No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ


जब मेरो कहानीको उदेकलाग्दो ‘दुःखान्त’ हुन्छ

‘ओइ मुला, आज फिल्म देखाउँछु भनेको हैन ?’ बिदुरले गुच्चा खेलेको ठाउँमै गुप्त रहस्य खोलिदियो । मलाई सरम लाग्यो । वाक्य फुटेन । अघिल्लो साँझ खेल्दै गर्दा उसँग मैले ‘फिल्म देखाउने’ कुरा गरेको थिएँ ।

चैत्र–वैशाखको याम । लेकको घाम उति रापिलो हुँदैन । बरु बेलाबखत बेपत्तासँग बतास चल्छ । भर्खर फक्रिदै गरेको आरुबखडाको फूलहरुसँगै धुलो उड्छ । धुलोले हामी केटाकेटी धुस्रोफुस्रो हुन्छौं । हातको छाला खस्रो भएको छ । सिँगान पुछ्दा–पुछ्दा नाक मुनिको भाग रातो भएको छ । यस्तो हुलियामा सुकिलो माटो खोज्दै हिँड्छौं, गोजीभरि गुच्चा बोकेर ।

ओभानो ठाउँमा गुच्चा खेल्न गाउँभरका केटाकेटी नियमितजसो हाजिर हुन्छन् । कोही खेलाडी, कोही रमिते । सानोभाइ उर्फ त्रिविक्रम गुच्चाका तगडा खेलाडी । उनको खल्ती भरिन्छ । बाँकी गुच्चा मुखभित्र बोक्छन् । गुच्चामा धुलो र घोडाको मलमूत्र दलिएको छ भन्ने कुराको के मतलब ? बस्, चोर औंलाले फित्कौली बनाएर हानेको गुच्चाले बेतोडसँग निसाना बनाएको गुच्चालाई टक्कर दिनु पर्यो ।

‘देखाउँछस् ?’ बिदुर मलाई छाड्नेवाला छैन ।

हिम्मतसाथ म देखाउँछु को भावमा टाउको हल्लाउँछु । फिल्म देखाउने हल्ला फैलन्छ । दौतरीहरुको अवोध एवं जिज्ञासु आँखा ममाथि सोझिन्छ । म दृढ छु । तर, उनीहरुले पत्याए पो !

बिदुरसँगै निर्विकल्प पनि मेरो टिममा सामेल हुन्छन् । दुबै भाई फिल्म हेर्न चाहनेहरुलाई पैसा उठाउने योजना बनाउँछन् । जनही, दुई रुपैयाँ ।

यो त्यति नै ठूलो रकम हो, जतिले श्याम सर वा कमल काकाको घरमा टेलिभिजन हेर्न पुग्छ । गाउँभरमा त्यही दुई ठाउँमा टेलिभिजन छ, चौध इन्चको श्यामश्वेत । तर, टेलिभिजन हेर्ने साइत कहाँ सहजै जुर्छ ?

यसका लागि ब्याट्री चार्ज भएको हुनुपर्छ । एन्टिना र बुस्टरले काम गरेको हुनुपर्छ ।  चित्रलहर, अलिफ लैला, चन्द्रकान्ता, एक से बढकर एक वा फिल्म आउने दिन हुनुपर्छ । त्यसपछि चाहिन्छ, श्याम सर वा कमल काको मुड ।

टेलिभिजन च्यानल भनेको एउटै छ, दिल्ली दूरदर्शन । भारतीय समय आठ बजेको समाचारपछि बल्ल त्यसमा मनोरन्जनको कार्यक्रम सुरु हुन्छ । हतार–हतार भात खाएर हामी टीभी हेर्ने घरमा थुप्रिन्छौं । चिसो भूँइमा पलेटी कसेर व्यग्रतापूर्वक कार्यक्रम पर्खन्छौं । दर्के झरी वा हुरी चल्यो भने खेल खत्तम ।

म कनीकुथी फिल्मको प्लट तयार गर्छु । निलिमालाई पनि यस्तो परिकल्पनामा डुब्न खुब रहर लाग्छ । चिया बगानभित्र पारिलो घाम ताप्दै निलिमालाई कथा सुनाउँछु । तर, उनलाई कथाको ‘क्लाइमेक्स’सम्म पुग्ने धैर्यता हुँदैन

एन्टिना हल्लिन्छ र स्क्रिनमा ‘झिर्ररररर’ आवाज आउन थाल्छ । त्यस्तो स्क्रिनमा पनि हामी एकटकले दृष्टि बिछ्याइरहन्छौं । कतिबेला सिग्नल टिप्छ र धमिलो दृश्य देखिएला भनी एकोहोरिन्छौं ।

गाउँभरका केटाकेटीको भिड लाग्ने, हाँस्ने–छिल्लिने, आँगनमा मुत्र बिसर्जन गरिदिने, भित्तामा चुइगम टाँसिदिने भएकाले हुनुपर्छ, टीभी भएको घरमा हामीले सजिलै प्रवेश पाउँदैनौं । टीभी हेर्नका लागि कहिले पैसा तिर्नुपर्ने हुन्छ, कहिले बाख्रालाई घाँस काटिदिनुपर्ने हुन्छ ।

भीम भाउजू मनकारी छिन् । हामी केटाकेटीको पैसा उनले नै भुक्तान गरिदिन्छिन् । त्यति मात्र कहाँ हो र, हिरो–हिरोइनले हिन्दीमा बोल्ने डायलगलाई नेपालीमा उल्था गरिदिन्छिन् । यी धराने भाउजू हिन्दी फिल्मकी खाँट्टी दर्शक ।

फिल्मको ह्याङओभर हामीमा तीन/चार दिनसम्म रहन्छ । चाहे घाँस–दाउराका लागि जंगल जाँदा होस् वा पढ्नका लागि विद्यालयमा, हामी त्यही फिल्मको डायलग फलाक्दै हिँड्छौं । घत लागेको दृश्य वा पात्रको बखान गर्छौं । स्कुले सहपाठीका अगाडि हिरोइज्म देखाउने चेष्टा गर्छौं । उस्तै परे फाइट खेल्न तम्सिन्छौं ।

काँस फूलेर चिहानडाँडा सेताम्मे हुन्छ । मन्द बताससँगै त्यसका फूलहरु लहराउँछ । कञ्चन निलो आकास र माइपोखरीमाथिको डाँडामा उड्दै गरेका सेता बादलको टुक्राहरु । बाँसका पातहरु आपसमा घर्षण हुँदा एकनासले बज्ने ‘सिर्रर’ ध्वनी । वस्, यति नै काफी छ मिलन र मलाई सुदूर कल्पनामा डुबुल्की लगाउनका लागि ।

हामी त्यो मनोहर पृष्ठभूमिमा फिल्मका नानाभाँती दृश्यहरु बुन्न थाल्छौं । अनि, उन्यु काट्न बोकेको हँसिया मिल्काएर ‘सोचेंगे तुम्हे प्यार कर के नही, यो दिल बेकरार कर के नही’ गाउँदै बेपत्तासँग नाच्न थाल्छौं ।

म कनीकुथी फिल्मको प्लट तयार गर्छु । निलिमालाई पनि यस्तो परिकल्पनामा डुब्न खुब रहर लाग्छ । चिया बगानभित्र पारिलो घाम ताप्दै निलिमालाई कथा सुनाउँछु । तर, उनलाई कथाको ‘क्लाइमेक्स’सम्म पुग्ने धैर्यता हुँदैन । मेरो कथालाई बीचमै मोडेर निलिमाले अन्तैतिर पुर्याइदिन्छन् । मेरा पात्रहरुलाई उनले अर्कै भूमिका बोकाइदिन्छन् । त्यसैले निलिमा र मेरो ‘फिल्म बनाउने’ मनगणन्ते कल्पनाको कहिल्यै ‘ह्याप्पि इन्डिङ’ हुँदैन । अक्सर हावामा उड्छ ।

एक सहपाठी छन्, शरद । हलक्क हुर्किएका उनको अनुहार पनि बान्की मिलेको छ । त्यसैले उनी आफुलाई ‘हिरो’ भन्ठान्छन् । शरदमा ‘हिरो’को भरपुर लक्षण देखिन्छ । बेलामौकामा हामी कटेरामा बसेर फिल्मको अभ्यास गर्छौं । म उनलाई डायलग दिन्छु । ऊ संवादसहितको अभिनय गरिदिन्छन् । त्यसपछि ‘कस्तो लाग्यो त ?’को भावमा उनले आँखीभौं तन्काएर ममाथि जिज्ञासा राख्छ । ‘बबाल’ शैलीमा म टाउको हल्लउँछु । ऊ परम सन्तोष मान्छन् ।

शरदको अर्को विशेषता के भने, टीभीमा देखेको हात–हतियार ऊ दुरुस्तै खिप्न सक्छन् । उसले ‘महाभारत’ मा पाण्डव–कौरवले प्रयोग गर्ने धनुस–बाँण बनाएका छन् । अगाडि तीखो र पछाडि फुर्का भएको । ऊ हाम्रो अगाडि गफ दिन्छ, ‘यसले त मृग पनि मार्छ ।’

विदुरलाई शिकारको खुब सौख छ । एकदिन सरदलाई फकाई–फुल्याई धनुस–बाँण लगेर जान्छ । तर, उसले मृग त के भर्खर ओथराबाट निस्किएको कुखुराको चल्ला पनि मार्न सकेको छैन । शरदले धनुस–बाण फिर्ता माग्छ । बिदुर अनेकथरी गफ दिएर टार्न खोज्छ । शरद ढिपी गर्छन् । आखिर पोल खुल्छ, चल्लालाई ताक्दा–ताक्दै बिदुरले बाँण दुई टुक्रा बनाएछ । त्यसलाई जोड्ने अनेक यत्न गर्दा पनि नभएपछि ऊ आजित हुन्छ । अन्ततः शरदसँग आत्मसर्मण गर्ने निधो गर्छ ।

उनीहरुबीच म नै मध्यस्थकर्ता बन्छु । मिलन र शरदको घरको कुनामा लुसुक्क बसेर हामी एकबुँदे सर्तसहित यो लफडा टुंग्याउँछौं । सर्त छ, ‘जतिबेला विदुरले मेगी चाउचाउ वा दही–चिउरा खान्छ, त्यसको आधा भाग शरदलाई पनि दिनुपर्ने ।’

टर्चको चहकिलो प्रकाश पातलो पर्दा छिचोलेर सोझै हाम्रा आज्ञाकारी दर्शकको आँखा तिर्मिर्याउन पुग्छ । सुरेन र रेखाको बाङ्गो–टिङ्गो छाया त माल्दिदीको घरको सिलिङमा पो सल्बलाउन थाल्छ । हत्तेरी ! ठीक यही बखत घरबाट उर्दी जारी हुन्छ, ‘सिरकको खोल झट्ट ल्याउनु रे’

शरदलाई चाउचाउ र दही–चिउरा ख्वाउँदा–ख्वाउँदा बिदुर गलिसकेका छन् । सम्भवतः ऊ केही नयाँ काम गरेर शरदलाई फकाउन वा हराउन चाहन्छ ।

यद्यपि बिदुरलाई रसरंगमा भने उस्तो चासो छैन । एकदिन म उनलाई जादु देखाइदिन्छु, उनकै टर्च लाइटको सहायताले, उनकै घरको कोठामा । त्यसपछि त बिदुर कुनै आविष्कारकले नयाँ कुरा अन्वेषण गरे झै फुर्किन्छन् ।

बिदुरले ड्याडीको कोठाबाट चार वटा ‘एभरेष्ट’ सेल ब्याट्री लाग्ने ठूलो टर्च लाइट निकाल्छ । टुकी बत्ती बालेर म कालो ध्वाँसो टर्चको सिसामा लगाउँछु । त्यसमा मान्छे वा त्यस्तै आकृति बनाउँछु । विदुर उत्सुकतापूर्वक मेरो चर्तिकला हेरिरहन्छ ।

झ्याल–ढोका बन्द गर्न लगाउँछु । कोठमा निष्पट अध्याँरो छाउँछ । म टर्च बालेर  त्यसको प्रकाश भित्तामा फोकस गर्छु । टर्च लाइट तलमाथि वा बाङ्गो–टिङ्गो बनाउँछु । भित्तामा आकृति नाच्न थाल्छ । बिदुर हेरेको–हेर्यै ।

‘भोलि–पर्सि माल्दिदीको घरमा  फिल्म देखाउनुपर्छ’ मख्ख पर्दै उद्घोष गर्छु । बिदुर विनासर्त र विनातर्क मलाई पत्याउँछन् । उसको साथ पाएपछि मेरो आत्मविश्वास पहाड झैं अग्लिन्छ ।

म कल्पन्छु– टर्चको फोकस गरेर सेतो पर्दामा फटाफट फिल्मको नाम आएको । त्यसपछि पर्दा पछाडि मधुरो पाश्र्व ध्वनि गुञ्जिएको । अनि मान्छेको सग्लो छाँया पर्दामा विभिन्न भावभंगिमा प्रस्तुत भएको । क्या आइडिया !

म यसै मख्ख छु । भात खाँदा, जंगल जाँदा, स्कुलमा पढ्दा, गुच्चा खेल्दा ‘फिल्म देखाउने’ आफ्नै स्वैरकल्पनामा मग्न हुन्छु ।

साँझ छिप्पिन नपाउँदै माल्दिदीको घरमा अड्डा जमाउन पुग्छौं । माल्दिदीको सानो झुपडी हामी केटाकेटीका लागि ठूलो मैदान हो । त्यहाँ जे गर्न पनि छुट छ । केटाकेटीमाथि उनको सधैँ स्नेह र हार्दिकता पोखिन्छ ।

सरोज, सुवास, झमेस, विकल्प, हेमकला, उज्वल, मन्दा, सौरभ, हिमा भएभरका केटाकेटी थुप्रिँदैछन् । भिड यसरी लाग्दैछ, मानौं त्यहाँ गतिलै चटक हुनेवाला छ । सबैजना केटाकेटी चिसो भुँईमा थचक्क बसेका छन्, आज्ञाकारी भएर । अलि नटेर्ने निलिमा, अशोक, अमृता ढोका र झ्यालबाट चिहाइरहेका छन् । सबैको आँखा अघिल्तिरको सेतो पर्दामा जोतिएको छ ।

भित्तामा थोरै खाली ठाउँ राखेर शीरको सेतो खोल टाँगिएको छ । योजनाअनुसार हामीले टर्चलाइट, वाकमेन, अडियो क्यासेट, टुकी बत्तीको बन्दोबस्त गरिसेका छौं । सुरेन र रेखालाई पनि फकाइसकेको छौं, नाच्नका लागि ।

टुकी बत्ती बालेर टर्चको सिसामा कालो पोतेपछि त्यसमाथि उल्टो अक्षरले फिल्मको ‘टाइटल’ लेख्छु । टर्चको प्रकाश पर्दामा फोकस गर्छु । त्यहाँ अक्षर देखिन्छ । तर, मैले कल्पेजस्तो पाश्र्व ध्वनि बज्दैन । अर्थात पर्दा पछाडि लुकाएर वाकमेनमा गीत प्ले गर्ने र टर्च लाइट बाल्ने तालमेल मिल्दैन ।

फिल्म हेर्न बसेका केटाकेटी ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भावमा उठ्न खोज्छन् । हामी उनीहरुलाई धैर्यधारण गर्न लगाउँछौं । त्यसपछि पर्दा पछाडि दुई छेउमा सुरेन र रेखालाई उभिन लगाउँछौं । वाकमेनमा गीत तयार गर्छौं । टर्च लाइटलाई पछाडि मध्य भागमा लगेर राख्छौं । यहाँसम्म सबै कुरा ठीकठाक छ ।

वाकमेनमा रोमान्टिक गीत बज्छ, ‘आँखिया मिलाऊ कभी आँखिया चुराउँ, तुने किया जादू…’

सुरेन र रेखालाई नाच्ने इशारा गर्छु । टर्च लाइट अन गर्छु । तर, मैले सोचें जसरी उनीहरु नाँच्दै गरेको छायाँ पर्दामा प्रतिविम्वित हुँदैन । टर्चको चहकिलो प्रकाश पातलो पर्दा छिचोलेर सोझै हाम्रा आज्ञाकारी दर्शकको आँखा तिर्मिर्याउन पुग्छ । सुरेन र रेखाको बाङ्गो–टिङ्गो छाया त माल्दिदीको घरको सिलिङमा पो सल्बलाउन थाल्छ । हत्तेरी !

ठीक यही बखत घरबाट उर्दी जारी हुन्छ, ‘सिरकको खोल झट्ट ल्याउनु रे ।’ बिदुरको ड्याडी टर्चलाइट खोज्दै त्यही आइपुग्न सक्छन् । केटाकेटी खिसीट्युरी गर्दै हिँड्छन् । हाम्रो अनुहार अरु फुस्रो हुन्छ । हामीले कल्पिएझैँ फिल्म देखाउने योजनाको ‘ह्याप्पी इन्डिङ’ हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’

भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .