जनकपुरधाम । धनुषामा मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँलिका वडा नं. ७ कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महरा रहेका छन् ।
जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत कुम्हरौडा नजिक सडक छेउको नालामा अाइतबार बिहान उनी मृत फेला परेका हुन् ।
स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए । बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक रामको शव मुचुल्का गरि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने प्रहरीले तयारी गरेको छ ।
घटनन विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।