No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?


के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि यस्ता योजनाहरूको संख्या बढिरहेको पाइन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार सामूहिक लगानी कोष योजनालाई दुई किसिमको अवधारणामा व्याख्या गरिएको छ । एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । यी दुई योजनाहरूका आ-आफ्नै विशेषताहरू हुन्छन् ।

सुरुमा बन्दमुखी योजनाहरू मात्र सञ्चालनमा रहेकोमा योजना व्यवस्थापकको रूपमा सेवा प्रदान गर्दै आइरहेको संस्था एनआइबिएल एस क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक खुलामुखी योजना सञ्चालनमा ल्याएर आमलगानीकर्ताहरूलाई एउटा नयाँ किसिमको वित्तीय उपकरण प्रयोग गर्न सक्ने वातावरण प्रदान गरेको छ ।

सञ्चालनमा आएको पहिलो वर्ष नै यस योजनाका इकाई धनीहरूलाई राम्रो प्रतिफल दिएर आफूलाई नेपालको धितोपत्र बजारमा स्थापित गराउन सफल भएको योजनाको बारेमा हामी केही बताउँदैछौं ।

के हो सामूहिक लगानी कोष र नेपालमा यसको सञ्चालन कसरी हुने गरेको छ ?

सामूहिक लगानी कोष भन्नाले समान वित्तीय उद्देश्य भएका स-साना लगानीकर्ताहरूबाट लगानीयोग्य रकम संकलन गरी ठूलो कोषको रूपमा सो रकमलाई दक्ष तथा अनुभवी व्यवस्थापकको प्रत्यक्ष निगरानीमा विभिन्न वित्तीय उपकरणहरू (जस्तैः सेयर, डिभेन्चर, मुद्दती निक्षेप आदि) मा लगानी गरी लगानीकर्ताहरूलाई जोखिम न्यूनीकरण गर्दै समुचित प्रतिफल दिन सक्ने एक वित्तीय औजार भन्ने बुझिन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामूहिक लगानी कोष नियमावली २०६७ को प्रावधानमा रहेअनुसार संगठित संस्थाले सर्वप्रथम सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपश्चात् सामूहिक लगानी कोष दर्ता गर्न सकिन्छ र यसअन्तर्गत विभिन्न म्युचुअल फण्ड योजनाहरू सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिन्छ । यस्ता योजनाहरूलाई मुख्यतः दुई प्रकारमा विभाजन गर्ने गरिएको छ, एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना ।

के हो खुलामुखी योजना ?

विभिन्न प्रकारका सामूहिक लगानी कोष योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हँुदैनन् र यसका इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रतिइकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा इकाईहरू योजना व्यवस्थापक वा तोकिएको वितरकहरूमार्फत सजिलै रूपमा खरिद/बिक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ जसले गर्दा खरिदकर्ता/बिक्रीकर्ता खोजिरहनुपर्ने झण्झटबाट लगानीकर्ता मुक्त हुन्छन् ।

यस्ता योजनाहरूको आकारसमेत थपघट भइरहने हुन्छ, जस्तो लगानीकर्ताहरूले इकाईहरू खरिद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने बिक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । साथै, निश्चित समयावधिमा परिपक्क हुने नभई निरन्तर सञ्चालनमा रहिरहने हुन्छ ।

के कस्ता कुराहरूमा खुलामुखी योजना बन्दमुखीभन्दा फरक हुन्छ ?

सामूहिक लगानी कोषअन्तर्गत रहने खुलामुखी र बन्दमुखी योजनाहरूका बीच केही फरक हुन्छन् । तिनीहरूको आ-आफ्नै विषेशताहरू रहेका हुन्छन् ।

योजनाको आकारमा हुने परिवर्तनमा भिन्नता :

बन्दमुखी योजनामा योजनाको आकार सुरुमा नै तय गरेर प्राथमिक बजारमा निष्कासन गरिएको हुन्छ । जस्तैः ७ वर्ष, १० वर्ष वा योजनाले निर्धारण गरे बमोजिमका लागि र सो अवधि नसकिएसम्म फण्डको आकार परिवर्तन हुँदैन । तर इकाई धनीहरू भने परिवर्तन भइरहेका हुन्छन् ।

तर, खुलामुखी योजनामा भने एकपटक प्राथमिक बजारमा निष्कासन गरिसकेपछि इकाईहरूको खरिद तथा बिक्रीको अनुपातमा योजनाको आकार पनि परिवर्तन हुने हुन्छ ।

बजार मूल्य वा कारोबार मूल्यको निर्धारण :

बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा यसको बजारमूल्य बजारमा रहने माग र आपूर्तिको आधारमा हुन्छ भने खुलामुखी योजनाको हकमा भने योजनाको योजना व्यवस्थापकले दैनिक रूपमा गरिएको खुद मूल्यको गणनाको आधारमा कारोबार मूल्य निर्धारण हुने हुन्छ ।

खुलामुखी योजना परिपक्व हुने निश्चित समय नहुने :

खुलामुखी योजनाको परिपक्व हुने निश्चित समय बन्दमुखी योजना जस्तो निर्धारण गरिएको हुँदैन । बन्दमुखी योजना भने केही निर्धारित समयपश्चात स्वतः खारेज भएर जान्छ भने खुलामुखी योजना निरन्तर सञ्चालनमा रहने गर्छ ।

खुलामुखी योजनामा इकाइ खरिदकर्ता वा बिक्रीकर्ता खोजिरहनु नपर्ने :

बन्दमुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने हुँदा इकाईहरूका खरिदकर्ता वा बिक्रीकर्ता दोस्रो बजारमा नै निर्धारण हुने हुन्छ । तर यसको ठीक विपरीत खुलामुखी योजनामा भने योजना आफैँले खरिदकर्ता वा बिक्रीकर्ताको भूमिका निर्वाह गर्ने गर्छ जसले गर्दा इकाई धनीहरू खरिदकर्ता वा बिक्रीकर्ता खोजिरहनुपर्ने बाध्यताबाट यस्तो प्रकारको योजनामा मुक्त हुने गर्दैछन् ।

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबीएल सहभागिता फण्ड’

‘एनआईबीएल सहभागिता फण्ड’, नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोष नियमावली, २०६७ लागू भएपश्चात नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोषको योजना हो । यो योजना निस्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट मिति २०७६/०१/०९ गते स्वीकृती प्राप्त गरी एनआईबीएल म्युचुअल फण्डअन्तर्गत नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको कोष व्यवस्थापक रही योजनाका इकाई धनीहरूको हित र जोखिमलाई संरक्षण गर्दै समुचित प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको छ ।

खुलामुखी योजनाको रूपमा रहेको ‘एनआईबीएल सहभागिता फण्ड’ को मूल्य निर्धारण कसरी हुने गर्छ ?

‘एनआईबीएल सहभागिता फण्ड’ को मूल्य निर्धारण बन्दमुखी योजनाको जस्तै बजारको माग र आपूर्तिर्को आधारमा हुँदैन यसको दैनिक रूपमा गणना हुने खुद सम्पत्ति मूल्यको आधारमा हुने गर्छ । सुरुमा निष्कासित इकाईहरू प्रतिइकाई रु. १० मा बिक्री गरी बाँडफाट गरिसकेपश्चात दैनिक रूपमा योजना व्यवस्थापकले उक्त योजनाको खुद सम्पत्ति मूल्य निर्धारण गर्छ र सोही दैनिक प्रतिइकाई खुद सम्पत्ति मूल्यमा इकाईको कारोबार हुने गर्छ । उदाहरणका लागि योजनाको इकाईहरू पुनः खरिद तथा बिक्री खुला भएपश्चात कुनै एकदिन (मानौं २०७७ माघ २५ गते) को खुद सम्पत्ति मूल्य प्रतिइकाई रू १४.७६ निर्धारण भएको छ भने पछिल्लो दिन (२०७७ माघ २६ गते) सोही निर्धारित खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले बिना झण्झट इकाई खरिद तथा बिक्री गर्न सक्नेछन् । यसका अनुसार न्यून बिक्री शुल्क भने लाग्नेछ ।

यसको अर्थ खुलामुखी योजनाको बजार मूल्य भनेकै दैनिक रूपमा निर्धारण गरिएको खुद सम्पत्ति मूल्य भन्ने बुझिन्छ र सो मूल्य निर्धारण नेपाल धितोपत्र बोर्डले तोकिदिएको समीकरण बमोजिम गणना गरी दैनिक रूपमा आम लगानीकर्ताहरूलाई योजना व्यवस्थापकको वेवसाइट तथा अनलाईनमार्फत जानकारी गराइन्छ ।

यस योजनाका इकाईहरू खरिद वा बिक्री गर्ने प्रक्रिया

बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने साथै धितोपत्र दलालमार्फत कारोबार नहुने हुँदा योजना व्यवस्थापकको कार्यालय तथा योजना व्यवस्थापकले तोके बमोजिमको विभिन्न वितरकहरुको कार्यालयहरूबाट लगानीकर्ताहरूले चाहेको समयमा सहज तथा बिनाझण्झट योजनाको निर्धारित प्रतिइकाई खुद सम्पत्ति मूल्यमा इकाई खरिद वा बिक्री गर्न सक्नेछन् । हालै एनआईबीएल एस क्यापिटल लिमिटेडले ‘एनआईबीएल सहभागिता फण्ड’का इकाईहरू अनलाईनमार्फत् खरिद वा बिक्री गर्नका लागि स्वचालित कारोबार प्रणालीको व्यवस्था समेत गरेको छ जसका लागि लगानीकर्ताहरूले क्यापिटलको वेवसाइट (www.niblcapital.com) वा https://mutualfund.niblcapital.com मार्फत् अनलाइन आवेदन गर्न सक्नेछन् र भुक्तानीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको ई-बैङ्किङ, खल्ती वालेट र कनेक्ट आईपीएस प्रयोग गरेर गर्न सकिने व्यवस्था मिलाइएको छ ।

‘एनआईबीएल सहभागिता फण्ड’ मा अन्र्तनिहीत अन्य योजनाहरू

‘एनआईबीएल सहभागिता फण्ड’ अन्तर्गत रहेका अन्य विभिन्न योजनाहरू मार्फत पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

व्यवस्थित लगानी योजना

यस योजनामा लगानीकर्ताहरूले व्यवस्थित लगानी योजना अर्थात् सिस्टम इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत् समेत इकाईहरू खरिद गर्न सक्छन् । के हो त एसआईपी ? पूर्वनिर्धारित लगानी योग्य रकमलाई नियमित समय अन्तरालमा गरिने लगानीको एक व्यवस्थित विधिलाई व्यवस्थित लगानी योजना भनिन्छ । सामान्य भाषामा भन्नुपर्दा यस योजनाका इकाईहरू खरिद गर्न बिक्रीकर्ताको आवश्यकता नपर्ने हुँदा लगानीकर्ताले एउटा निश्चित समय अन्तराल जस्तैः मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिकमध्ये कुनै एकका लागि निश्चित रकम निर्धारण गरी नियमित रूपमा यस योजनामा लगानी गर्न सक्छन् ।

यो सुविधाको प्रमुख उद्देश्य भनेको लगानीकर्तालाई नियमित बचत गर्नका लागि अभिप्रेरित गर्नु नै हो । साथै, सानो रकमबाट पनि सुरु गर्न मिल्ने भएकाले भविष्यमा ठूलो बचतको रूपमा उपभोग गर्न सकिन्छ र यस योजनामा सहभागी हुन वा यस योजनाबाट बाहिरिन कुनै पनि शुल्क नलाग्ने हुँदा लगानीकर्तालाई अतिरिक्त लागत भार पर्दैन । साथै, नियमित रूपमा विभिन्न मूल्यमा निरन्तर इकाईहरूको खरिद गरिने हुनाले औसत् लगानी मूल्य समायोेजन भई लगानीको लागत मूल्य नै कम भई उच्च प्रतिफलको सम्भावना बढेर जान्छ ।

वार्षिक प्रतिफल पुनः लगानी योजना

यस योजनाले इकाई धनीहरूलाई योजनाले आर्जन गरेको मुनाफाको आधारमा वार्षिकरूपमा मुनाफा वितरण गर्न सक्ने हुन्छ । यसरी मुनाफा वितरण गर्दा इकाई धनीहरूको निर्देशन बमोजिम इकाई धनीले पाउने मुनाफा रकम बराबर यसै योजनाको अरू थप इकाई खरिद गर्न सक्ने सुविधा प्रदान गर्छ ।

व्यवस्थित लगानी फिर्ता योजना

यस योजनामा लगानीकर्ताहरूले गरेका लगानीलाई एक व्यवस्थित ढंगले आफ्नो लगानी रकमलाई नियमित समय अन्तराल जस्तैः मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिकमध्ये कुनै एकका लागि निश्चित रकम निर्धारण गरी नियमित रूपमा यस योजनाबाट फिर्ता लिएर जान सक्नेछन् । सरल भाषामा भन्नुपर्दा यस योजना अन्तर्गत लगानीकर्ताहरूले आफूले लगानी गरेको एकमुष्ठ रकमलाई आफ्नो आवश्यकता अनुसार पूर्वनिर्धारित समय अन्तरालमा नियमित रूपमा फिर्ता लिएर जान सक्ने सुविधा हो ।

उदाहरणका लागि कुनै एक लगानीकर्ताले यस योजनामा जम्मा एक लाख लगानी गरेकोमा उसले नियमित मासिक १० हजार रुपैयाँ फिर्ता लिएर जाने निर्देशन दिएको छ भने उसले आफ्नो लगानी रकम एक लाख रुपैयाँमध्ये हरेक महिना १० हजार रुपैयाँ फिर्ता लिएर जान सक्ने सुविधा प्राप्त गर्छ । यो किसिमको सुविधाको प्रमुख उद्देश्य भनेको लगानीकर्ताहरूको नियमित रूपमा आउने कुनै वित्तीय आवश्यकतालाई व्यवस्थित ढंगले व्यवस्थापन गर्नु नै हो । यसर्थ, यस्तो सुविधामार्फत लगानीकर्ताहरूले भविष्यमा आइपर्नसक्ने वित्तीय आवश्यकता सहजै पूरा गर्न सक्छन् ।

‘एनआईबिएल सहभागिता फण्ड’ को के-कस्ता क्षेत्रहरूमा लगानी हुने गर्छ ?

यस योजनाका इकाई धनीहरूको हित तथा जोखिम अवस्थालाई मध्येनजर गरी नेपाल धितोपत्र बोर्डले जारी गरेको नियमावली तथा निर्देशिकाहरूको अधीनमा रही सरकारी तथा संस्थागत ऋणपत्रहरू, विनिमय बजारमा सूचीकृत भएका धितोपत्रहरू, प्राथमिक बजारमा निष्कासित धितोपत्रहरू, अन्य सामूहिक लगानी कोषका योजनाहरू, बैङ्क तथा वित्तीय संस्थामा निक्षेप जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरू साथै स्वीकृत प्राप्त अन्य क्षेत्रहरूमा लगानी गर्छ ।

‘एनआईबीएल सहभागिता फण्ड’का इकाई धनीहरूले कस्तो प्रकारको प्रतिफल प्राप्त गर्ने गर्छन् ?

दक्ष तथा अनुभवी व्यवस्थापकहरू मार्फत योजना सञ्चालन हुने हुँदा योजनाले वार्षिकरूपमा समुचित मुनाफा प्रतिफलको रूपमा वितरण गर्न सक्नेछ । योजनाका इकाई धनीहरूलाई मुनाफा वितरण गर्दा योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा गणना गरी वितरण गर्ने गर्छ । साथै, वितरण गरी बाँकी रहेको खुद सञ्चित मुनाफा आवश्यकता अनुसार पुनः लगानीका लागि उपयोग गर्छ । यसरी मुनाफा वितरण गर्दा नगद मुनाफा रकम मात्र वितरण गर्छ वा इकाई धनीहरूको सहमतिको आधारमा मुनाफा बराबरको रकम पुनः लगानी गरी सोही योजनाको थप इकाई वितरण गर्न सक्नेछ । साथै, इकाई धनीहरूले आफूले खरिद गरेको मूल्यभन्दा माथि मूल्यमा बिक्री गरेमा पुँजीगत लाभको रूपमा समेत प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस योजनाले सञ्चालनमा आएको पहिलो वर्ष नै ८.२५ प्रतिशत लाभांशको रूपमा वितरण पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post
‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात

चीनसँगका दुबै नाका फेरि बन्द

चीनसँगका दुबै नाका फेरि बन्द

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...