No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

काठमाडौं । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ ।

नेपाली दूतावासका एक अधिकारीले कोभिड–१९ नियन्त्रण आएपछि मात्रै दुईपक्षीय व्यापार सहज हुने जवाफ चिनियाँ पक्षले दिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘महामारी नियन्त्रणका लागि तिब्बत सरकारले लिएका विभिन्न कदमका कारण कार्गाे ओसार–पसारमा समस्या आएको चिनियाँ अधिकारीहरुले बताइरहेका छन् ।’

उनका अनुसार, चिनियाँ अधिकारीहरुले कोरोना संक्रमणको हिसाबले तिब्बत एकदमै संवेदनशील स्थानमा रहेकाले नियन्त्रणका लागि विभिन्न कदम चालेको जानकारी गराएका छन् । यसको अर्थ हो, चीन तिब्बतमा महामारी फैलन सक्ने वहानामा नेपालसंगको व्यापार नाका सहज पार्न तयार छैन ।

‘कठिनाइका बावजुद नेपाल जाने ट्रकको संख्या क्रमशः बढाउने आश्वासन भने दिएका छन्’, नेपाली दूतावासका ती अधिकारी भन्छन्, ‘कर्मचारी तहको वार्ताबाट सीमा नाका सहज हुने अवस्था देखिएको छैन ।’

उच्च तहबाट भने यसबारे गम्भीर पहल भएको छैन । जस्तो– केही दिन अगाडि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यि बीच भएको टेलिफोन वार्तामा यो विषय उठेन । टेलिफोन वार्तामा दुवै पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा यसबारे केही उल्लेख छैन ।

लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक, विभिन्न ठूला आयोजनाका उपकरण लगायतका सामान लोड गरिएका सयौं कन्टेनर चीनतर्फको सीमामा रोकिएका छन् । पटक पटकका अनुरोध र दबावपछि केही कन्टेनर नेपाल आउन दिइए पनि रसुवागढी र तातोपानी नाकालाई सुनसान राखिएको छ ।

चिनियाँतर्फबाट भएका उच्च तहको वार्तामा पनि यो एजेण्डाले ठाउँ पाएको छैन । नेपाली नेताहरुले पनि यस विषय केही बोलेका छैनन् ।

नेपाल–चीन सम्बन्धका विज्ञहरु चीनले आफ्ना नागरिक सुरक्षालाई उच्च प्राथमिकता दिएका बेला सुरक्षितरुपमा नाका खोल्न नेपाली पक्षले गतिलो पहलकदमी नगरेको बताउँछन् ।

नेपाल–चीन अध्ययन केन्द्रका उपाध्यक्ष उपेन्द्र गौतम विशेषतः नेपालतर्फ पूर्वाधार निर्माणमै ध्यान नगएर समस्या आएको बताउँछन् । ‘अहिले मानव स्वास्थ्य सुरक्षाको विषय एकदमै प्रमुख हो, यसबाट सबै जोगिनुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘जनताको स्वास्थ्य बाहेक नेपालतर्फ सुरक्षित ढुवानी गर्न पूर्वाधारको पनि अभाव छ ।’

चिनियाँ नाका बन्द भएको यो पहिलोपटक भने होइन । २०७२ सालमा महाभूकम्पलाई बहाना बनाएर चीनले बन्द गरेका नाकाहरु करिब चार वर्षपछि सीमित रुपमा खुले ।त्यतिबेला भूकम्पको बाहनामा सुरक्षाका अन्य कारणले नाका बन्द गरेको थियो ।

त्यतिबेला उसले नेपालमा ‘स्वतन्त्र तिब्वत’ सम्बन्धी गतिविधिको विषय उठाएको थियो । त्यसबाहेक, भूकम्पमा नेपालतिर सडक पूर्वाधार पनि ध्वस्त भएको थियो ।

त्यसपछि खुल्दै, बन्दै हुँदै आएको नाका कोभिड–१९ का कारण फेरि बन्द भयो । बेलाबेलामा खुले पनि भूकम्पअघिको अवस्थामा पुग्न सकेको छैन । चीनले बेला–बेलामा केही ट्रक नेपाल भित्रिन दिए पनि बारम्बार नाका बन्दा राख्ने गरेको छ ।

अहिले चीनले तातोपानी नाकाको सट्टामा रसुवागढीलाई प्राथमिकता दिएको छ । त्यही रसुवागढी नाका पनि कोभिड–१९ लाई कारण देखाउँदै धेरैजसो बन्द गरेको छ ।

ढुवानी व्यवसायीहरु १६ महिनादेखि आफ्ना सयौं ट्रकलाई नेपाल फर्कन रोकेको गुनासो गरिरहेका छन् । आफूले किनेको सामान लामो समय चिनमै रोकिदा व्यापार चौपट भएको ब्यापारहरु बताइरहेका छन् । उनीहरुका अनुसार, ठूलो घाटा सहन नसकेर एक व्यापारीले त आत्महत्यासमेत गरेका छन् ।

त्यसो त, दुई देशबीच ‘कनेक्टीभिटी’ बढाउन चीन सरकारकै सहयोगमा अरनिको राजमार्ग र रसुवागढी राजमार्ग स्तरोन्नतिको काम पनि भइरहेको छ । पारवहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्ने प्रोटोकलमा समेत हस्ताक्षर भइरहेको छ । सँगै लामो समय सिमा बन्द हुँदा विभिन्न प्रश्न पनि उठेका छन् ।

लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक, विभिन्न ठूला आयोजनाका उपकरण लगायतका सामान लोड गरिएका सयौं कन्टेनर चीनतर्फको सीमामा रोकिएका छन् । पटक पटकका अनुरोध र दबावपछि केही कन्टेनर नेपाल आउन दिइए पनि रसुवागढी र तातोपानी नाकालाई सुनसान राखिएको छ ।

चिनियाँ सीमा खुल्ने अनिश्चित भएपछि कतिपय व्यापारीले वीच बाटोबाटै कन्टेनर फर्काएर कोलकाताको बाटो हुँदै सामान नेपाल ल्याएका छन् ।

चीनको अवरोधका कारण आयात मात्र होइन, नेपालबाट चीनतर्फ हुने निर्यात रोकिएको छ । यसले गर्दा नेपालको व्यापार असन्तुलन झनै बढेको छ ।

कोभिड–१९को निहुँमा एक वर्षदेखि व्यापार रोकेकोप्रति असन्तुष्टि जनाउँदै केही हप्ता अगाडि उद्योगमन्त्री लेखराज भट्टले चिनसंग व्यापार गर्ने कुरामै पुनर्विचार गरिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

भारतसँगको निर्भरता घटाउन नेपालले चीनसँग पनि व्यापार तथा पारवहन सम्झौता गरेको छ । तर, लामो समय नाकामा समस्या रहँदा नेपालको दीर्घकालीन सोचमा धक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#कोरोना#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .