काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ ।
समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । रोशन कार्की, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी र रामेश्वर श्रेष्ठ निर्वाचन समितिको सदस्य रहेको राप्रपाले जनाएको छ ।














