लमजुङ । जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाएकामध्ये १७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । एक हजार दुई सय ६८ जनाले खोप लगाउँदा १७ जनामा समस्या देखिएको हो ।
कोभिड सम्पर्क व्यक्ति यम बरालले समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको जानकारी दिनुभयो ।
स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिनुभयो ।
उहाँहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको बताइएको छ ।