महाकाली नदिमा अबैध उत्खनन् मा रोक

100
अबैध उत्खनन्

दार्चुला नेपालमा नदिबाट बलुवा तथा अन्य पदार्थको गैरकानुनी ढङ्ग बाट निकलेका घाटना हरु सार्वजनिक हुनु नौलो कुरो हैन । प्रसासनकै मिलेमतोमा बर्खा को समय मा नदिले गर्नेरी जोखिम लाई पनि बेवस्थ गर्दै चोरी निकासी का घाटन हरु दिन प्रती दिन सुन्नमा आइ रहेकै हुन्छन ।यसरी अबैध रुपमा गरिने चोरी निकसिले गर्दा डुबान कटान जस्ता प्रकृतिक बिप्ती को पनि नेपाली जनमानसले सामना गर्दै आइ रहेका छन । जलस्रोतको धनी देश हुँदा हुँदै तटिय क्षेत्रको बिनासले गर्दा उत्पन्न प्राकृतिक बिपतिको सामना हरेक बर्ष जस्तो गर्न परिरहेको छ । मानिसका आसधाराण आवश्यक्ता पुरा गर्नका निमित्त प्रकृतीको बिनास एउटा ठुलो समस्या को रुपम बढीरहेको छ ।

अबैध उत्खनन् तत्कल बन्दको गर्नको लागि सुचना

नेपाल र भारतको सिमा भएर बग्ने महाकाली नदिमा पनि अबैध उत्खनन् हुँदै आइ रहेको थियो जस्ले गर्दा सो क्षेत्रका घरहरु जोखिममा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बंगाबगड तथा अन्य क्षेत्रबाट हुँदै आएको नदि जन्य पदार्थ उत्खनन् कार्य तत्काल बन्द गर्नको लागि महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले मिती २०७७-०४-३२ मा नदि जन्य पदार्थको उत्खनन तत्कल बन्दको गर्न को लागि सुचना निकलेको  बताउनु भयो ।महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगड स्थित तटबन्ध क्षेत्रबाट दिनँहु नदि जन्य पदार्थ उत्खनन हुँदै आएको र अन्य क्षेत्रबाट हुँदै आएको नदि जन्य पदार्थ उत्खनन् कार्य तत्काल बन्द गर्न सुचना आएको कारण त्यस क्षेत्र का स्थानय आज सुचना खारेज को माग रख्दै सड्कमा उतृय्का छन ।