• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’


‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

विराटनगर । प्रदेश १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समिति प्रदेश १ को सोमबारको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

सरकारको निर्णयले जनताले दुःख पाउने देखिएपछि तत्काल कार्यान्यन नगर्न निर्देशन दिइएको समिति सभापति शिवनारायण गनगाईले बताए । उनका अनुसार प्रदेश सरकारले झापाको विर्तामोडमा दुई बिगाहा १४ कट्ठामा रहेको सरकारी ट्रायल सेन्टर बन्द गरेर एक बिगाहामा रहेको निजी ट्रायल सेन्टरलाई सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालनका लागि दिने तयारी गरेको थियो ।

सोमबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव, यातायात कार्यालयका प्रमुखसहितका प्रतिनिधिलाई बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको गनगाईले बताए ।
प्रदेश सरकारले पुस दोस्रो साता सवारीचालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो ।

यातायात व्यवस्था कार्यालयको आफ्नै स्वामित्वको ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने निर्णय गरेपछि सार्वजनिक लेखा समितिले छानविन गरिरहेको छ । ‘सरकारी स्वामित्वमा रहेको २ विगाहा १४ कट्ठा जग्गामा रहेको ट्रायल सेन्टर बन्द गरेर एक विगाहामा रहेकोलाई जिम्मा दिने तयारी छ,’ उनले भने, ‘नयाँ सेन्टरमा पार्किङ छैन, पर्याप्त स्पेस पनि नभएकाले तत्काल निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बागमती प्रदेश सरकारले बनाएको ऐनमा भने सवारी चालक अनुमतिपत्र १०-१० वर्षमा नवीकरण गर्ने व्यवस्था
  • २०७७ फाल्गुन १७, सोमबार २०:१४
  • In "देश"
  • पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने
  • २०७७ फाल्गुन १७, सोमबार २०:१४
  • In "थप"
  • समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
  • २०७७ फाल्गुन १७, सोमबार २०:१४
  • In "BannerNews"
Tags: #यातायात#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सेयर बजारमा ४० अंकको सुधार

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

ओली समूहको रणनीति : अविश्वास असफल पार्ने, अधिवेशन छोट्याउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version