No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

 वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ ।

घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् ।

प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो नेतृवको टोली खटाएको थियो । पक्राउ परेका कुशवाहले घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ ।

मृतक कान्तीदेवीको परिवार र धनेश्वरीबीच जग्गा जमिन लगायत विषयमा किचलो थियो । सोही रिसईबी साँध्नका लागि अपराधिक मनोवृत्तिका लालबाबुको साथ लिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही बताउँछन् ।

‘लालबाबु अपराधिक मनोवृत्तिका मानिस रहेछन्, उनलाई धनेश्वरीले उक्साएर घटना घटाएको देखिन्छ’ उनले भने ‘लालबाबुले नै मारेको हो त्यसमा कुनै शंका छैन । उसलाई प्रलोभनमा पारिएको हो वा के गरिएको हो अनुसन्धान पछि खुल्छ ।’

पटक पटक अपराध र जेल सजाय

लालबाबु कुशवाह ०६५ सालदेखि ०६१ सालसम्म तीन वटा डाँका मुद्धा, हातहतियार तथा खरखजना र सार्वजनिक अपराधको १/१ मुद्धामा पक्राउ परी सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारा वञ्जरिया–५ बस्ने ओम प्रकाश महतो धानुकले ०५६ कात्तिक ७ गते उजुरी गरेका थिए ।

उनले घरमा धनमाल लुटपाट गरेको भन्दै डाँका मुद्धा दर्ता गराएका थिए । त्यस्तै बाराको तत्कालिन बरियारपुर गाविस–९ बस्ने राम नारायणप्रसाद यादवले ०६१ साउन २६ गते र बाराकै तत्कालिन बघवन गाविस–१ बस्ने उपेन्द्र जयसवालले पनि डाँका मुद्धा दर्ता गरेका थिए । यादवले २ लाख ३६ हजार ४ सय रुपैयाँ बराबरको र जयसवालले २२ हजार ८ सय ८६ रुपैयाँको धनमाल लुटेको आरोप लगाएका थिए ।

०५७ चैत ११ गते केही सार्वजनिक अपराध विरुद्ध र २०५८ पुस ११ गते हातहतियार तथा खरखजना मुद्धामा उजुरी परेको थियो । प्रहरीले गस्तीको क्रममा कलैया उपमहानगरपालिका– ६ बाट कुशवाहलाई कटुवा बन्दुक १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरेको थियो । यी सबै घटनामा उनले अदालतबाट सजाय पाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
सरकारलाई राजश्व, कर्मचारीलाई बोनस, व्यवसायीलाई कमिसन, उपभोक्तालाई मूल्यवृद्धि

सरकारलाई राजश्व, कर्मचारीलाई बोनस, व्यवसायीलाई कमिसन, उपभोक्तालाई मूल्यवृद्धि

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .