• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारका प्रवक्ता भन्छन् : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ


सरकारका प्रवक्ता भन्छन् : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् ।

सर्वोच्चको फैसलापछि आफूहरु पनि के गर्ने हो भन्ने अन्योलमा परेको भन्दै गुरुङले फैसला पुरै हेर्दा प्रधानमन्त्रीलाई राजीनामा गर्नु हुँदैन भनेको दावी गरे । ‘सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको छ, बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय भएको फैसला गरेको छ’ उनले भने ।

गुरुङले सर्वोच्चको फैसलाको अंश नै पढेर सुनाए ।

‘सार्वभौम सत्ता सम्पन्न जनतासमक्ष सरकार बनाउने प्रतिवद्धताका साथ चुनावमा भाग लिई जनप्रतिनिधिका रुपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिको दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमतप्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्नेबाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । चुनावमा जनताबाट बहुमत प्राप्त गरेपछि संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री दिनु त्यो संसदीय दल र जनप्रतिनिधिको संवैधानिक कर्तव्य र दायित्व हुन जान्छ भने संसदीय दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद संसदप्रति उत्तरदायी भई राज्य सञ्चालन गर्नु संवैधानिक र नैतिकताको विषय पनि हो ।’

यो अंश सर्वोच्चको फैसलाको पृष्ठ ९ मा रहेको भन्दै गुरुङले यही कारण प्रधानमन्त्री ओली संवैधानिक र नैतिक हिसाबले जिम्मेवारीबाट भाग्न नपाइने बताए । ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ सम्मानननीय प्रधानमन्त्रीले अहिले राजीनामा गर्नुहुन्न’ गुरुङले भने ।

संसद बैठक आह्वान भइसकेको भन्दै गुरुङले प्रधानमन्त्री ओलीे संसदीय प्रक्रियाबाटै अघि बढ्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?
  • २०७७ फाल्गुन १७, सोमबार १८:१५
  • In "देश"
  • यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह
  • २०७७ फाल्गुन १७, सोमबार १८:१५
  • In "देश"
  • प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी
  • २०७७ फाल्गुन १७, सोमबार १८:१५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

सर्वोच्चको फैसलाले ओली पाहाझैं पछारिए : प्रचण्ड

पोखरा रंगशालामा ओलीले भने : म पनि अलिअलि टोले खेलाडी हो

सिरहामा निर्घात कुटपिटबाट अस्पताल नपुग्दै अजितको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version