No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि  फागुन १६ गतेसम्म  निवेदन माग गरेको छ ।  कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड, २०७७ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

कर्मचारी समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड-१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई जो जहाँ छ त्यहीँ बसेर काम गर्न निर्देशन दिएको थियो ।

जसका कारण स्वास्थ्य समायोजनले पूर्णता पाएको थिएन । कतिपयको समायोजन निर्णय भए तापनि पत्र लिइसकेका थिएनन् भने कतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए ।

अन्य सेवाका कर्मचारीको समायोजन मिलान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको छ । तर स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानका लागि सामान्यले विशेष अधिकार नै दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफैँ गर्न भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

‘धेरै समूह र विधाका कर्मचारी भएका कारण पनि अन्य समूहभन्दा स्वास्थ्य सेवाको कर्मचारीको समायोजन सुरुवाती चरणबाटै जटिल बन्दै गएको थियो ‘ उनले भने, ‘योजना अनुसार काम अघि बढ्यो भने फागुन महिनाभित्रमा हामी समायोज मिलान सक्छौं ।’

स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् । तिनै कर्मचारीले संघबाट प्रदेश र स्थानीय तह, प्रदेशबाट प्रदेश, प्रदेशबाट स्थानीय तह तथा स्थानीय तहबाट स्थानीय तहमा समायोजन/ मिलानको लागि निवेदन दिन सक्नेछन् । समायोजनमा जान जाहेको कर्मचारीले समायोजनमा जान चाहेको स्थानमा दरबन्दी रिक्त हुनुको साथै समायोजन भएको तहबाट अहिले समायोजन हुन चाहेको तहको पूर्वसहमतीको पत्र बुझाउनु पर्नेछ । त्यसैगरी, संघका कर्मचारी स्थानीय तहमा जादाँ जागिर खाएको अवधि ३ वर्ष पुगेको हुनुपर्नेछ ।

कर्मचारी समायोजन/मिलान गर्नको लागि  मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समायोजन मिलान सिफारिस समिति बनाएको मन्त्रालयका प्रशासन महाशाखा रेग्मी बताउँछन् ।

रेग्मीका अनुसार २९ माघमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी बनेको स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार काम गर्नका लागि सो समिति बनाइएको हो ।

समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सह-सचिव रेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री र कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन् ।

सो समितिलाई समायोजन मिलानका लागि प्रक्रिया पुगेर आएका निवेदनलाई स्वीकृत गर्ने, माग भएअनुसार कागजपत्र नभएकालाई पुनः कागजात मागी निर्णय गर्ने, विशेष अवस्था (फाजिलमा रहेका, दरबन्दी बढी भएका ठाउँमा रहेर समस्या भएका, पहिले पत्र नुबझेका, स्थान फरक परेका आदि) रहेकाहरुको निर्णय गर्ने अधिकार दिइएको छ । त्यसैगरी प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्द गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्द गर्ने अधिकार छ ।

मन्त्रालयले समायोजनको पहिलो प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जान चाहने कर्मचारीलाई राखेको छ । त्यसैगरी प्रदेशबाट संघ, प्रदेशबाट प्रदेश, संघबाट संघका कर्मचारी त्यसपछिका समायोजन मिलानका प्राथमिकतामा छन् । प्रशासन प्रमुख रेग्मीले भने,  ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७ अनुसार हामीले कर्मचारी समायोजन मिलान गर्ने भए तापनि त्यसको सम्पूर्ण अधिकार स्वास्थ्य मन्त्रालयलाई छ, केही निर्णय मन्त्रालय आफैँले गर्न सक्छ ।’

समायोजन ऐन २०७४ अव्यावहारिक

समायोजन ऐन-२०७४ व्यावहारिक नभएको भन्दै धेरै गुनासो परेपछि २०७७ भदौ १को मन्त्रीस्तरीय निर्णय गरी समस्या सम्बोधन गर्न समायोजन मिलान गर्न सक्ने निर्णय गरेको थियो । त्यतिबेला संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने निर्णय गरिएको थियो ।

पुरानो ऐन अव्यावहारिक रहेको निष्कर्ष निकालेपछि सामान्य प्रशासन मन्त्रालयले ७ माघमा कर्मचारी समायोजन मिलानसम्बन्धी कार्ययोजना ल्याएको थियो । त्यसमा स्थानीय तहमा जाने कर्मचारीले जाने र छोड्ने दुवै तहका प्रमुख र प्रशासकीय प्रमुखको हस्ताक्षर भएको खाली दरबन्दीको पत्र पेस गर्नुपर्ने, संघको कर्मचारी प्रदेश या स्थानीय तहमा जाने हुँदा कम्तीमा ३ वर्ष कार्यवधि भएको हुनुपर्ने, समायोजनमा चित्त नबुझी अदालतबाट स्टे अर्डर पाएका कर्मचारीको पूर्ण फैसला आउँदाका बखतकै लागू हुनेगरी तत्काल मिलान गरिने र स्वास्थ्य सेवाका कर्मचारीको मिलानको हकमा मन्त्रालयले आफैँ मापदण्ड तय गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .