No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मार्क्सवाद र साहित्य


मार्क्सवाद र साहित्य

प्राज्ञिक पुस्तकको आयु तत्काल मूल्याङ्कन गर्नु गलत हुन्छ

मार्क्सवाद प्रकृतिका नियमलाई बुझ्ने सबैभन्दा वैज्ञानिक दर्शन हो । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र चेतनाका निर्मितिको सबैभन्दा तथ्यपूर्ण व्याख्या गर्दछ । समाज विकासको गतिलाई यसले विश्वसनीय र तथ्यपूर्ण ढङ्गले विमर्श गर्दछ । सारा प्रकृतिको विकासयात्रा, मानवजातिको विकासयात्रा र उक्त विकासयात्राका सङ्घर्षपूर्ण परिस्थितिको सबैभन्दा उपयुक्त व्याख्या गर्दछ ।

समाजभित्रका अनेक अन्तर्सम्बन्ध र अन्तर्द्वन्द्वको व्याख्याका सम्बन्धमा मार्क्सवाद सबैभन्दा अब्बल र सत्य तथ्यपरक छ । मार्क्सवादले गतिको सुन्दर व्याख्या गर्दछ । यसले व्यक्तिको होइन, वर्गको कुरा गर्दछ, विचारको भन्दा बढी विचारधाराको कुरा गर्दछ जुन व्याख्यामा मानवीय चेतनाका सबै पक्षले अपनत्व र सामूहिकताको महसुस गर्दछन् ।

मार्क्सवादको मिति सिद्धियो भन्नेहरू पनि छन् । ती तिनका दृष्टिमा, तिनका सापेक्षमा ठिकै छन् । ऐतिहासिक भौतिकवादले इतिहासको गतिशीलतालाई जुन ढङ्गले व्याख्या-विश्लेषण गर्दछ, त्यसले समाजविकासको गतिलाई यथार्थपरक ढङ्गले बुझ्न-बुझाउन सक्षम छ । यस्ता अन्य अनेकौँ कारण छन्, जसले मलाई मार्क्सवाद रोज्नका लागि अभिप्रेरित गरेका छन् ।

नेपाली साहित्य तिहास लेखनमा मार्क्सवादी विचारधारा र पद्दतिको प्रयोग कमजोर छ । मार्क्सवादी साहित्य तिहास सिद्धान्त र दर्शनका बारेमा विमर्श नहुनु नै यसको सबैभन्दा मुख्य कारण हो । वैज्ञानिक हुँदाहुँदै पनि किन प्रयोग गरिएन त ? यसका अनेक अन्य कारण हुन सक्छन् ।

मार्क्सवादी हुन कुनै अमूक नामको कम्युनिस्ट पार्टीको सदस्य हुनैपर्ने हाम्रो दृष्टिकोण, मार्क्सवादका बारेमा प्रतिध्रुवबाट गरिएका कुप्रचार र गलत व्याख्या, युरोपेली तथा अमेरिकाली ज्ञानसङ्कथनको मार्क्सवादविरोधी अभियान, हाम्रै मौलिक संस्कृतिमा विद्यमान अवतारवादी अन्ध परम्परा आदि कारणहरू पनि यसमा जिम्मेवार छन् ।

अधिकांश मान्छे विशेष गरी प्राज्ञिक मान्छे सत्ताका पछि दौडिने गर्दछन् । सच्चा मार्क्सवादीहरूले सधैँ सत्तासीनहरूका भन्दा सत्ता, शक्ति र सम्पत्तिका कारण शोषण-दमनमा परेका आम मान्छे (जो इतिहासका सच्चा निर्माता हुन्) का अधिकारका कुरा गर्दछन् । त्यसैले यिनीहरू जहिले पनि नियोजित सत्ताका कोपभाजनमा पर्दछन् । अनेक रूपमा तिनको विद्रुपीकरण गर्ने सत्ता र त्यसका ज्ञानसङ्कथनको स्वभावका कारण अध्येताहरूले मार्क्सवादलाई सबैभन्दा उत्तम सिद्धान्त र दर्शन माने पनि त्यसका अनुयायी बन्न सकेका छैनन् ।

उदाहरणका रूपमा प्रदीप गिरीलाई लिन सकिन्छ । उनले धेरै पटक आफूलाई मार्क्सवादका अनुयायी र व्याख्याता मानेका छन् । तर, नेपालको पार्टी राजनीतिको स्वभावका कारण उनी गैरमार्क्सवादी कित्तामा उभिएका छन् ।

पुस्तक समाज परिवर्तनको आधार हो

पुस्तक समाजको ऐना मात्र होइन, समाज परिवर्तनको एउटा मुख्य कारक हो । पुस्तकमा ज्ञान हुन्छ र त्यसले मान्छेलाई समाजका अनन्त अन्तर्सम्बन्धका बारेमा सचेत बनाउँछ । के पुस्तकको काम सकियो त ! होइन, यति त ‘स्वान्तसुखाय’ का लागि लेख्नेहरूका पुस्तकमा पनि त हुन्छन् नि !

मार्क्सवादीहरूका पुस्तक के यतिले मात्र पूर्ण हुन्छन् त ? पक्कै हुँदैनन् । मार्क्सले भनेजस्तै समाजको व्याख्या-विश्लेषण गर्ने अनेक विद्वान् र तिनका पुस्तक आएका छन् तर मार्क्सवादीहरूले लेख्ने पुस्तकको मुख्य लक्ष्य समाजको परिवर्तन हो ।

नेपाली समाजमा अझै पनि अध्यात्मवादी दर्शनको गहिरो प्रभाव छ । अझै भन्दा ईश्वरवाद वा अवतारवाद हावी छ । ‘मेरो कर्ममा यस्तै लेखेको’, ‘दैवले हेर्छ’, ‘पाप कुर्लिन्छ’, ‘दुःखीलाई ईश्वरको साथ हुन्छ’ आदि कथन आम रूपमा सुन्न पाइन्छ । गरिबी, अभाव, अव्यवस्था, निर्धोपन, शोषण, दमन, अन्याय, अत्याचार आदिको उपचार ईश्वरले गर्ने भए अहिलेसम्म संसारमा ती कुनै पनि अवस्था रहने थिएनन् ।

इतिहासमा कार्यकारण सम्बन्धको ठूलो भूमिका हुन्छ । कारण ईश्वर होइन, सत्ता हो, सामन्तवादी सोच हो, व्यक्तिकेन्द्रित /आत्मकेन्द्रित सोच हो । हामीले जसलाई ईश्वर मानिरहेका छौँ, त्यो सामन्तवादी सत्ताको सिर्जना हो । निमुखाहरूलाई ईश्वर, इहलोक, परलोक, पापपुण्य आदिको जन्जालमा फसाएर सत्तामा टिकिराख्नु यिनको मूल अभीष्ट हो ।

प्राध्यापन र लेखन

म लेखक बन्नका लागि जन्मेको होइन । जन्मेपछि मान्छेको कर्म लेखिने संस्कारमा म विश्वास गर्दिनँ । म लेखक किन बनेँ भने मैले मेरो दिक-कालबाट जे प्रेरणा प्राप्त गरेँ, मैले जीवन र जगत्बाट जे सिकेँ, मैले आफ्नो विषयक्षेत्रको अध्ययन गर्दा जे कुराको अभाव महसुस गरेँ, त्यसैबाट लेख्ने हौसला प्राप्त गरेँ र म लेखक भएँ । प्राध्यापक नभएको भए म केही पनि बन्ने थिइनँ, लेखक नभएको भए म केही पनि बन्ने थिइनँ । मैले मेरो दिक-कालबाट अनुभूति गरेको कुरा यही हो । फेरि पनि म आफूलाई लेखक भन्न तयार छैन ।

लेखक बन्नु र हुनुमा धेरै फरक छ । म लेखक बनेको होइन भएको हुँ । मैले अभावको जीवन धेरै देखेको छु । अभावले मलाई धेरै सताएको छ । ज्ञानको अभाव, ज्ञानसङ्कथनको अभाव, आफू हुनुको अस्तित्वको अभाव । मभित्रको मले मलाई त्यही अभावको झस्को दिइरहृयो कि तेरो भाषामा साहित्येतिहास दर्शन, त्यसमाथि पनि मार्क्सवादी साहित्येतिहास दर्शनको अभाव छ र त्यस अभावलाई भावमा परिवर्तन गर्न तैँले पहिलो डेग चाल्नैपर्छ । मैले त्यस अभावलाई भावमा परिवर्तन गर्नका लागि यस पुस्तकमार्फत पहिलो डेग चालेको हुँ ।

मरिहत्ते गरेर लेखक बन्न सकिँदैन भन्ने कुरामा सदैव मेरो विश्वास रहेको छ । म लेखक बनेको हुँ भन्न चाहन्न तर मलाई मभित्रको बोधले अभावमा भावको सृष्टि गर्नुपर्छ भन्ने चेतना दियो र मैले त्यसलाई लिपिबद्ध गर्न प्रयत्न गरेँ । त्यही नै वास्तविकता हो । भित्र (ऊर्जाहरूको प्रतिफलन) ले चेतनलाई उद्वेलित गर्‍यो र मैले लेख्ने निर्णय गरेँ । यसको पछि पनि म भौतिक कारणलाई नै मुख्य मान्दछु । मेरो चेतनले मलाई नउक्साएको भए यो जटिल र अनन्त विषयमा मैले हात हाल्ने थिइनँ । जे गरेँ मैले मेरो फाइदाका लागि भन्दा मेरो वर्ग, अभावमा रहेको मार्क्सवादी सौन्दर्यको एउटा पाटोलाई, ऐतिहासिक भौतिकवादी दर्शनको एउटा महवपूर्ण पक्षलाई मैले जिस्काउने दुस्साहस गरेको छु । यसलाई मैले कम्तिमा अरू एक दशक साधना गर्ने विषय बनाएको छु ।

नेपाली साहित्यमा पुस्तक प्रकाशनको ट्रेन्ड

सबैले नयाँ कर्ममा साधना गर्नुभएको ठान्छु । किनभने म पनि त्यही कर्ममा छु । यसभन्दा पर गएर मैले अन्य लेखकका बारेमा टिप्पणी गर्नु हुँदैन भन्ने मलाई लाग्छ । नेपाली साहित्यको सुन्दर भविष्य छ । तर, त्यस भविष्यका लागि जगको निर्माण गर्ने भनेकै वर्तमान हो । वर्तमान जति क्षणभङ्गुर छ, त्यति नै महत्त्वपूर्ण छ ।

नेपाली साहित्य लेखन, समालोचना लेखन र साहित्येतिहास लेखनमा जेजस्ता कार्यहरू हुँदै आएका छन्, ती सबै स्तुत्य छन् । यसको अर्थ पूर्ण छन् वा उच्च स्तरीय छन् भन्न खोजेको होइन । लेखन आजका लागि मात्र हुनु हुँदैन । रातारात नाम र दाम कमाउने होडमा लेखिएका पुस्तकका सन्दर्भमा तपाईँको प्रश्न उचित होला । तर ‘कर्म गर्दै जाउँ त्यसको मूल्याङ्कन हुँदै जाला’ भन्ने सोचले अभिनव कार्यमा लाग्ने सम्पूर्ण लेखकहरू मेरा प्रेरणाका स्रोत हुन् । यसर्थ किताबको आयु कति हुन्छ भन्ने कुरासँग मेरो कुनै सरोकार छैन । किताब छापिएपछि अनन्त कालसम्मका लागि त्यो लोक/पाठकको सम्पत्ति हुन्छ ।

कुनै किताबलाई लोकले तत्कालै प्रतिक्रिया दिन्छन् र कुनै किताबका लागि लोकले धेरै पछि मात्र प्रतिक्रिया दिन्छन् । जुन किताबको प्रतिक्रिया नियोजित जस्तै हुन्छ, ती किताब तत्काल चम्किन्छन् र तत्कालै धिमा हुन्छन् । जुन किताबको पाठक प्रतिक्रिया पछि हुन्छ वा हुँदै हुँदैन, ती किताब असफल भए भन्ने बुझ्नु हुँदैन भन्ने मेरो सुझाव छ ।

जर्मन लेखक फ्रान्ज काफ्काले सन् १९२४ मा प्रकाशन गरेको द मेटामोर्फोसिस लेखकको मृत्युको तीसौँ वर्षपछि मात्र विश्वप्रसिद्ध हुन सकेको हो । इतिहासमा यस्ता सयौँ उदाहरण छन् । त्यसैले तत्काल प्रसिद्ध भएन, तत्काल पढिएन, तत्काल पाठक प्रतिक्रिया, समीक्षा र समालोचना भएन भनेर प्राज्ञिक इमानदारीपूर्वक लेखिएका/छापिएका पुस्तकको आयु वा प्रभावको मूल्याङ्कन गर्नु गलत हुन्छ ।

सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती (१९७७) को महत्त्व नेपालमा प्रजातन्त्र आएपछि मात्र स्थापित भएको हो र त्यस कृतिको महत्त्व अहिले पनि कम छैन । गुणस्तर भन्ने कुरा सापेक्षिक हुन्छ । कसका लागि, कहिलेका लागि, कुन प्रयोजनका लागि गुणस्तरीय हुने भन्ने कुराको कुनै प्रायोजन हुँदैन ।

आफ्नो प्राज्ञिक कर्ममा इमानदार पुस्तक नै गुणस्तरीय हुन् । एक हप्तामा कति बिके, कतिओटा संस्करण प्रकाशन भए भन्ने कुराले पुस्तकको गुणस्तरीयता निर्धारण हुन सक्दैन ।

नेपाली विषय, नेपाली भाषा र साहित्यका विषयमा स्थापित ज्ञानसङ्कथनभन्दा फरक कोणबाट गर्नुपर्ने धेरै काम छन् ।

आफ्नै पुस्तकबारे

‘मार्क्र्सवाद र साहित्येतिहास दर्शन’ नेपाली पाठकका लागि नयाँ विषय हो । त्यसमा पनि मार्क्सवादी सिद्धान्तका आधारमा साहित्येतिहास दर्शनका बारेमा पुस्तकै लेख्नु मेरा लागि निकै चुनौतीको विषय हो । यो मेरा लागि एक प्रकारले धृष्टता पनि हो । यसलाई सफलतापूर्वक पूरा गर्न मैले मेरा आदरणीय पाठकसमक्ष पहिले नै भने जस्तै एक दशकजतिको समय मागेको छु । म के कुरामा विश्वस्त गराउन चाहन्छु भने मैले मागेको समयभित्र मैले यस विषयलाई आधिकारिक रूप दिन सक्नेछु । यो पुस्तक त्यसै यात्राको पहिलो पाइलो हो । यसमा धेरै त्रुटि, कमजोरी, आलाकाँचा प्रसङ्ग, सन्दर्भ पक्कै छन् । विज्ञ पाठकहरूले यसको भाव बुझेर पढिदिएमा र त्यसलाई बुझी स्वस्थ सुझाव र आलोचना गरेमा म आफूलाई धन्य सम्झनेछु । पाठकहरूलाई मेरो के आग्रह छ भने तपाईँहरू नै मेरा सबैभन्दा बलिया आधार हुनुहुन्छ । तपाईँहरू मलाई आधार दिनुहोस् म बलियो अधिरचना निर्माणमा दत्तचित्त रहिरहने छु ।

मैले लेखेको ‘मार्क्र्सवाद र साहित्येतिहास दर्शन’मा इतिहासको अवधारणा, साहित्यको इतिहाससम्बद्ध मार्क्सवादी आयाम, सिद्धान्त र पद्धतिको विमर्श गरिएको छ । सम्बद्ध विषयमा पूर्वअध्येताको निष्कर्ष, आफ्नै लगभग दुई दशकको एकाग्रता र मार्क्सवादी दर्शनको संश्लेषणबाट यो कृति निर्माण गरिएको हो ।

नेपाली भाषासाहित्यमा यस प्रकारको कृति अहिलेसम्म प्रकाशित भएको छैन । यसको अर्थ यो कृति विषयक्षेत्रका दृष्टिले नयाँ छ । विशेष गरी साहित्यिक परम्परा, त्यसको निरन्तरता र गतिशीलतालाई बोध गर्न चाहने, त्यसका अन्तःसम्बन्धको विश्लेषण गर्न चाहने, समयको दर्शन र त्यसको गतिलाई बुझ्न चाहने साथै विचारधारा र त्यसको निर्माण प्रक्रिया, साहित्यिक कालप्रवर्तनमा स्रष्टाको भूमिका, इतिहासलाई बुझ्ने गहिरो दृष्टि निर्माण गर्न चाहने र इतिहासका घटना, पात्र र पृष्ठभूमिका आधारमा साहित्यका इतिहासको मूल्याङ्कन गर्ने प्रगतिवादी र वैज्ञानिक दृष्टिकोण निर्माण गर्न चाहने पाठकका लागि यो पुस्तक उपयोगी हुने अपेक्षा गरेको छु ।

यसको अर्थ यो पुस्तक भाषासाहित्य, राजनीति, कलासंस्कृति, सामाजिक शास्त्र, दर्शन, इतिहास आदि हरेक विषयक्षेत्रका पाठकका लागि हो । संसारका सबैजसो विषयक्षेत्रको इतिहास हुने भएकाले ती विषयक्षेत्रका गतिशील विकासयात्रा एवं वर्तमानमा बसेर तिनका अतीतको वस्तुसङ्गत पर्यवलोकन र भविष्यको सही मार्गदिशा निर्धारण गर्ने समृद्ध चेतना निर्माण गर्न चाहने पाठकका लागि हो ।

मार्क्सवाद र साहित्येतिहास दर्शन नामबारे थोरै बुझाउनु आवश्यक ठान्दछु । सामान्यतः यसको शीर्षकले मार्क्सवादी अवधारणाको विश्लेषण र साहित्येतिहास दर्शनको विमर्श छुट्टाछुट्टै गरिनुपर्ने अपेक्षा राखेको छ । तर, स्पष्ट पार्नुपर्ने कुरा के छ भने यसमा मार्क्सवादी सिद्धान्तको पृथक् विमर्श गरिएको छैन । मार्क्सवादका बारेमा धेरै पहिलेदेखि अहिलेसम्म संसारभरका विशिष्ट विद्वान्हरूले अत्यन्त स्पष्ट र विस्तृत व्याख्या गरिसक्नुभएको छ । नेपाली विद्वान्हरूले पनि यसबारेमा निकै गहिरो विमर्श गरिसक्नुभएको छ ।

म मार्क्सवादको विद्यार्थी हुँ, व्याख्याता बन्न सक्ने योग्यता मैले आर्जन गरिसकेको छैन । यस पुस्तकमा मार्क्सवादी दर्शन, सिद्धान्त र अवधारणालाई आधारका रूपमा मात्र प्रयोग गरिएको छ । मुख्य कुरा त साहित्येतिहास (लिटरेरी हिस्टोरियोग्राफी) का सम्बन्धमा मार्क्सवादका आधारभूत मान्यता र सिद्धान्तको विमर्शबाट सामान्यीकरण गरी त्यसको अध्ययन-विश्लेषण पद्धतिको पुनर्निर्माण गरिएको छ । त्यसैले यसको शीर्षक र यसभित्र गरिएको विमर्शलाई पाठकले यही रूपमा बुझिदिनुभए म धन्य हुनेछु ।

पुस्तकको शीर्षकमा ‘दर्शन’ शब्द पनि परेको छ । दर्शनका बारेमा मेरो केही फरक दृष्टिकोण छ । दर्शन जीवन र जगतप्रतिको गहन विमर्श मात्र होइन । मेरा विचारमा दर्शन भनेको सिद्धान्त र व्यवहारपद्धतिको संश्लेषण हो । यसमा साहित्येतिहासका सिद्धान्त र अध्ययन/विश्लेषण पद्धतिको संश्लेषण गरिएको छ । त्यसैले ‘दर्शन’ शब्द अपेक्षित हुने ठानेर उक्त शब्द राखिएको हो ।

कतिपयले यसको शीर्षकका बारेमा के तर्क गर्न सक्नुहुन्छ भने मार्क्सवाद आफैंमा दर्शन हो, साहित्येतिहास स्वयंममा सिद्धान्त हो भने यसमा दर्शन जोडिराख्नुको के औचित्य ? यस्तो तर्क एक दृष्टिले जायज पनि छ । प्रकृति, मानव, ज्ञानविज्ञान, पदार्थ, जीवन र चेतनाको गहन प्रज्ञा दर्शन हो र उपयुक्त आयामकै सापेक्षमा साहित्येतिहास सिद्धान्त र अध्ययन पद्दति निर्माण हुने भएकाले यस पुस्तकमा दर्शन जोडिएको हो ।

यस पुस्तकमा नेपाली साहित्यको अध्ययन गरिएको नभएर साहित्येतिहास कसरी लेख्ने, साहित्येतिहासमा अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक संश्लेषण कसरी गर्ने भन्ने कुराको विमर्श गरिएको छ । पक्कै म नेपाली साहित्यका इतिहासको विद्यार्थी हुँ । यस नाताले नेपाली साहित्य आरम्भदेखि वर्तमान अवस्थासम्म नित्य गतिशील हुँदै व्यापक परिधिमा पुगेको छ भन्दा अत्युक्ति हुँदैन ।

नेपाली साहित्य विश्वसाहित्यको समस्तरमा पुग्न नसके पनि संसारभर छरिएर रहेका नेपालीहरूको भाषासाहित्यप्रतिको प्रेम, स्रष्टाहरूको अध्यवसायका कारण नेपाली साहित्य पनि विश्वसाहित्यको एउटा महत्त्वपूर्ण हिस्सा बन्न सक्षम भएको छ ।

हाम्रो ‘विदेशी’ प्रतिको अचम्मलाग्दो मोहका कारण नेपाली भाषासाहित्य अवहेलनाको शिकार भने पक्कै भएको छ । अरूका भाषा नजान्दा आफूलाई कमजोर मान्ने अरूहरूले हाम्रो भाषा नजान्दा पनि र हाम्रो साहित्यका बारेमा नजान्दा पनि उनीहरूलाई महान् ठान्ने कमजोर मानसिकता हामीमा छ ।

हाम्रो भाषा निरन्तर समृद्धशाली बनिरहेको छ र हाम्रो साहित्य पनि सोही गतिमा विश्वस्तरमा पुग्नका लागि सङ्घर्ष गरिरहेको छ । आवश्यकता छ त हाम्रो स्वाभिमानी सोचको र हाम्रा ज्ञानसङ्कथनलाई विश्वस्तरमा पुर्‍याउने सशक्त अभियानको । गर्न बाँकी नै छ तर जे छ, हाम्रा गौरवको विषय बन्नु आवश्यक छ । यस सम्बन्धमा यति नै भनेँ ।

(‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ पुस्तकका लेखक एवं नेपाल प्रज्ञा प्रतिष्ठानको अर्धवार्षिक शोधपत्रिका (जर्नल) ‘प्रज्ञा’ का कार्यकारी सम्पादक अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

Next Post
प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

आजबाट मौसममा सुधार, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

आजबाट मौसममा सुधार, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...