No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

भगीरथ भण्डारी
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तरनीहित अधिकार नहुने बताउनुभएकाे छ । गृह जिल्ला इलाममा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलार्ई सम्बाेधन गर्दे खनालले यस्तो बताउनुभएकाे हाे ।

ढोडलाई कुनबेला कच्याककुचुक पारेर हावाले उडाउने हो टुङ्गो नहुने भन्दै खनालले भन्नुभयाे, ‘ओलीलाई यो ठूलो अवसर थियो त्यसलाई सदुपयोग नगरेर आफूखुशी जे मन लाग्यो त्यो गर्दे हिडेर अवसर दुरूपयाेग गर्नुभयाे ।’  संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएकाे भन्दै खनालले भन्नुभयाे,‘संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन ।’

खनालले सरकार बनाउने चारवटा शर्तहरु पूरा भएपछि मात्रै सदनको सहमतिमा संसद विघटनसम्बन्धी व्यवस्था संविधानमा राखिएको प्रष्ट्याउनुभयाे । ‘ओलीलाई असाधारण मौका पाएको भएपनि ओलीले त्यसलाई लत्याउनुभयाे ।’ प्रधानमन्त्री ओलीले पार्टीको विधि, पद्धती, कार्यदिशा, सिद्धान्त तथा नीतिको आधारमा नचलेर मनखुशी हिडेकाे खनालको भनाइ छ ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले ओली प्रवृतिकाे उदेश्य भनेको लोकतन्त्र र संविधान खारेज गर्ने रहेको भन्दै यसलाई बचाउन आन्दोलन गर्नुपर्ने बताउनुभयाे । ओलीले पार्टीको नीति नियम नमानी एकलौटी अघि बढेकाले केपी प्रवृतिबाट बँच्नुपर्ने बताउनुभयाे । उहाँले पार्टीको संगठन संरचना कस्तो हुने, आर्थिक मौद्रिक नीति कस्तो हुने, उत्पादन शक्तिको विकास कस्तो हुने भन्नेमा बहस हुनुपर्ने बताउनुभयाे । ‘अहिल आन्दोलन मात्रै प्रधान नभएकाले बैचारिक बहसमा समेत केन्द्रित हुनुपर्छ’ उहाँले भन्नुभयाे।

नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश एकका पूर्व अर्थमन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले टोले गुन्डाको शैली अपनाएको आरोप लगाउनुभयाे । प्रशिक्षण कार्यक्रममा बोल्दै आङ्बोले कागजको टुक्रोमा लेखेको आधारमा पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा संसद बैठकमा टोले गुन्डाको शैलीमा थर्काउने धम्क्याउने जस्ता क्रियाकलापमा अघि बढेको बताउनुभयाे । उहाँले पञ्चायतको अन्त्य हुने बेलामा पञ्च र्याली र राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा देश दौडाह गरे जस्तो ओलीले र्याली गरिरहेको बताउनुभयाे ।

गृहमन्त्री रामबहादुर थापा बादललाई इङिगत गर्दै आङ्बोले भन्नुभयाे, ‘दिमागमा धेरै जोड दिएपछि मान्छेले आफूले बोलेको कुरा हेक्का रहँदैन, अहिले बादल कामरेडलाई पनि त्यस्तै भएको छ ।’ स्टेजमा बोल्नुपर्ने कुरा उहाँ आमसभामा बोल्दै हिड्नुहुन्छ तेस्राे जनआन्दोलन सुरु भयो भनेर । बादललाई स्थापित गराएर आजको अवस्थामा ल्याउनेलाई जेल कोच्छु भन्दै हिड्नु र प्रतिगमनलाई साथ दिनु गलत भएको उहाँकाे भनाइ थियाे । १८ वर्षको सहकार्यमा पार्टी विभाजनदेखि एकतासम्म बादलको साथ रहँदा उहाँकाे हैसियतको बारेमा जानकारी भएको आङ्बोले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा

आजबाट मौसममा सुधार, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

आजबाट मौसममा सुधार, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

संवैधानिक आयोगमा नियुक्ति : सभामुखले दायर गरेको रिटमाथि आज सुनुवाइ

संवैधानिक आयोगमा नियुक्ति : सभामुखले दायर गरेको रिटमाथि आज सुनुवाइ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .