काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौदि्रक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।
कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले बताएको छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु ल्याएन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने सरोकारवालाहरुको अपेक्षा छ ।

















