No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘प्रधानमन्त्री पद अयोग्य मान्छेका हातमा पुग्यो’


‘प्रधानमन्त्री पद अयोग्य मान्छेका हातमा पुग्यो’

तपाईंहरुलाई केपी ओली सर्वसत्तावादी हुन् भन्ने लागेको होला । होइन । उनी सर्वसत्तावादी हुन खोजेका होइनन् । ओलीको ढंग नपुगेको हो । शुरुमै ढंग पुर्‍याउन नसकेका हुन् ।

सरकार बनेपछि ओलीले संघीयतासँग जोडिएका ३५० जति कानून बनाउनुपर्ने थियो । पहिलो पटक कानून बनाउने उत्तम अवसर पाएका थिए । जसरी २०४८ मा कांग्रेस नेतृत्व सरकारलाई रोक्न सकिँदैनथ्यो, त्यसैगरी यसपटक कानून निर्माण गर्न ओली नेतृत्वको सरकारलाई कसैले रोक्न सक्दैनथ्यो ।

तर, ओली दुई तिहाइको चक्करमा लागे । जबकि, दुई तिहाइ चाहिने भनेको कानून उल्ट्याउन मात्रै हो । कानून बनाउन दुई तिहाइ चाहिँदैनथ्यो । उनले चाहेअनुसार, काम गर्न सक्थे । भूमिसुधार बनाउन चाहेको भए बन्थ्यो, सम्पत्ति जफत गर्न कानून बनाएको भए पनि बन्थ्यो । जति पनि कानून आफ्नो पक्ष (लेफ्टहरुको सरकार भएकाले लेफ्टिज्म) को कानून बनाउन सक्थे ।

नेकपालाई दुई तिहाइ नै चाहिँदैनथ्यो । दुई तिहाइ चाहिनुपर्ने कुनै आधार छैन । उपेन्द्र यादव ल्याएर मिसाउनुपर्ने जरुरी थिएन । अहिले बनेको कानून बदल्नचाहिँ दुई तिहाइ चाहिन्छ । जसरी ओलीले प्रगतिगामी कानून बनाएका छन्, त्यसलाई भत्काउन दुई तिहाइ चाहिने भएकाले अबको समस्या हो । तर, ओलीसँग सरकार बनाउने ढंग भएन ।

राज्य सञ्चालन गर्न योग्य मान्छे ओली छँदै थिएनन् । पढाइलेखाइले, बुझाइले, संगठन गराइले, आम मान्छेसँग सम्पर्कको हिसाबले, अरु कुनै हिसाबले ओली योग्य छँदै थिएनन् । तर, प्रधानमन्त्री पद अयोग्य मान्छेको हातमा पुग्यो

आफ्नो सरकारले के काम गर्नुपर्छ भन्ने योजना थिएन । जबकि ऊसँग पूर्ण बहुमत थियो । २०४८ मा कांग्रेसले १०९ चाहिनेमा ११२ मात्रै ल्याएको हो । अहिले दुई तिहाइ नजिकको बहुमत थियो । केही गर्नलाई अप्ठ्यारो/गाह्रो थिएन । तर, ओलीसँग के बनाउने ? कस्तो राज्य बनाउने ? कसको पक्षमा राज्य बनाउने ? कसरी राज्यलाई व्यवस्थित गर्ने भन्ने जानकारी थिएन ।

उनले संकीर्ण टीम बनाए । ‘डी ग्रेड’का मान्छे राखेर योजना आयोग बनाए । ‘डी ग्रेड’ पनि क्षमता नभएकाहरु राखेर मन्त्रिपरिषद् बनाए । योग्यता र क्षमता भएका मान्छेहरू पाखा पारे । त्यसो भएपछि सरकारको कार्यसम्पादन राम्रो हुन सक्दैनथ्यो ।

ओलीसँग गतिलो योजना बनाउने मान्छे भएन । अर्थतन्त्र व्यवस्थित गर्ने मान्छे भएन । कसको सरकार बनाउने भन्ने हेक्का भएन । गरीब, मजदुर, किसान वा कसको सरकार ? ओलीसँग आइडिया नै थिएन । आइडिया नभएपछि जस्तो सरकार बन्यो, त्यसैले जिम्मा लिइहाल्यो ।

अर्थ मन्त्रालयलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जिम्मा लियो । अर्थ मन्त्रालय ओलीको नियन्त्रणमा रहेन । योजना आयोग पनि विश्व बैंक र आईएमएफकै कब्जामा गयो ।

अर्थ मन्त्रालय र योजना आयोग अरुकै नियन्त्रणमा गएपछि जनताको पक्षमा योजना र कार्यक्रम बनेन । सरकारले जुन मान्छेहरुलाई सम्बोधन गरिनुपर्थ्यो, त्यो भएन । जबकि, हामीले जस्ता जनआन्दोलनहरु गर्यौं, जस्ता युद्धहरु भए, त्यसले संरचनागत रुप लिएको थियो ।

यो सरकारले सम्पत्ति र नगद कसरी वितरण गर्ने, कर व्यवस्थापन र सुधार कसरी गर्ने भन्ने तय गर्नुपर्थ्यो । शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्न सक्ने संस्था कस्तो बनाउने भन्नेतिर ध्यान दिनुपर्ने थियो । तर, काम उल्टो भयो । त्यसैका लागि २०६२/०६३ सालको जनआन्दोलन भएको थियो, २०४६ को परिवर्तन पुगेको थिएन ।

२०४६ को परिवर्तनले खाद्यान्न समस्या हल गरेको थिएन, औद्योगीकरणको समस्या थियो । रोजगारी पाइरहेका थिएनन् । शिक्षा र स्वास्थ्यको कुरा थियो । छोराछोरीहरु पढाउन सक्ने सामर्थ्य आम मानिसमा थिएन । तर, ओलीसँग यस्तो योजना र कार्यक्रम नै थिएन ।

जब बुद्धि र क्षमता मान्छेमा हुन्न, तब अरूले नै प्रयोग गर्ने भए । यो राज्य सञ्चालन गर्न योग्य मान्छे ओली छँदै थिएनन् । पढाइलेखाइले, बुझाइले, संगठन गराइले, आम मान्छेसँग सम्पर्कको हिसाबले, अरु कुनै हिसाबले ओली योग्य छँदै थिएनन् । तर, प्रधानमन्त्री पद अयोग्य मान्छेको हातमा पुग्यो । अयोग्य मान्छेलाई अरुले जसरी नचाउँछन्, त्यसरी नै नाँच्ने हो । भारतले नचाए, प्रयोग गरे । अनि, अमेरिकनहरूले नचाए होलान् । मूल कुरा ओली असक्षम थिए । अर्काले बिगारे भन्नुको अर्थ बिग्रन तयार हुनु पनि हो ।

ओली असक्षम हुनु विश्व बैंक र आईएमएफलाई अवसर बन्यो । त्यसै पनि हामीले अपनाएको राज्य संरचना विश्व बैंक र आईएमएफलाई मन परेको थिएन । हाम्रोमा जुन सहजताका साथ दलित, जनजाति, महिला लगायतले जसरी संसदमा उपस्थिति पाएका छन्, त्यति सहजता भारतमा पनि छैन । त्यसैले उनीहरु हाम्रो संरचना भत्काउन चाहन्थे ।

त्यसका लागि आईएमएफ र विश्व बैंक पहिले अर्थतन्त्र नियन्त्रणमा राख्न चाहन्थे । अर्थतन्त्र नियन्त्रणमा लिएपछि प्रणाली भत्किँदै गयो । सरकारले काम गर्न सकेन । सामान्य मानिसको पक्षमा काम हुनै सकेन । ओली नेतृत्वमा सरकार बनेको दुई वर्ष पुग्दासम्म डाङडुङ असफल भइगयो ।

२०७६/०७७ को बजेट ६ महिनामै दश प्रतिशत घटाइयो । सात प्रतिशत कर असुली हुँदैन भनेर फोहोर साल मंसिरमा दश प्रतिशत बजेट घटाउनु भनेको सरकार असफल हुनु हो । अर्थात्, त्यो भनेको संरचना असफल भएको भन्ने अर्थ लाग्छ । यो कुरा ओलीले पनि राम्रोसँग बुझे । अनि, यसैलाई ढाकछोप गर्नतिर लागे । पहिले कोरोना महामारीलाई प्रयोग गरे अनि लकडाउन गरिदिए ।

संविधानवादको रक्षा भनेको नयाँ शिराबाट जनआन्दोलन नै हो । अहिले नागरिक समाजले तेस्रो जनआन्दोलन भनिरहेको छ । तर, तेस्रो जनआन्दोलन हो कि अब क्रान्तिकारी फड्को नै मार्नुपर्ने हो, त्योचाहिँ भविष्यको कुरा हो

यो कुरा पार्टीभित्रै पनि उठ्न थाल्यो । किनभने, सरकार असफल हुँदा नोक्सान त पार्टीलाई हुन्थ्यो । अनि, सरकारको समीक्षा पार्टी बैठकको एजेण्डा बन्ने भएपछि नेकपाको विवाद सतहमा आयो । वैशाखदेखि पुससम्मको लामो अन्तरकलह हुँदै नेकपा विभाजन भयो । ओली अहिले पनि अनेक कुरा गरेर आफ्नो अक्षमता ढाकछोपकै प्रयास गरिरहेका छन् ।

नयाँ शिराबाट जनआन्दोलन

ओलीको अक्षमता माथि विश्व बैंक र आईएमएफको प्रयोगले संसद् विघटन र नेकपा विभाजनसम्म त आइपुग्यो । तर, मुलुकलाई अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास अझै रोकिएको छैन । अदालतसँग आशा थियो । तर, जब संवैधानिक निकायहरुको नियुक्ति असंवैधानिक तरिकाले सिफारिस र नियुक्ति गरियो । यसपछि कोर्स नै भत्कियो ।

राष्ट्रपतिले त ओलीले जे पस्कनु हुन्छ, त्यही ग्रहण गर्नुभयो । स्वविवेक भन्दा पनि ओलीले के चाहनु हुन्छ, त्यो पूरा गर्न राष्ट्रपति लाग्नुभयो । बुधवार संवैधानिक निकायहरुमा सिफारिस गरिएकाहरुको शपथ ग्रहण समारोहमा गएपछि भने प्रधानन्यायाधीशले पनि दुनियाँको आँखामा कसरी छारो हाल्ने भन्ने जस्तो कुराकानी गर्नुभएको छ । किनभने, जुन शपथ थियो, उनीहरुको मुद्दा उहाँकै इजलासमा छ । अनि, उहाँ त प्रधानन्यायाधीश हो । सर्वोच्च अदालतमा मुद्दा परेको उहाँलाई जानकारी नभएको त होइन होला । संवैधानिक निकायमा अवैधानिक नियुक्ति हो भन्ने कुरा प्रधानन्यायाधीशलाई थाहा नहुने कुरा त भएन । यसरी मुद्दा चल्दाचल्दै शपथ ग्रहणमा जानु त हुँदैनथ्यो ।

अर्कातिर, विपक्षी दलका सभापति शेरबहादुर देउवा बोल्नुभएको छैन । तर, उहाँले भाग पाउनुभएको छ । भागमा पाएको मान्छे नियुक्त पनि हुनुभएको छ । अर्थात्, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलको नेता र राष्ट्रियसभाका अध्यक्ष संविधानमाथि खनिनु भएको छ । पाँचै संस्था खनिएपछि यो प्रणाली जोगिन्छ भन्ने कल्पना गर्न गाह्रो छ ।

जसले संविधान मान्नुपर्ने हो, संविधानवाद मान्नुपर्ने हो । जुन संविधानवादकै जगमा उहाँहरु उभिनु भएको छ । त्यो आधार भत्काउन पाँचै संस्थाको नेतृत्व लाग्नुभएको छ । जसले संविधानवाद जोगाउनुपर्ने हो, उहाँहरुले भत्काउन लागेपछि प्रणाली जोगाउन गाह्रो हुन्छ । अझ, खड्गप्रसाद ओली संघीयता र धर्म निरपेक्षता खारेज गर्दै हुनुहुन्छ भन्ने चर्चा छ । यो भनेको संविधान उखेलेर फालेको हुन्छ, समापनको कुरा हुन्छ ।

संविधानवादको रक्षा भनेको नयाँ शिराबाट जनआन्दोलन नै हो । अहिले नागरिक समाजले तेस्रो जनआन्दोलन भनिरहेको छ । तर, तेस्रो जनआन्दोलन हो कि अब क्रान्तिकारी फड्को नै मार्नुपर्ने हो, त्योचाहिँ भविष्यको कुरा हो ।

(अर्थ–राजनीतिक विश्लेषक रोकासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
वक्यौता रकम बुझाउन ११ एयरलाइन्सलाई ३० दिने म्याद

वक्यौता रकम बुझाउन ११ एयरलाइन्सलाई ३० दिने म्याद

क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान

क्लाउड बिजनेसमा गुगललाई घाटा, वार्षिक साढे ५ अर्ब डलर नोक्सान

खुला उद्यान बनाउने योजना अलपत्र

खुला उद्यान बनाउने योजना अलपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .