई नभएर निर्वाचन आयोगलाई भएको बुझ्नुपर्ने बताउँछन् ।

र नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय आयोगले गर्नुअघि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको हैसियत के हुने भन्ने टुङ्गो लगाइनुपर्ने प्रवक्ता पाण्डेको भनाइ छ ।

‘दुई दल एकीकरण भएर नेकपाको नामबाट भएका निर्वाचनसम्बन्धी कामहरुमा आयोगले फैसला दिनुपर्ने हुन्छ । स्थानीय तहदेखि प्रदेश र संघमा जनप्रतिनिधिहरु चुनाव जितेर आएका छन् । राष्ट्रिय सभामा छन् । तीनका भविष्य के हुने भन्ने निरुपण नभई कहाँ एमाले र माओवादी भन्ने हुन्छ ?’ प्रवक्ता पाण्डेले प्रश्न गरे ।

संसद सचिवालयका सचिव गोपालनाथ योगी पनि दलहरुको एकीकरण र विभाजन सबै निर्वाचन आयोगले भनेपछि मात्रै संसदमा देखिने बताउँछन् । ‘निर्वाचन आयोगले आधिकारिक पत्र नलेख्दासम्म संसदले नेकपा नै चिन्छ । एमाले र माओवादी भनेर भन्न सक्दैन’ योगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा

श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा

खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन

खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन

रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .