No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खुला उद्यान बनाउने योजना अलपत्र

खुला उद्यान बनाउने योजना अलपत्र

काठमाडौं । वन्यजन्तुको खुला उद्यान बनाउने सरकारी योजनाहरु अलपत्र परेका छन् । भक्तपुरको सूर्यविनायक र तनहुँको भानुमा बनाउने भनिएका यस्ता प्राकृतिक चिडियाखाना अहिलेसम्म अलमलमा छ ।

सन् २०११ मा राष्ट्रिय प्रकृति संरक्षण कोषले जाउलाखेलको सदर चिडियाखानाको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसवर्ष भक्तपुरको सूर्यविनायक क्षेत्रको जंगललाई खुला चिडियाखाना (ओपन जु)का रुपमा विकास गर्ने गरि अध्ययन नै भयो । सम्भाब्य देखिएको निष्कर्ष निकालेको एक दशकसम्म सो योजना अलपत्र छ ।

सूर्यविनायकमा बन्ने खुला चिडियाखानाको लागि कार्यालय भवन बनेको ४ वर्ष बित्यो । चिडियाखाना रहने क्षेत्रमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।

२०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले यो चिडियाखाना बनाउने निर्णय गरेको थियो । २०७३ असार ९ गते तत्कालीन प्रधानमन्त्री केपी ओली आयोजनाको शिलान्यास गरेका थिए । २ वर्षभित्र काम सकेर चिडियाखना सञ्चालन गर्ने भनिएपनि आधारभूत काम पनि सकिएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सकिएको छैन । विभागका प्रवक्ता हरिभद्र आचार्य डीपीआर तयार भइसकेपछि मात्र २४५ हेक्टर वन क्षेत्रमा चिडियचाखानाको भित्री संरचनाको तयारी सुरु हुने बताउँछन् ।

चिडियाखाना बनाउने योजना छिटो अघि बढाउन स्थानीयले पनि माग गरिरहेका छन्’, उनी भन्छन्, ‘तर, वन्यजन्तु रहने ब्लकहरुको निर्धारण डीपीआरअनुसार नै हुने भएकाले बाँकी काम अघि बढ्न सकेको छैन ।’

सूर्यविनायकका ७ वटा सामुदायिक वनले चिडियाखाना राख्न सहमति दिएका छन् । १४.२ हेक्टर वन क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र पनि बनाउने योजना छ ।

जाउलाखेलबाट सार्ने–नसार्ने अन्योल

जाउलाखेलको चिडियाखाना जम्मा करिब ६ हेक्टर क्षेत्रफलमा छ । सूर्यविनायकमा खुला चिडियाखाना बनेपछि यताको वन्यजन्तु उता सार्ने कि जाउलाखेलमै चिडियाखाना चलाइरहने भन्नेमा मतान्तर छ ।

कतिपय सरकारी अधिकारी र विज्ञ सीमित संख्यामा वन्यजन्तु राखेर जाउलाखेलको चिडियाखना चलाइ राख्नुपर्ने मत राख्छन् भने कोही सहरबीचको चिडियाखाना वन्यजन्तुको स्वास्थ्य र सुरक्षामा उपयुक्त नहुने भएकाले सार्नपर्ने पक्षमा छन् ।

वन्यजन्तुविद् डा. उदयराज शर्मा सूर्यविनायकमा खुला चिडियाखाना खोल्नु सकारात्मक भएपनि जाउलाखेलको चिडियाखाना बन्द गर्न नहुने मत राख्छन् ।

सहरबीचमा रहेको यो चिडियाखाना धेरैको लागि सहज पँहुचमा रहेको र यसले बालबालिकाको शैक्षिक चेतनास्तर विकासमा राम्रो सहयोग गरिरहेको उनी बताउँछन् । यसलाई थप व्यवस्थित गरेर चलाउन पर्ने उनी बताउँछन् ।

चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेल सहरमा चिडियाखाना हुँदा कहिलेकाहीँ सहर पस्ने चितुवा लगायतका वन्यजन्तु नियन्त्रणमा लिन पनि सहज भएको बताउँछन् । चिडियाखानाका जनावरलाई भने सहरको प्रदूषणले असर पारेको उनी बताउँछन् ।

जाउलाखेलमा ११० प्रजातिका करिब एक हजार वन्यजन्तु राखिएका छन् । वन्यजन्तु र तिनका प्रजाति घटाउँदै लगिएको चिडियाखानाका प्रमुख पोखरेल बताउँछन् । सानो घेराभित्र राखिएका वन्यजन्तुले प्राकृतिक वातावरण पाएका छैन ।

तिनको वृद्धि पनि हुन सकेको छैन । पटक–पटक विभिन्न रोगव्याधीले सताइएका छन् । ‘सहरी प्रदूषणले मान्छेको स्वास्थ्यमा असर गरिरहेको बेला वन्यजन्तु त्यसबाट अछुतो रहने कुरै भएन,’ चिडियाखानाका प्रमुख पोखरेल भन्छन्, ‘यस बिषयमा व्यवस्थित अध्ययन पनि हुन सकेको छैन ।’

वन्यजन्तुविद् शर्मा चिडियाखाना क्षेत्रमा कपुरका बोटहरु र पानीका मूल पनि रहेकोले यसलाई वन्यजन्तु सुहाउँदा हुनेगरि व्यवस्थापन गर्न सकिने बताउँछन् । ‘चिडियाखानाहरु बनाउन विदेशी दातृ निकायले सहयोग गर्दैनन्,’ उनी भन्छन्, ‘सरकारले आवश्यक ठानेको परियोजना आफैंले लगानी गरेर अघि बढाउनुपर्छ ।’

तनहुँको योजना पनि अलपत्र

तनहुँमा नेपालको सबभन्दा ठूलो चिडियाखाना बनाउने योजना पनि चारवर्षदेखि अलपत्र छ । तनहुँको भानु–घाँसीकुवा नगरपालिकाको छिर्केनीभञ्ज्याङ वन क्षेत्रमा ‘प्राणी उद्यान’ निर्माण प्रक्रिया २०७३ सालबाटै अघि बढाइएका थियो ।

प्रत्येक प्रदेशमा एउटा प्राणी उद्यान बनाउने सरकारी योजनाअनुरुप अगाडी बढेको यो उद्यानको काम पनि चलिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता आचार्य बताउँछन् ।

४२५ हेक्टर क्षेत्रफलमा फैलिने तनहुँको प्राणी उद्यानमा नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राख्ने योजना छ । लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिलाई प्राथमिकता दिने योजना छ । यसलाई वन्यजन्तुको अध्ययन केन्द्रका रुपमा विकास गर्ने योजना छ ।

पर्या–पर्यटनको विकासका लागि सूर्यविनायक र भानुको प्राणी उद्यान कोसेढुंगा सावित हुने विभागको दावी छ । जंगलमै राखिने भएकाले यस्ता उद्यानमा घुम्न जानु नेपालमा नयाँ किसिमको अनुभव हुने प्रवक्ता आचार्य बताउँछन् ।

यस्ता योजनाको प्रगति भने निरासाजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

Next Post
ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

तीन वर्षसम्म कर्मचारीले बुझाएनन् जिससको ल्यापटप

तीन वर्षसम्म कर्मचारीले बुझाएनन् जिससको ल्यापटप

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .