No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूँजिगत खर्च कम हुँदा दिगो विकास लक्ष्य प्रभावित


पूँजिगत खर्च कम हुँदा दिगो विकास लक्ष्य प्रभावित

काठमाडौं । लगातार पूँजिगत खर्च कम हुँदा यसले दिगो विकास लक्ष्यको प्रगतिमा नकारात्मक प्रभाव परेको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको पछिल्लो प्रगति सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

सन् २०१५ लाई आधार मानेर दिगो विकास लक्ष्यको विश्वव्यापी प्रतिवद्धता २०१६-२०३० कार्यान्वयनमा नेपाल समेत जुटेको छ । सन् २०३० सम्मका लागि विभिन्न १७ क्षेत्रमा प्राप्त गर्नुपर्ने लक्ष्यको सन् २०१९ सम्मको प्रगति सार्वजनिक गर्दै आयोगले पूँजिगत खर्च कम हुँदा यसको असर दिगो विकास लक्ष्यमा समेत परिरहेको जनाएको छ ।

सन् २०१५ यता विभिन्न कारणले पूँजिगत खर्च प्रभावित भइरहेको छ । सन् २०१५ को भूकम्पयता पुनर्निर्माणका कारण बाध्यतात्मक अवस्थामा गर्नुपर्ने बाहेक ठूला परियोजना कार्यान्वयनमा आएका छैनन् । यसबीचमा मेलम्ची, माथिल्लो तामाकोसी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लक्ष्य अनुसार काम भएको भए कार्यान्वयनमा आइसक्नुपर्ने आयोजना हुन् ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म स्वीकृत बजेटको अनुपातमा सरकारी खर्च ९५ प्रतिशत हुनुपर्छ । सन् २०१९ मा यस्तो प्रगति ८१.१ प्रतिशत पुर्‍याउने लक्ष्य थियो । यसबीचमा प्रगति भने ७७.९ प्रतिशत औसत मात्र प्राप्त भएको छ । सन् २०१५ को अवस्था ७६ प्रतिशत रहेको थियो ।

लक्ष्य भन्दा वाषिर्क ६ खर्ब बजेट कम

सरकारले दिगो विकास लक्ष्य पुरा गर्न सन् २०१५ देखि २०३० सम्म वाषिर्क बजेट औसतः २० खर्ब २५ अर्ब हुनुपर्ने थियो । तर, अहिले औसतभन्दा वाषिर्क ५ अर्ब ८५ अर्ब रुपैयाँ कम मात्र बजेट कार्यान्वयन भइरहेको छ ।

यसले समेत दिगो विकास लक्ष्य प्राप्तिमा चूनौति रहेको आयोगले जनाएको छ । यस्तो बजेट सरकार र निजी क्षेत्र दुबैबाट भएको खर्च हो । त्यसो त निजी, सहकारी तथा नागरिक समाजको तर्फबाट भएको लगानीको समेत ट्राकिङ गर्ने संयन्त्र नभएका कारण समेत उचित आंकडा प्राप्त गर्न नसकिएको आयोगको भनाइ छ ।

अर्कोतर्फ कोभिड १९ ले उत्पन्न गरेको परिस्थितिले समेत आगामी दिनमा दिगो विकास लक्ष्यको प्राप्तीमा चूनौति थपिदिएको छ ।

के हो दिगो विकास लक्ष्य ?

दिगो विकास लक्ष्य २०१६-२०३० एक विश्वव्यापी प्रतिवद्धता हो । सन् २०१५ लाई आधार मानेर त्यसको १५ वर्षका लागि दीर्घकालिन लक्ष्य बनाइ लक्ष्य प्राप्तीमा मुलुकहरु प्रतिवद्ध रहेका छन् ।

गरिबी अन्त्य गर्ने, वातावरण संरक्षण गर्ने, शान्ती र समृद्धि प्राप्त दिगो विकास लक्ष्यको मूख्य लक्ष्य हो । आयोगका अनुसार विश्वव्यापी रुपमा समृद्धिको सिर्जना, वितरण र दिगोपन हाँसिलसँग जोडिएको कार्यसूची नै दीर्घकालिन लक्ष्य हो ।

यसका १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ सूचकमा हेरिन्छ । नेपालको हकमा विश्वव्यापी २३२ सूचकमा २४७ सूचक थप गरि ४७९ सूचकमा कार्यान्वयन लक्ष्य तोकिएको छ ।

दिगो विकासका १७ वटामा लक्ष्यसमेत गरिबी र विपन्नत, आधारभूत सामाजिक सेवा, समानता, समावेशिता तथा न्या, आर्थिक वृद्धि, रोजगारी उपभोग र वातावरण तथा जलवायु परिवर्तन गरी ५ वटा विकास एजेण्डामा वर्गीकरण गरिएको छ ।

लक्ष्यअनुसार प्रगति के छ ?

आयोगका अनुसार दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये सन् २०१९ सम्म तोकिएका धेरैजसो लक्ष्य प्राप्ति हुन सकेनन् । गरिबीको अन्त्यको लक्ष्यमा लक्ष्य अनुसारनै काम भएको पाइएको छ ।

आयोगका अनुसार अहिले प्रतिदिन १.९० डलर भन्दा कम आम्दानी रहेको जनसंख्यालाई १५ प्रतिशत छ । सन् २०१५ मा ३६ प्रतिशत रहेको यो जनसंख्या सन् २०१९ सम्म २८.५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।

बहुआयामिक गरिबी सूचकांक २८.६ प्रतिशतमा झरेको छ । यस्तो सूचकांक ३५.१ प्रतिशतमा झार्ने लक्ष्य थियो । सामाजिक सुरक्षामा हुने बजेट खर्च भने लक्ष्य अनुसार अझै हुन सकेको छैन ।

कोभमरी र कुपोषण अन्त्यको लक्ष्यमा भने सबैजसो सूचक कमजोर रहेका छन् । ५ वर्ष मुनीका कम तौल हुने बच्चा २० प्रतिशतमा झार्ने लक्ष्य २४.३ प्रतिशतमा सिमित भएको छ । प्रजनन उमेर समुहका महिलामा रक्त अल्पत्ताको स्थिति २६ प्रतिशतमा झार्ने लक्ष्य ४०.८ प्रतिशत पुगेको छ । ५ वर्ष मुनीका बालबालिकामा रहेको रक्त अल्पत्ताको स्थिति ५२.७ प्रतिशत पुगेको छ । यो सन् २०१५ को भन्दा पनि खराब अवस्था हो ।

स्वस्थ र समृद्ध जीवनको लक्ष्यमा मातृ मृत्युदर प्रतिलाख १२५मा झार्ने लक्ष्य २३९ जनामा सिमित भएको छ । पाँच वर्ष मुनीको बालमृत्युदरमा लक्ष्य प्राप्ती भएको छ र नवजात शिशु मृत्युदर समेत कम भएको छ ।

गुणस्तरीय शिक्षाको लक्ष्यमा प्राविधिक र व्यवसायिक क्षेत्रमा तालिमप्राप्त जनसंख्याको लक्ष्य भने पुरा हुन सकेन । स्वच्छ उर्जातर्फ नविकरणीय उर्जाको खपत बढाउने योजना भने असफल देखिएको छ ।

विद्युतको पहँुच र एलपी ग्यासको प्रयोग गर्ने जनसंख्या भने लक्ष्य अनुसार नै देखिएको छ छ । मर्यादित काम रु आर्थिक वृद्धिका लक्ष्यतर्फ सन् २०१९ सम्म प्रतिव्यक्ति आय, कुल गार्हस्थ उत्पादन र बेरोजगारी दरमा लक्ष्य अनुसार प्रगति देखिएको छ । पर्यटन क्षेत्रबाट जिडीपीमा हुने योगदानको लक्ष्य भने पुरा हुन सकेन ।

उद्योग प्रवर्द्धन र पूर्वाधारको लक्ष्यमा जीडीपीमा उद्योगको हिस्सा बढाउने लक्ष्य पुरा भएन । ठूला उद्योगबाट रोजगारी बढाउने लक्ष्य भने भने सोचजस्तै प्रगति भएको छ । यो बीचमा मोवाइल नेटवर्कमा समेटिएको जनसंख्याको लक्ष्य भने पुरा भएको छ ।

असमानता घटाउने लक्ष्यका धेरैजसो लक्ष्य नजिक नजिक रहेका छन् । शहर र समुदायको लक्ष्यमा खर-परालले छाएका घर संख्या घटाउने अभियानमा प्रगति सकारात्मक देखिको छ । सुरक्षित घरमा बस्ने परिवारको संख्यामा समेत राम्रो प्रगति देखिएको छ ।

यसमा भूकम्पपछिको पुनर्निर्माणको महत्वपूर्ण भूमिका रहेको छ । उपभोग र उत्पादनमा खेति गरिएको जमिनमा अन्नबालीको प्रतिशतको लक्ष्य करिव पुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .