No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘साहित्यमा पोखराको आफ्नै विरासत छ’


‘साहित्यमा पोखराको आफ्नै विरासत छ’

कविभन्दा कविताको शक्ति ठूलो हुन्छ, स्तरीय लेख्यौं भने अनावश्यक दौड गर्नुपर्दैन’

काठमाडौं । दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि कल्पना चिलुवाल पहिलो कवितासंग्रह ‘चुल्ठो’ लिएर साहित्यको सागरमा हेलिएकी छिन् । पोखरा बसेर शिक्षण र कविता लेखनमा साधानारत चिलुवाल मूलतः राजनीतिक तथा सामाजिक मुद्दाकेन्दि्रत फुटकर कविता लेख्छिन् ।

केही समय विद्यार्थी राजनीतिसमेत गरेकी उनी प्रगतिवादी लेखनसँग नजिक छिन् । उनी गरिखाने, मजदुर र पसिनापरायण पक्षधर कवि हुन् ।’

उनै कवि कल्पना चिलुवालसँग कविता लेखन र प्रगतिवादी साहित्यबारे गरिएको कुराकानी :

तपाईं मौन स्वभावकी देखिनुहुन्छ, तर कविता भने बाचाल र तीक्ष्ण किन ?

मेरो स्वाभाव एकदमै अन्तर्मुखी छ । नजिकका मानिसले पनि मलाई यसै भन्छन् । खुरूखुरू लेख्ने, चुपचाप बस्ने स्वाभाव विकसित भएर पनि यस्तो देखिएको हो कि ! यसो त कविता लेखनमा अभिव्यक्तिको निशाना हुन्छ । साहित्यका अन्य विधामा पनि भन्नुपर्ने सारवस्तु खिचिएन भने त्यो कागजको फूलमात्र हुन्छ । कलाको लागि कलामात्र भएपछि दिनुपर्ने कुरा सिर्जनामा नआउन सक्छ । यसैले हामीले विचार प्रवाह गर्दा मानिसको जीवनमा प्रभाव पार्ने किसिमले दिनुपर्छ । विचार वा चेतना जे भनेपनि मेरो कविताले त्यही तत्व प्रवाह गरोस् भन्ने मेरो चाहना हो ।

तपाईं पोखरा बस्नुहुन्छ, पढाउनुहुन्छ । कविताको स्पर्धाभन्दा बाहिर रहेर नेपाली कविताको दौड हेर्दा कस्तो लाग्छ ?

स्तरीय लेख्न सक्यौं भने अनावश्यक दौड गरिरहनुपर्छ जस्तो लाग्दैन । नामका लागि नामको के अर्थ ? अर्थपूर्ण काम गर्ने र त्यही अनुरूपको लेखनीमा पो शक्ति हुन्छ Û कवि होइन, कविताको शक्ति पो ठूलो हुन्छ !

म राजधानीबाट अलि टाढा भएकाले यहाँ हुने कार्यक्रम, छलफलहरु त छुट्छन् । तर, म भ्याएसम्म पढिरहेकी हुन्छु ।

पोखराको साहित्यिक वातावरणचाहिँ कस्तो छ ?

साहित्यमा पोखराको आफ्नै विरासत छ । त्यहाँका अग्रज, समकालीन र अनुजहरूमाझ म पनि छु । अहिले एक दशकदेखि भने लेख-पढको माहोल अलिक कम भएको पाउँछु । दर्जनौं साहित्यिक संस्था छन् तर प्रभावकारी काम गर्न सकेका छैनन् । गति सुस्त छ । त्यो हुनुमा नयाँ पुस्ताले हस्तक्षेप गर्न नसकेर नै हो । पेशागत बाध्यता पनि छ । तर, लेख्ने लेखक र प्रतिवद्ध पाठकहरू पोखराले पाएको छ ।

मैले पोखराबाट नै विद्यार्थीकालमा राजनीति गरेँ । अहिले पनि यहाँका केही साहित्यिक संघ-संगठनमा आवद्ध छु । राजधानीमा केही घटना भइहाल्दा यहीँबाट विरोध सुरु हुन्छ । यस अर्थमा मलाई परिपक्व बनाउन, परिचय दिन पोखराको योगदान छ ।

डेढ दशकदेखि कविता लेख्ने मान्छे, पहिलो संग्रह प्रकाशन हुन निकै ढिलो भएन र ?

मेरा कविता फुटकर रूपमा पाठकले पढ्दै आएका थिए । तर, साहित्यिक समालोचक, अनुसन्धानकर्ताहरूले एकमुष्ट रचना खोज्ने रहेछन् । साथै, संग्रह नै प्रकाशन भएपछि पाठकले मेरा सबै रचना एकैठाउँ पढ्न पाउने भए । मैले पनि आफ्ना कविताको प्रतिकि्रया सहजै पाउन सक्ने भएँ ।

किशोरकालमा लेख्ने रहर हुन्थ्यो तर अरूको आँखा छलेर लेखिन्थ्यो । उमेर बढ्दै जाँदा म कस्तो लेख्छु भनेर साथीहरू र अग्रजलाई देखाउँदै गएँ । त्यो अब आफूभित्र मात्र होइन सबैसामू ल्याउनुपर्छ भनेर प्रकाशनका लागि पठाउन थालेँ । पठाएका सबै ठाउँमा छापियो, जसले मलाई आत्मविश्वास जगाएको छ ।

तपाईको संग्रहमा नारीवादी स्वरका कविता धेरै छन् । यो संग्रहलाई नारीवादी घोषणापत्र भन्न मिल्छ ?

केही कविता नारीवादी छन् । तर, समग्र कवितामा समाजका सबै तहतप्का, समुदाय र मानिस समेटिएका छन् । त्यसैले नारीवादी कवितासंग्रहमात्रै भन्न मिल्दैन भन्ने ठान्छु । म स्वयं नारी भएकाले मैले अनुभूत गरेका कुरा लेख्ने भइहालेँ । यसबाहेक महिलाले महिलाको बारेमा लेख्दा जति न्याय गर्न सक्छ त्यति पुरुषले न्याय गर्न सक्दैन । नारीवादी कविता लेख्दालेख्दै पनि समाजका सबै विषय छुन खोज्ने मेरो प्रयास हो ।

कविता लेख्दा व्यक्तिगत पीडालाई कति महत्त्व दिनुहुन्छ ?

कवितामा व्यक्तिगत कुण्ठाको धेरै महत्त्व हुँदैन । यद्यपि, एक व्यक्तिको निजि भोगाइ आम मान्छेको भोगाइसँग मिल्छ । त्यो भागाइ, सामाजिक सरोकारको साझा विषयसँग मिल्न गएमा लेखनमा ल्याउँदा हुन्छ । नितान्त व्यक्तिगत कुरा, व्यक्तिगत मनोदशा र सुख-दुःख म कवितामा ल्याउँदिनँ ।

फरक बिम्बको प्रयोगमा कत्तिको रुची राख्नुहुन्छ ?

मलाई सधैं लागिरहन्छ कि हामीले साहित्यमा नयाँ कुरा ल्याउन सक्नुपर्छ । तर, अभ्यास र साधनाको कमीले म आफैंले गर्न सकेको छैन भन्ने लाग्छ । नयाँ बिम्ब विधानमा कविता लेख्न मनपर्ने हुनाले म त्यसको पैरवी गर्छु । नयाँ कुराले नै पाठकलाई स्वाद दिने हो । त्यसकै जगमा कविता, कथा, निबन्ध पठनीय बन्ने हो ।

तपाईं प्रगतिवादी कविका रुपमा चिनिनुहुन्छ, बहुसंख्यक प्रगतिवादी लेखकको आफ्नो लेखनी र जीवनमा तालमेल नमिलेको पाइन्छ । त्यो समस्या होइन र ? जस्तो ‘मार्क्र्सवादी कविका कविताहरु नाम छोपेर पढ्दा सबैका एकैखाले देखिन्छन्’, भन्ने आरोप छ…

कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिँदैमा उक्त व्यक्तिबाट प्रगतिवादी साहित्य जन्मन्छ भन्ने निश्चित छैन । लेखिहाले पनि आफ्नै जीवनमा अवलम्बन गर्न गाह्रो छ । यस आधारमा प्रगतिवादी साहित्यमा यस्तो दोहोरो चरित्रका पात्रहरू प्रशस्तै छन् ।

यद्यपि विचारमा अडिग रहेर, त्यही विचारको पथमा जीवन बिताएका सर्वोच्च लेखकहरू यही धारमा छन् । नयाँ पुस्ताका युवाहरूले पनि यही मार्ग समातेको पाइन्छ । खराब पात्र छ भन्दैमा समग्र विधा खराब हुँदैन ।

मार्क्र्सवादी कविताको स्वर एउटै होला, समर्थन गर्ने पक्ष पनि एकै होला । तर, व्यक्तिगत रूची, शैली तथा संरचना फरक हुन्छ । पदावलीमा फरकपन हुन्छ । यही फरकपनले हाम्रा कविता समाजमा पनि बढी ‘नोटिस’ गरिन्छन् । हामी आधारभूत विषय जनतालाई मान्छौं भने स्वर त एकै हुन्छ । त्यसो त प्रकृतिकेन्दि्रत कविता लेख्नेको मूल विषय एकै हुँदा पनि उनीहरूको कविता फरक-फरक हुन्छ । मार्क्र्सवादी कविताको पनि विशेषता यही हो ।

जे धारणा बन्दै आएको छ, त्यसलाई स्वीकार गर्दा नयाँ कुरा जन्म नै हुँदैन । प्रश्न गर्ने संस्कार कमजोर बन्दै जान्छ । यसका लागि पनि भिन्न विचार र कथ्य कवितामा चाहिन्छ ।

कतिपय आदिम कुरा सधैं एकै हुन्छ । मानिसको लोभ-मोह, दुःख-दर्द, अन्याय उही छ । यी कुरा छोड्न मिल्दैन । हामीले त कसरी कलामा निखार ल्याउने मात्रै सोच्ने हो ।

नयाँ शैलीमा, नयाँ संरचनामा अझ शक्तिशाली कविता लेख्न प्रयास गर्ने हो । माटोमा उमार्ने कुरा फरक होला तर चाहिने आधार त माटो नै हो । प्रगतिवादी कविताको आधारतत्त्व मान्छेको जीवन नै हो । त्यो जीवन प्रतिबिम्बित भएको कविता थप सम्प्रेषणीय बनाउनुपर्छ ।

हामी मुलधारभन्दा फरक शैलीमा नै गइरहेका हुन्छौं । फरक भन्नाले सबै चिज उल्टो भने होइन । आलोचनात्मक चेत राख्ने कविहरूको कविताभित्र चलिरहेको मान्यतामा प्रश्न हुन्छ । जे ठीक छैन, त्यसमाथि व्यंग्य र विरोध हुन्छ ।

हामी जुन समाजमा छौं, त्यो समाजको सबैभन्दा पीडित वर्गको पक्षमा कलम चलाइरहूँ भन्ने लाग्छ । आवाजविहीनहरूको आवाज उठाइदिने, जागृतिको लहर ल्याउने रचना गर्न मन लाग्छ । यो मेरो बाटो र प्रतिज्ञा पनि हो, किनभने कविता भनेको मानव हितमा हुनुपर्छ । कविता मानव हितकै लागि हुने आन्दोलनको एक हिस्सा हो ।

मलाई जुन कुराले प्रभाव पार्छर्, त्यसलाई आलोचनात्क चेत राखेर हेरेपछि म कविता लेख्न उद्वेलित हुन्छु । यही समाजका अन्तरविरोध, संघर्ष र श्रमबाट म कविताको प्राण टिप्छु ।

तपाईंको ‘लाहुरे झोला’ शीर्षकको कविता पनि पोखराकै सेराफेरोमा लेख्नुभएको हो ?

म एकचोटि बसमा यात्रा गरिरहँदा दुईजना भाइहरू कुरा गरेको सुनेँ । उनीहरूका अनुसार लाहुरे भएर घर र्फकँदा आफन्तले व्यक्तिलाई भन्दा बढी सामानलाई -वस्तु) महत्त्व दिएको पाएँ । युवा उमेरमै यो कुराले ती युवालाई हतोत्साही बनाएको देखेँ ।

यसपछि मलाई लाग्यो- एउटा मानिसको जिउ ज्यानभन्दा उसले कमाउने धनसम्पत्ति, गरगहना ठूलो पक्कै होइन । त्यही रात घर पुगेपछि कविता लेखेँ । यसरी थुप्रै प्रत्यक्ष घटनाहरूका आधारमा मैले कविता लेखेकी छु ।

‘लाहुरे झोला’ शीर्षकको उक्त कविता यहाँ प्रस्तुत गरिएको छ :

करङको लिंगोमा पिङ खेल्दै
आइपुग्छ
चाडबाड मान्न लाहुरे झोला

कतै धुलो लाग्छ कि भनेझैं गरेर
आफन्तीले
सुन्दर गलैँचामा राखिदिन्छन् झोला
तर झोला ल्याउनेलाई
भुसुक्क बिर्सिदिन्छन्
ओच्छाइदिन एउटा गलैँचा

झोला ल्याउनेका
टाक्सिएका गाला र
सुकेको ज्यानमाथि
नजर पर्नुअघि
करुणा जाग्नुअघि
सबैका आँखाले माया गरेर
नियालिरहेका हुन्छन्
लाहुरे झोला

आमा बाँचुन्जेल सधैं
झोला टाक्सिए पनि
छोरो पुष्टिएकोमा सन्तोष मान्नुहुन्थ्यो
टाढाबाट आउँदा
मिठोमसिनो खुवाउनुहुन्थ्यो
अब मान्छे होइन
झोला दुब्लाएकोमा
सब दुःखी हुनेछन्
तिर्खाएको आगन्तुकलाई
एक गिलास पानी सोध्नुअघि नै
झोला खोल्न
सब हतारिइसकेछन्

मान्छेभन्दा प्रिय हुन्छ
लाहुरे झोला ।

– चुल्ठो २०७७, बेला पब्लिकेसन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
मार्क्सवाद र साहित्य

मार्क्सवाद र साहित्य

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...