No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

 काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे पार्टीको अडानलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नोकझोँक भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा बुधबार सभापति र वरिष्ठ नेताबीच भएको विवाद व्यक्तिगत विषयसम्म पुगेपछि अरु नेताहरुले रोक्नुपर्‍यो ।

नेताहरुका अनुसार २ बजे बोलाइएको कार्यसमिति बैठकअघि संस्थापन इतरका नेताहरु पौडेलको कार्यकक्षमा भेला भएका थिए । नेताहरुले अब संसद पुनर्स्थापना हुनुपर्छ भनेर पार्टीले प्रष्ट अडान लिनुपर्ने भन्दै पौडेललगायतका नेताको ध्यानाकर्षण गराए ।

लगत्तै पौडेलसँगै कृष्ण सिटौला लगायतका नेताहरु सभापति देउवाको कार्यकक्षमा गए । त्यहाँ पार्टीको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिकासँगै प्रतिनिधिसभा विघटनमा पार्टीले लिएको अडानबारे छलफल भएको थियो । एक नेताका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव सुनाएका थिए । यसबारे भोलि विहान अनौपचारिक छलफल गर्ने र दिउँसो केन्द्रीय कार्यसमितिबाट टुंगो लगाउने सहमति जुट्यो ।

तर संसद पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्ने पौडेल र सिटौला पक्षको अडानमा देउवा सहमत भएनन् । पौडेल केन्द्रीय कार्यसमितिमा आफ्नो मत राख्छु भन्दै निस्किए र, बैठकको सुरुमा बोलेका उनले प्रष्ट तीन अडान राखे ।

पहिलो : संसद पुनर्स्थापना हुनुपर्छ भनौं

दोस्रो  : संवैधानिक परिषदले गरेको नियुक्ति खारेज गर्नुपर्छ भनौं

तेस्रो : प्रदेश सरकारहरुविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरौं

वरिष्ठ नेता पौडेलले संसद विघटनलाई असंवैधानिक भन्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय स्मरण गर्दै संसद पुनर्स्थापना हाम्रो माग हो भन्नुपर्ने धारणा राखेका थिए । ‘अब अलटाल गरेर हुँदैन । कांग्रेसले आफ्नो धर्म निर्वाह गर्नुपर्छ, सत्यको पक्षमा उभिन सक्नुपर्छ’ उनले भने, ‘नभए यो प्रश्नले कांग्रेसलाई लखेटिरहन्छ । कांग्रेस इतिहासको कठघरामा उभिनुपर्ने हुन्छ ।’

एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन्, प्रधानमन्त्री बनाइदिन्छन् भन्ने भ्रममा नपर्न सभापति देउवालाई खबरदारी गरेका छन् । कांग्रेसले संसद पुनर्स्थापना हुनुपर्छ भन्नासाथ सकिने भन्दै उनले भनेका छन्, ‘किनकी संविधानमा टेक्ने ठाउँ छैन । यदि नियत खराब राख्यो भने प्रधानमन्त्री र प्रतिपक्षले चुनाव भनिरहेको छ भनेर फैसला आउने हो । त्यस्तो टेक्ने ठाउँ किन दिने ?’

उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक भनेको तर त्यही अध्यादेशअनुसार बैठक गरेर भएका नियुक्तिहरुबारे पनि पार्टीले प्रष्ट बोल्नुपर्ने बताए । ‘असंवैधानिक अध्यादेशअनुसार भएको नियुक्ति मान्दैनौं भन्नौं’ पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले प्रदेश सरकारहरुविरुद्ध  प्रदेशसभामा दर्ता भएका अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गर्नुपर्ने धारणा राखे । ‘जसले ल्याएको भए पनि अहिले अविश्वासको प्रस्तावमा मत हालौं, सरकार जान्छ । त्यसपछि के गर्ने छलफल गरौैंला’ उनले भने, ‘तलको कमिटीहरुलाई लामो समयसम्म अलमलमा नराखौं ।’

पौडेल लगत्तै सभापति देउवाले धारणा राखे । ‘नबोलुँ भन्ने थियो, रामचन्द्रजीले बोलेपछि केही भन्नैपर्ने भयो भन्दै बोलेका उनले पौडेलको प्रतिवाद गरेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर आफ्नै अगुवाईमा निर्णय भएको उनले बताए । तर अदालतलाई यही गर भनेर धम्क्याउने, जुलुस निकाल्ने जस्तो काम नगर्ने उनले संसद पुनर्स्थापना हुनुपर्छ भनेर निर्णय गर्नुपर्ने पौडेलको मागलाई अस्वीकार गरे । आफूले प्रधानमन्त्री पदलाई वास्ता नगरेको र पार्टीलाई के गर्दा फाइदा हुन्छ भनेर हेरेको देउवाले दावी गरे ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिबारे पौडेलले उठाएको प्रश्नमा उनले सभामुख बैठकमा नगएका कारण यो सब भएको जिकिर गरे । देउवाले अघि भने, ‘जयबहादुर चन्द परिहाल्यो, अब बोल्दैन भनेको मैले बुझेको छैन र ?’

देउवा बोलिरहँदा पूर्वमहामन्त्री कृष्ण सिटौलाले प्रश्न गरे, ‘सभापतिजीको कुराले त संसद विघटन असंवैधानिक छ भन्ने निर्णयबाट पनि पछाडि हटेको हो कि भन्ने भयो त ?

वरिष्ठ नेता पौडेलले पार्टीले चुनाव नभई संविधान हुनुपर्ने मात्र के भनेका थिए, देउवा उनीमाथि खनिए । उनले ‘संविधान तपाईलाई मात्र थाहा छ ? सांसद नभएको तपाई र सिटौलाजीलाई मात्र संसद चाहिएको छ ?’ भन्दै व्यक्तिगत रुपमा खनिएपछि बैठकमा तनावपूर्ण माहौल बनेको एक नेताले बताए ।

अरु नेताहरुले व्यक्तिगत कुरामा नजानुस् भन्दै रोकेपछि बैठक अगाडि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .